काठमाडौं  । नेपाली सेनाका प्रमुख प्रधानसेनापति पुर्णचन्द्र थापालाई भारतका राजदूत विनय मोहन क्वात्राले भेटका छन् ।

बुधबार नेपाली सेनाकाे हेडक्वार्टर जंगी अड्डामा भएको भेटमा प्रधान सेनापति थापा र राजदूत क्वात्राबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ। याे भेटलाई सेनमले नियमित भनेकाे छ ।

यस किसिमको नियमित भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको जनाएकाे छ ।

भारतीय सेनाध्यक्ष मनाेजमुकुन्द नरवणेकाे भ्रमणपछि राजदुत क्वात्राले सेनाप्रमुखसँग भेटघाट गरेका हुन् । चाँडै चिनियाँ सेना प्रमुखकाे पनि नेपाल भ्रमण हुने चर्चा हुँदै गर्दा सेनाप्रमुखसँग क्वात्राकाे भेटवार्तालाई अर्थपुर्ण रुपमा हेरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर