१. कार्ल माक्र्सको विचारधारा
विश्वका व्यक्तिवादी, सामन्ती र पूंजिपतिहरुको मुटु हल्लाउने र मजदुर सर्वहारा वर्गहरुले आफ्नो हक अधिकार मात्र होइन राज्य सत्ता नै प्राप्तिको लागि युद्ध छेद्न उर्जा दिने महान राजनीतिक विचारधाराका जननी हुन् कार्ल माक्र्स । उनको द्वन्द्धात्मक भौतिकवाद नै सम्पूर्ण राजनीतिक दर्शनको आधारशिला हो । उनको यो सिद्धान्त हेगेलको द्वन्द्धात्मक भौतकवादी सिद्धान्तको प्रभाव हो । हेगेलको वाद प्रतिवाद र संवादबाट निस्कने निश्कर्षबाट बन्नेविचार वा वस्तु नै सहि समाधान वा सत्य हो भन्ने हो । यो विचार ग्रिकबाट शुरु भएको मानिन्छ । उनिहरु कुनै पनि निर्णय लिंदा दुई परस्पर विरोधी विचमा तर्क वितर्क चलाउंथे र त्यसबाट सत्य पत्ता लाग्दछ भन्ने विश्वास गर्दथे । यहि द्वन्द्धात्मक सिद्धान्त प्राचिनकालमा सोक्रेट्स, प्लेटो जस्ता दार्शनकहरुले प्रयोग गरेको देखिन्छ । प्लेटोले त शासन सत्तामा रहनेहरुको परिवार साम्यवादी हुनु पर्ने विचार राखेका छन् । यस विचारलाई हेगेलले अझ परिस्कृत पार्ने काम गरे । हेगेलले द्वन्द्धवादको आधार विचारलाई माानेका छन् । उनको विचार थियो संसार आदर्श ज्ञानबाट सञ्चालित छ । यसको विपरित कार्ल माक्र्स र एंगेल्सले भौतिक पदार्थ नै संसारको आधार हो भन्ने विचारलाई अघि सारे । यसलाई उनिहरुले वैज्ञानिक भौतिकवाद भनेर व्याख्या विश्लेषण गरेका छन् । उनिहरुको मत अनुसार पदार्थ नै अन्तिम सत्य हो । हेगेलको मानवीय चेतनाबाट संसार चलेको हुन्छ भन्ने विचारको विपरित बाह्य पदार्थ मानवीय चेतनाबाट उत्पन्न हुने होइन कि मानवीय चेतना नै भोतिक पदार्थको एक उपज हो भन्ने विचार राख्छन् । उनको यो भौतिक पदार्थको नियम अनुसार कुनै पनि पदार्थ स्थिर छैन अर्थात पदार्थहरु गतिशिल हुन्छन् । दार्शनिक पद्धति अनुसार द्वन्द्धवाद भनेकोवाद, प्रतिवाद र संश्लेषणको अविरल रुप हो । माक्र्सको अनुसार कुनै पनि समाजको विकास द्वन्द्धात्मक हुन्छ । समाज कुनै एउटा वर्ग र त्यसको विचारधाराबाट चलेको हुन्छ । द्वन्द्धवादको भाषामा यसलाई वाद भनिएको छ । समाजको विचबाट विरोधी शक्ति उत्पन्न हुन्छ र यी दुई विचमा द्वन्द्ध चल्न थाल्छ । त्यो वाद र विरोधी शक्ति अर्थात प्रतिवादबाट एउटा नयां विचारको जन्म हुन्छ र एउटा संश्लेषण निस्कन्छ । माक्र्सको मत अनुसार यो वाद र प्रतिवादद्वारा आएको निष्कर्श पनि अन्तिम सत्य हुदैन । यो वाद, प्रतिवादको क्रम समाजमा चलिरहन्छ । उनको यो मतलाई नियाल्दा के प्रष्ट हुन्छ भने प्रकृतिको नियमसंग दांज्न सकिन्छ । जसरी प्रकृतिले समयानुकुल आफुलाई व्यवस्थित र फित राख्नको लागि स्वचालित रुपमा विभिन्न प्रकृयाहरु चलायमान रहन्छ, त्यसैगरि माक्र्सले भौतिकवादी द्वन्द्धको नियम पनि समय अनुसार चलिरहने प्रकृयाको रुपमा प्रस्तुत गर्न खोजेका छन् ।कुनै पनि वस्तु परिवर्तनका विभिन्न रुपहरुमा देखा पर्न सक्छन् । जुन कुरा उनले मुख्य तीन कुराबाट प्रष्ट पार्न खोजेको देखिन्छ । ती हुन १. परिमाणात्मक र गुणात्मक परिवर्तन २. निषेधको निषेध र ३. परिवर्तनको निर्णायक कारक पदार्थभित्रै निहित हुन्छ ।
