मंसिर ५ कञ्चनपुर,
कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का ३५ वर्र्षीय शिवलाल रानाको छातीमा गोली प्रहार गरी हत्या गरिएको छ । कञ्चनपुरको पुनर्वास स्थित नेपाल भारत सिमानाकामा पर्ने भारतीय दुधवा राष्ट्रिय निकुञ्जमा गोली प्रहार गरी हत्या गरिएको थियो ।
बुधबार २ बजेदेखि सम्पर्क विहीन भएका रानाको शव बिहीवार दिउँसो १ बजे तिर नेपालबाट करिब ३ किलोमिटर दक्षिण निकुञ्जको जङ्गलमा गोली प्रहार गरी हत्या गरिएको अवस्थामा सव आफन्तले भेट्टाएका थिए ।
शवलाइ आफन्तले बोकेर नेपाल ल्याएकोमा घटना भारतमा भएको भन्दै शव सहित मृतकका ५ जना आफन्तलाइ भारतीय प्रहरीले भारतको लखीमपुर लगेको छ ।
पोस्टमार्टम र अनुसन्धानका लागी भन्दै भारतको कोतवाली प्रहरीले उनको शव बिहीवार बेलुका करिब पौने ७ बजे लगेको हो । मृतकको शव पोस्टमार्टम पछि आज आफन्तलाई बुझाउने जनाइएको छ ।
घटना भएको ठाउँमा रगतहरू पनि ढाकछोप गरि गरी प्रमाण मेटाइएको र घटनाको सत्यतथ्य छानबिनका लागि आफन्तले नेपाल सरकार समक्ष आग्रह गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर