
बर्दिया । बर्दियामा नेकपा (क्रान्तिकारी माओवादी) संगठन विस्तारमा जुटेको छ । संगठन विस्तारसँगै विभिन्न पार्टी परित्याग गरी क्रान्तिकारी माओवादीमा प्रवेशको लहर चलेको छ । बर्दियाको राजापुर नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ता नेकपा (क्रान्तिकारी माओवादी)मा धुव्रीकृत भएका छन् । राजापुर नगरपालिकाको नगर कमिटीले गत आइतबार राखेको पार्टी प्रवेश कार्यक्रममा उनीहरु संगठित भएका हुन् ।
नव प्रवेशी नेता कार्यकर्तालाई पार्टीका पिविएम तथा बाँके–बर्दिया इन्चार्ज संकुलले स्वागत गर्दै तत्कालीन अवस्थाको राजनैतिक समसामयिक विषय वस्तु सम्बन्धि प्रशिक्षण दिनु भएको थियो ।
प्रत्येक स्थानीय तहसम्म तीव्ररुपमा संगठन विस्तार भइरहेको पार्टीका जिल्ला सचिव विपिन रोकायले जानकारी दिनु भयो ।
ध्रुवीकरणको प्रक्रियाबाट आइतबार राजापुर न.पा.वडा नं.७ मा पार्टीको पाँच सदस्यीय सेल कमिटी र नौ सदस्यीय नेपाल दलित मुक्ति मोर्चाको वडा स्तरीय समिति गठन भएको छ ।
उक्त पार्टीको सेल कमिटीमा सचिवमा अचुक, सदस्यहरू साहसी ,विवेक ,सफल र जनक रहनु भएको छ । त्यसैगरी नेपाल दलित मुक्ति मोर्चाको वडा स्तरीय समितिमा संयोजकमा दिपक बिक,सदस्यहरुमा अमर परियार ‘क’,अमर परियार’ख’,प्रकाश कामी,सुरेन्द्र परियार ,समीर परियार ,ज्ञानेन्द्र परियार ,सुरेश परियार,जीवन परियार रहनु भएको छ ।






