कार्ल माक्र्सलेद्वन्द्धात्मक भौतिकवादको व्याख्या गर्न उत्पादन सम्बन्ध र आर्थिक गतिविधिका आधारमा सामाजिक इतिहांसलाई ५ युगमा विभाजन गरेका छन । जस अनुसार १. आदिम साम्यवाद २. दास युग ३. सामन्ती युग ४. पूंजिवादी युग र ५. समाजवादी युग । यी सबै युगमा माक्र्सलेमानवीय उत्पादनका साधनहरुको पहुंच, वस्तु उत्पादन, व्यवस्थापन, व्यापार आदिका बारेमा गहिरो अध्ययन गर्दै समग्र आर्थिक गतिविधिको सटिक रुपमा व्याख्या विश्लेषण गरेका छन् । यसबाट उनले मानवीय ऐतिहासिक विकास क्रमको साथसाथै आर्थिक, सामाजिक पक्षको गहिरो विश्लेषण गरेका छन् । यसैको आधारमा उनले समाजको वर्ग संघर्ष, अतिरिक्त मूल्यको सिद्धान्त र राज्य सम्बन्धि विचारको पनि विश्लेषण गरेको देखिन्छ । उनले समाजमा २ वटा वर्गको परिकल्पना गरेका छन् । एउटा वर्ग जो उत्पादनको साधनको मालिक र अर्को वर्ग जोसंग शारीरिक श्रम शक्ति मात्र हुन्छ । यहि दुई वर्गबीचको द्वन्द्ध नै वास्तविक द्वन्द्ध हो भन्ने माक्र्सको निश्कर्ष रहेको छ । उनको विचारधारा अनुसार पुंजिपति वर्गलेश्रमिक वर्गलाई बढि समय काममा लगाएर थोरै समयको मात्र ज्याला दिने गर्दछन् । उसले पूरा समय ८ घण्टा काम गर्दा ४ घण्टामै उसले पाउने ज्यालाको काम गरिसक्ने भएता पनि बढि समय ४ घण्टाको ज्याला पाउदैन । सोहि बढि समयको अतिरिक्त आम्दानी नै पुंजिपति वर्गको नाफा हुन आउंछ र उनिहरुले श्रमिकलाई शोषण गरेको निश्कर्ष हो माक्र्सको । यी दुईबीचको द्वन्द्ध निरन्तर चलिरहन्छ । माक्र्सले यी दुई वर्गलाई बुर्जुवा वर्ग र सर्वहारा वर्गको रुपमा चित्रण गरेका छन् । यसैको आधारमा उनले पुंजिपति वर्गलाई शोषक र श्रमिक वर्गलाई शोषित भनेर उत्पिडन र उत्पिडित वर्गको रुपमा व्याख्या विश्लेषण गरेका छन् । उनको विचारधारा अनुसार एक युगको समाप्तिपछि अर्को युगकोक्रमैसंग शुरुवात हुन्छ ।भन्नुको अर्थ यो एक युगको समाप्ति पश्चात दोस्रो युग नआइ अर्को तेस्रो युग आउदैन भन्ने मान्यता हो । जस्तो आदिम युगको समाप्तिपछि दास युग नआई सामन्ति युग आउन सक्दैन भन्ने माक्र्सको निश्कर्ष रहेको छ ।
माक्र्सले पुंजिवादलाई सामन्ति युग भन्दा प्रगतिशिल मान्दछन् । उनले सामन्ति युगलाई समाप्त पार्न खेलेको सकारात्मक पक्षलाई राम्रो मान्दा मान्दै पनि पुंजिवादलाई खराव हुनुको तितो यथार्थलाई चित्रण गरेका छन् । उत्पादन क्षेत्र र उद्योगधन्दामा पुंजिपति वर्गको एकाधिकार हुन्छ । एकाधिकार हुने भएकै कारण साना पुंजिपतिहरु लोप हुन्छन् । यो व्यवस्थामा नयां नयां प्रविधिको प्रयोग गरेर अत्यधिक मात्रामा उत्पादन गरिन्छ र व्यापारको लागि यातायातको व्यवस्था गरिन्छ जसले गर्दा श्रमिक वर्गलाई पनि फाइदा हुन्छ । प्रविधिको विकासको कारण मजदुरको रोजगारीमा कटौति हुन आउंछ र वेरोजगारको समस्या पैदा हुन्छ । यो व्यवस्था अन्तर्गत राज्य सत्तामा पुंजिपति वर्गको प्रभाव रहन्छ र यिनीहरुकै योजना र निर्देशन अनुसार राज्य सञ्चालन हुन्छ । यो व्यवस्थामा अति उत्पादन र वजारमा वस्तुको खपतमा कमी आउने भएको कारण समय समयमा आर्थिक मन्दि देखा पर्दछ । पुंजिपतिहरुले मजदुर वर्गलाई सधैं अज्ञानता र कष्टमा फसिरहेको देख्न चाहन्छन् किन भने यो वर्गको उत्थान भएमा अतिरिक्त आम्दानीमा असर पर्छ । यसरी माक्र्सले पुंजिपति वर्ग र श्रमिक वर्गको वीचमा द्वन्द्ध चल्छ र अन्त्यमा श्रमिक वर्गको विजय हुन्छ र श्रमिक वर्गको हातमा राज्य सत्तामा पहुंच हुन्छ । यहि बहुसंख्यक श्रमिक (सर्वहारा) वर्गको हातमा शासन सत्तामा अधिनायकत्व हुनु नै सहि अर्थमा समाजवाद हो भन्ने निचोड हो माक्र्सको । यस शासन व्यवस्थामा क्षमता अनुसार काम लिने र काम अनुसार ज्याला दिने चलनको शुरुवात हुन्छ । कालन्तरमा फेरी समाजवादमा सर्वहारा वर्गको शक्तिमा ह्रास आउंछ र विस्तारै राज्य व्यवस्था साम्यवादतर्फ उन्मुख हुन्छ । जसको अर्थ हो समाज फेरी प्रकृतिसंग जोडिनु ।
राज्य सत्ता सम्बन्धि माक्र्सको विचार फरक ढंगको छ । माक्र्स समाजमा परस्पर विरोधी वर्ग हुन्छ भन्ने मान्दछन् र वर्गीय समाजमा राज्य पनि कुनै एक वर्गले अर्को वर्गलाई दमन र शोषण गर्ने हतियारको रुपमा प्रयोग हुन्छ भन्ने मत व्यक्त गरेका छन् । जुन वर्गको हातमा राज्य सत्ता छ सोहि वर्गको रक्षा गर्दछ । उदाहरणको लागि पुंजिवादी राज्यमा पुंजिपति वर्गको स्वार्थको रक्षा हुन्छ, त्यसैगरि सर्वहारा वर्गको राज्य सत्तामा पुंजिपति वर्गको दमन र सर्वहारा वर्गको स्वार्थको रक्षा गर्ने हतियार बन्छ । माक्र्सको विचारधारा अनुसार वर्ग रहेसम्म द्वन्द्ध रहिरहन्छ भन्ने बलियो मत रहेको छ । यसरी माक्र्सको राज्य सत्ताको विश्लेषण हेर्दा राज्य सत्ता कुनै वर्ग विशेषको मात्र हित गर्ने भन्दा पनि समग्र जगतको हित गर्ने हुनु पर्नेमा त्यस्तो नभएको तितो यथार्थलाई छर्लंग पारेका छन् । पुंजिवादी राज्य सत्तालाई परास्त गर्नको लागि एक मात्र हतियार भनेको क्रान्ति नै हो । पुंजिपति वर्गले आफ्नो हितको लागि भएभरको शक्ति लगाउने हुंदा त्यो भन्दा ठूलो शक्तिको आवश्यकता पर्दछ । त्यसैले पुंजिपति वर्गको राज्य समाप्त पार्नुृ भन्दा अघि त्यहां रहेका पुंजिपति वर्गको आधिपत्य समाप्त पारी मजदुर वर्गको आधिपत्य कायम गर्नु पर्दछ भन्ने मत अघि सारेका छन् ।
२. माओको नेतृत्व र चिनियां क्रान्ति
भनिन्छ अफिमको नशामा सुतेको चीनियांलाई ब्युझाएर चीनमा समाजवादी राज्य सत्ताको शुरुवात गर्ने महान राजनीतिक विचारधाराका नेतृत्व हुन् माओत्सेतुंग । सन् १९२१ मा कम्युनिष्ट पार्टीको स्थापना भएर सन् १९२७ सम्म आइ पुग्दा नपुग्दै क्याङसी प्रान्तमा चीनियां सोभियत गणतन्त्र स्थापना गरेर त्यहां आफ्नो सोंच अनुसारको सुधार प्रारम्भ गरिसकेको थियो र सन् १९४९ मा चीनमा सशष्त्र क्रान्तिमार्फत समाजवादी गणतन्त्रको स्थापना गर्न सफल महान नेता विश्व सर्वहारा वर्गका पुज्यनीय गुरु हुन् । माओको प्रमुख योगदान भनेको नयां जनवाद हो । माओले माक्र्सले भने जस्तो कम्युनिष्ट आन्दोलन पुंजिवादमा मात्र सम्भव हुन्छ भन्ने शाष्त्रिय धारणालाई सुधार गरे र अर्धसामन्ति, औपनिवेशिक वा अर्धऔपनिवेशिक मुलुकमा पनि सम्भव हुन्छ भन्ने धारणा अघि सारेनन् मात्र त्यो धारणालार्इं सफल बनाएर नै देखाइदिए । उनले नयां जनवादको व्याख्या गर्दै नयां जनवाद भनेको पुंजिवादको विकास हो तर यो पुरानो किसिमको पुंजिवादी समाजको विकास होइन । यो सर्वहारा वर्गको नेतृत्वमा सम्पन्न हुने नयां किसिमको क्रान्ति हो जसको उद्देश्य पहिलो चरणमा सम्पूर्ण क्रान्तिकारी वर्गहरुको संयुक्त नेतृत्वमा नयां जनवादी समाजको स्थापना गर्नु हो । यो प्रणाली भनेको विभिन्न क्रान्तिकारी वर्गहरुको संयुक्त अधिनायकत्वमा आधारित गणतन्त्र हो । अझ अगाडि थप्छन् नयां जनवादी प्रणालीमा मुठ्ठिभर व्यक्तिको निजी तवरको स्वामित्वलाई स्वीकार्नु होइन । यो भनेको जनताका लागि जनवाद र प्रतिक्रियावादीहरुका लागि तानाशाही हो । उनको स्पष्ट विचार छ नयां जनवाद भनेको एक किसिमले नियन्त्रित पुंजिवाद हो जसलाई सर्वहारा वर्गले समाजवादको बाटोतर्फ डोर्याउंछन् ।
उनको सफल प्रयोगमा जनयुद्ध, वर्ग संघर्ष र सांस्कृतिक क्रान्ति बारे चर्चा गर्नु सान्दर्भिक देखिन्छ । उनले चीनमा जनयुद्धबारे प्रष्ट पार्दै भनेका छन् हतियार युद्धका महत्वपूर्ण कारक हुन् तर निर्णायक होइनन्, निर्णायक भनेका जनता ह्न । यस कथनबाट के बुझिन्छ भने उनि क्रान्तिको दौरान जनसेनाका लागि व्यापक जनसमुदायको सहयोगलाई अत्यधिक महत्व दिन्छन् । अझ अगाडि थप्छन् क्रान्तिकारी माछा हुन् भने जनता पानी हुन् । यसको सिधा अर्थ के हुन्छ भने क्रान्ति सफलताको लागि जनताको सहयोग अपरिहार्य छ । उनि जनसमुदायका बीच छरिएर र अश्रृंखलाबद्ध रहेका विचार लिने, तिनलाई खारेर क्रमबद्ध बनाउने र पुनः जनसमुदायमा गई जबसम्म तिनले त्यसलाई आफ्नो भनि अंगाल्दैनन् र व्यवहारमा उतार्दैनन् तबसम्म तिनको प्रचार र व्याख्या गर्नु पर्ने कुरा गर्छन् । जनसमुदायबाट बिचार लिने र त्यसलाई अध्ययन र परिमार्जन गरेर पुनः जनसमुदायमा जाने यो प्रकृयाद्वारा नै बिचारको रक्षा गर्न सकिन्छ र त्यसलाई अघि बढाउन सकिन्छ भन्ने बिचार राख्छन् । उनि कम्युनिष्ट पार्टीका नेताहरुलाई मनोगत र नोकरशाही ढंगको नेतृत्व शैली त्यागेर वैज्ञानिक नेतृत्व शैली अंगाल्न सल्लाह दिन्छन् । उनले जनयुद्धको प्रयोगलाई जनताको बीचमा रहेर आफ्नो प्रभाव विस्तार गर्ने, गुरिल्लाहरुको गतिशिल सेना तयार गर्ने, आधार क्षेत्र खडा गर्ने र ती क्षेत्रमा भूमि सुधार लागु गर्ने, जनसमुदायलाई राजनीतिक रुपले सचेत गराउने र निर्णायक युद्धका लागि गुरिल्ला सेना, गतिशिल सेना तयार पार्ने विचार राख्छन् । अन्त्यमा लालसेना समेत खडा गर्ने र कव्जा गर्ने रणनीति अपनाउने विचार देखिन्छ । यहि रणनीति अपनाएर नै चीनमा क्रान्ति सफल बनाए र समाजवादी राज्य सत्ता ल्याउन सफल पनि भए । माओको के मत छ भने क्रान्ति सफल भएता पनि ढुक्कसंग बस्न नहुने सल्लाह दिन्छन् । त्यसैले उनि भन्छन् वर्ग संघर्षलाई नबिर्स । उनको राय के छ भने अपदस्त पुंजिपतिहरु (शासक) ले आफ्नो पराजय बिर्सेका हुदैनन्, पुनरागमनका लागि प्रयत्नरत हुन्छन् । त्यति मात्र होइन यो संघर्ष पार्टीभित्र पनि चलाउनु पर्ने मत राख्छन् । माओले क्रान्तिमार्फत उपलव्ध समाजवाद भ्रष्टिकरणमा नफसोस् भनेर सतर्क र चिन्तित रहेको देखिन्छ । उनले पार्टीभित्र आएको विचलन जस्तो शक्तिको बढ्दो केन्द्रिकरण र नोकरशाहिकरणको बिरुद्ध चालिएको कदम नै वास्तवमा सांस्कृतिक क्रान्ति थियो । वास्तवमा माओद्वारा थालिएको सांस्कृतिक क्रान्ति भनेको राज्य र पार्टीको कार्यमा जनहस्तक्षेप थियो । यसको मूल उद्देश्य भनेको निर्णय प्रकृयामा पार्टीको भूमिका न्युन र जनताको भूमिकामा शसक्तता (बृद्धि) ल्याउनु हो र पार्टीमा आउन सक्ने भ्रष्टिकरणलाई रोक्नु थियो । उनले रुसमा गरिएको पार्टी नेतृत्वलाई सर्वशक्तिमान बनाएर जनताको भूमिकालाई कमजोर बनाउनुको परिणाम भोगेको देखेका थिए । त्यसैले उनले चीनमा सांस्कृतिक क्रान्तिको नाम दिएर पार्टीभित्र रहेका दुर्गुण हटाउन युवा लाल रक्षकमार्फत पार्टी नेतृत्वको सुद्धिकरण गर्ने कार्य गरे । यसमा चाउ एनलाई र देङ स्याओ फेङ जस्ता नेतृत्व समेत कार्यवाहीमा परेका थिए ।

३. विश्व व्यवस्था र यसको प्रभाव
१५ औं र १६ औं शताव्दिदेखि शुरु भएको पुंजिवादी अर्थव्यवस्थाले सन् १८५० देखि १९०० सम्म आइपुग्दा एकाधिकार पुंजिवादी व्यवस्थाले चरम विकास गर्ने अवसर प्राप्त गरेको देखिन्छ भने विश्वयुद्धपछि यसले एक विश्व व्यवस्थाको रुप ग्रहण गर्न सफल भएको देखिन्छ । विश्व व्यवस्थाको समाजशष्त्रिय कोणबाट व्याख्या विश्लेषण गर्ने कार्य समाजशाष्त्रि वालेरस्टाइन (ध्बििभचकतभष्ल) लेगरेका हुन् । विश्व व्यवस्थाको सिद्धान्त सन् १९७० देखि प्रयोगमा आएको देखिन्छ । वालेरस्टाइन माक्र्सवादी भएता पनि उनले माक्र्सको राज्य व्यवस्था, वर्ग, कामदार आदि अवधारणालाई नमानि अन्तर्राष्ट्रिय श्रम विभाजनसंगै राजनैतिक र सांस्कृतिक सिमाको प्रतिबन्धबिनाको वृहत आर्थिक अस्तित्व र सारलाई विश्लेषण गर्न रुचाउछन् । उनले यो विश्व व्यवस्थाको सिद्धान्तलाई विश्वलाई एउटै अर्थव्यवस्था मानेर विश्व अर्थव्यवस्थालाई केलाउने कार्य गरेका छन् । खासगरि विश्वयुद्धको समाप्ति पश्चात र सोभियत संघको विघटन पश्चात विश्व एकल अर्थतन्त्रमा आधारित बन्न पुग्यो जसलाई पुंजिवादी अर्थव्यवस्था भनिन्छ । यसले विश्वलाई कस्तो प्रभाव पारेको छ ? भनेर पुंजिवादी अर्थतन्त्रलाई केलाउनु यसको मूल उद्देश्य रहेको छ । पुंजिवादी अर्थव्यवस्थाले धनी देश झन धनी बन्दै गइरहेका छन् भने गरीव देश झन गरीव बन्दै गइरहेको छ । यसले विश्वमा आर्थिक असमानता सिर्जना गरेको छ । आर्थिक सम्पन्नताको आधारमा विश्वलाई ३ भागमा विभाजन गरिएको छ । जसअनुसार केन्द्र क्षेत्र, अर्धपृष्ठ क्षेत्र र पृष्ठ क्षेत्र । यी विकसित देशहरुले अविकसित देशहरुबाट कच्चा समान सस्तोमा खरिद गरेर प्रविधियुक्त महंगो सामान बेचेर असमान व्यापारको कारण अविकसित देश झन गरीव बन्न पुग्दछ । पुंजिवादी व्यवस्थाको संरक्षण र सम्बद्र्धनको लागि बनाइएका विभिन्न निगम, संगठन, विश्व वैंक, विश्व व्यापार संगठन, विश्व स्थास्थ्य संगठन आदि जस्ता वहुराष्ट्रिय संस्थाहरुमार्फत विभिन्न नियम, कानून, नीति, निर्देशन जस्ता कारणले आफ्नो देशको कानूनसमेत काम नलाग्ने बनेको तितो यथार्थ छ भने ती नियमहरुको कारण आफ्नो देशको स्थानीय आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा समेत प्रत्यक्ष प्रभाव पारेको कारण अविकसित देशहरु नाजुक अवस्थामा गुज्रिनु परेको छ । अविकसित देशहरुमा ती संसथाहरुमार्फत केहि सहयोग गरेको जस्तो देखिएता पनि त्यसले कुनै प्रभाव पारेको देखिदैन । सहयोगको नाममा विभिन्न दवाव दिने र सहयोग गरेको ठूलो रकम आफ्नै देशमा फिर्ता लैजाने गरेको देखिन्छ । पुंजिवादी व्यवस्थाको कारण एउटा देशको स्थानीय नीति नियम काम नलाग्ने अवस्थामा पुगेको छ भने ती स्थानीयबाट उत्पादित वस्तुले वजार नपाउने र जवर्जस्त लादिएको नियमका कारण विभिन्न बाधाअड्चन भोग्न बाध्य भएको तितो यथार्थछ । अर्कोतिर विश्व साम्राज्यवादी र उपनिवेश नीतिका कारण तेस्रो मुलुक (अविकसित देश) आजसम्म पनि पछाडि परिरहेको अवस्था छ । समग्रमा भन्नु पर्दा यसको सारतत्व के देखिन्छ भने माक्र्सवादी अवधारणा अनुसार शुक्ष्म तहमा वर्गीय संघर्षलाई बढि जोड दिइएको तर उत्पादन व्यवस्थामा अन्तरदेशीय प्रभाव र सम्बन्धलाई विश्लेषण नगरिएको अवस्था, अर्कोतिर सन् १९५० पछि विकसित विश्व समुदायमा आधुनिकीकरण अनुरुपको विकासको ढांचाको तेस्रो विश्वका देश (अविकसित देश) मा सफल पार्न नसकेको यथार्थतालाई नै आधार बनाएर विश्व पुंजिवादी अर्थतन्त्र र त्यस अन्तर्गतको अन्तर्देशीय सम्बन्धलाई विश्लेषण गर्ने सम्बन्धमा नै विश्व व्यवस्थात्मक दृष्टिकोणको विकास भएको हो । यसमा बढि मार भोगिरहेका देशहरुमा केहि ल्याटिन अमेरिका, अफ्रिकन मुलुक र देक्षिण एसिया विशेष छन् ।
४. नेपाली समाज र अर्थतन्त्रको अवस्था
नेपाली समाज विविधतायुक्त समाज हो । जसरी नेपालको प्राकृतिक (भौगोलिक) क्षेत्र विविधताले भरिएको छ, त्यसैगरि नेपाली समाज पनि विधिताले भरिएको छ । नेपालको प्राचिन इतिहांसलाई केलाउने हो भने भारत र नेपालको अवस्था उस्तै उस्तै देखिन्छ । त्यस समयमा विभिन्न रैथाने जातिहरु (आदिवासी) को बसोबास रहेको पाइन्छ । तिनीहरुको स्वभावलाई केलाउंदा के देखिन्छ भने प्राकृतिक रुपमा उत्पादित वस्तुको संकलन गरि जीविकोपार्जन गर्ने र खोरिया फांडेर खेतिकिसानी गरेर गुजारा गरेको पाइन्छ । यी जातिहरु जीविकोपार्जनको लागि आफ्नै सीप, कला, पशुपालन, खेतिकिसानी गरेर गुजारा गरेको देखिन्छ । यिनीहरुमा खासै ठूलो इच्छा आकांक्षा नभएको सोझो प्रकृत्तिको देखिन्छ । यस्तोसम्म देखिन्छ कि कसले के ग(यो वा कसले कहां के प्रगति ग(यो र यसले के प्रभाव पर्छ भनेर कुनै चासो नराख्ने आफ्नै एकहोरो स्वभाव देखिन्छ । अर्थात बाहिरी दुनियांसंग कुनै सरोकार नराख्ने स्वभावको देखिन्छ । आफ्नो लागि चाहिने सबै आफै उत्पादन गर्ने, जडिवुटि प्रयोग गर्ने, सीप प्रयोग गर्ने, संकलन गर्ने जस्ता साधरण र सरल जीवन पद्धति अबलम्वन गरेको देखिन्छ । कतिपय त खेतिकिसानी गरेर बसिरहेको जग्गासमेत त्यत्तिकै छोडेर घांस, दाउरा, चरण आदि सुबिधाको लागि अर्को स्थानमा गएर फेरि खोरिया फांडेर बस्ने गरेको समेत देखिन्छ । यिनीहरु पढ्ने, ज्ञान आर्जन गर्ने र मानसिक कार्यभन्दा बढि शारीरिक कार्य गर्न रुचाउने स्वभावका देखिन्छन् । यिनीहरु सोझो, मिहिनेती र अरुलाई दुःख नदिने स्वभाव, छलकपट नगर्ने र सहयोगी भावनाको कारण आफु पछाडि परेर त्यसको फाइदा अरुले लिएको देखिन्छ । यिनीहरुको मुख्य पेशा व्यवसाय भन्नु नै खेतिकिसान, पशुपालन र आफ्नै कला, सीपबाट उत्पादित वस्तुहरु जस्तै निगालो, बाँस र लियोंसबाट विभिन्न डोको, डालो, भकारी, सोलि आदि बनाउने, भांग, सिस्नु, भर्ला आदिबाट पुवा निकाल्ने र त्यसबाट विभिन्न नाम्लो, दाम्लो र विभिन्न कपडा बुनेर लगाउने र भेंडाको ऊन तथा कपासबाट विभिन्न किसिमका राडीपाखी लगायत कपडा तयार पारि विक्री वितरण गरेर आम्दानीको श्रोत बनाएको देखिन्छ भने वनजंगलबाट उत्पादित औषधिमूलक जडिवुटिहरु विक्रीबाट पनि राम्रो आम्दानी गरेको देखिन्छ । यी पेशा व्यवसायहरु ठाउं विशेष अनुसार फरक फरक रहेको पाइन्छ । यहि पेशा व्यवसायबाट आफुलाई आत्मनिर्भर बनाउन सफल भएको देखिन्छ । यिनीहरु परम्परागत जीवन पद्धति अंगालेको देखिन्छ । यिनीहरुको आफ्नै किसिमको धार्मिक, सांस्कृतिक परम्परा रहेको पाइन्छ । विशेषगरि यिनीहरु प्रकृति पुजक रहेको देखिन्छ । विभिन्न देवीदेवता, खोलानाला, भूमि, गोठ पूजा गर्ने चलन देखिन्छ । विशेषगरि यिनीहरु तान्त्रिक विद्यामार्फत पूजाआजा गर्ने र रोगव्याधिको उपचार मात्र होइन विभिन्न भविश्यवाणी समेतगर्न सक्ने क्षमता राख्छन् । यस विधिलाई दैवीशक्ति भन्ने गरिन्छ । यहि दैवी शक्ति मार्फत विभिन्न सामाजिक र सांस्कृतिक विधि चलाउने चलन समेत रहेको छ । यिनीहरुको आफ्नै किसिमको भाषा, संस्कृति, रहनसहन, भेषभुषा, धर्म छन् । जीविकोर्पाजनको लागि आफ्नै प्राकृतिक र स्थानीय शैली छन् । लाहुर जाने चलनभन्दा अघि यिनै चालचलनको प्रयोगबाट हांसीखुशीसाथ जीवन निर्वाह भैरहेको थियो ।
११ औं शताव्दिपछि समयले कोल्टे फेरेको देखिन्छ । जब भारतमा हिन्दु मुसलमानबीच द्वन्द्ध चर्किन्छ, भारतमा रैथानेहरुको भाषा, संस्कृति र रहनसहनमा दख्खल गर्दै त्यसलाई आफ्नो बांच्ने आधारको रुपमा हिन्दु धर्म नामाकरण गरिएको थियो, तिनीहरुको ११ औं सताव्दिपछि तिनै आर्यहरुको नेपालमा पनि प्रवेश हुन्छ । नेपालका पुराना बुढापाकाका मौखिक कथन अनुसार र प्राचिन भारतीय इतिहांस अनुसार हिन्दु धर्म यिनै रैथाने जातिहरुको प्राचिन रितिस्थिति र अनुभवको संगालो हो भन्ने तथ्य पुस्ति हुदै गएको देखिन्छ । यस विषयमा अझ खोज अनुसन्धान गर्न त बांकी नै छ । यी आर्यहरुको प्रवेशपछि धेरै रैथानेहरुको उठिवास भएको देखिन्छ । यहांनिर रोचक कुरा त के छ भने पश्चिमका थारु जो आफुलाई नेपालको आदिम भूमि पुत्र मान्छन् र त्यो समयमा उनिहरुबाहेक अन्य कुनै जातिको बसोबास नभएकोबाट पनि प्रमाणित हुन्छ । तिनीहरु कसरी एकैचोटी हलिया चरुवा, कमैया र सुकुम्वासीको रुपमा परिणत भए ? यसको सत्यतथ्य त कुनै दिन बाहिर आउला र यसको हिसावकितावको बहिखाताको खोजिनिति अवश्य होला । त्यसैगरि पूर्वि तराइमा पनि विभिन्न जाति जस्तैः झांगड, धिमाल, सतार, सन्थाल, माझी, वोटे, मुसहरको साथै तल्लो जाति भनेर चिनिएकाहरु त्यहिका रैथाने हुदाहुदै पनि कसरी सुकुम्वासी भए ? पश्चिमी तराइमा त विभिन्न समयमा विभिन्न थरिका राज्य सत्ताहरुले खोसेर राज्य सत्ताका वरिपरिका मान्छेलाई वितरण गरिएको रे भन्ने पनि सुनिन्छ तर त्यसको पनि कुनै लिखित प्रमाण नभएको कारण यहि हो भनेर भन्न सकिदैन । एक जना सन्थाल बच्चीको कहानी कान्तिपुरमा छापिएको थियो । उनका हजुर आमाले कथा जस्तै भन्नु हुन्थ्यो रे पहिला हाम्रो जग्गाजमिन प्रसष्त थियो । पछि पहाडबाट आएका मान्छेहरुले खोसेर लगे भनेर ती बच्चीले भनेको कुरा कान्तिपुरमा प्रकाशित त भएको थियो तर कसले खोस्यो त्यो खोजिनिति थिएन । यो भनेको पत्रकारको नाममा राज्य सत्ता र आफ्नो मानो जोगाउने कर्मकाण्ड मात्र हो भन्दा फरक नपर्ला । किन भने अहिलेसम्मको तथ्य र घटनाले यहि कुरा बोलिरहेको छ र देखिइरहेको पनि छ । अनि आउंछ पहाडी भूभाग । यहां सोझासिधा रैथाने जातिहरुले आफ्नै तान्त्रिक विद्या र परम्पराबाट गरिरहेको पुजापाठलाई वैदिक नाममा गरिने पुजापाठले कतिको उठिवास लगायो, त्यो अनुसन्धानको विषय हुन सक्छ । मैले मेरो बुवाबाट मौखिक सुने अनुसार सराद्ध र अन्य पुजापाठमा यति धेरै सामान राख्नु पथ्र्यो रे कि उस्तै मान्छे त कंगाल नै हुन्थ्यो रे । हुन त पहिले पनि शोषण, उत्पिडन नहुने होइन तर यो स्तरको शोषण भएको थिएन । शोषण र उत्पिडन त विश्वमै नभएको होइन । विश्वको शोषणको घटना कोलम्वसले अमेरिका पत्ता लगाएपछि शुरु भएको हो भनिन्छ । अफ्रिकन मुलुकबाट काला जातिलाई दासको रुपमा प्रयोग गरेको इतिहांसले भन्छ । यहि विधिबाट पुरै नेपालको धर्म, भाषा संस्कृति, परम्परा, रितिरिवाज मात्र होइन राज्य सत्तामा नै हस्तक्षेपको कारण यी सबैमा ठूलो असर परेको देखिन्छ । यतिसम्म भएछ कि भाषा खोसियो, शिक्षाबाट बञ्चित, जडिवृटिबाट गरिने उपचार पद्धति पनि खोसियो, भांग (गांजा) बाट विभिन्न कपडा र विभिन्न किसिमका सामान बन्थे ती पनि खोसियो, परम्परा रितिरिवाज खोसियो, घरमा घरेलु प्रविधि अपनाएर रक्सि बनाएर धार्मिक, सांस्कृति परम्परा चलाउने र महिलाहरुले अर्थोपार्जन गर्ने कार्यलाई कानून विपरित भनेर पोख्ने गरेको देखिन्छ । खोसिदा खोसिदा अहिले त एकल विश्व पुंजिवादी अर्थव्यवस्थाको कारण स्थानीयस्तरमा उत्पादित सामानसमेत विक्री हुन छोडेर उत्पादन गर्न छाडी खाडि मुलुकबाट पठाइएको रेमिटान्सले भारतबाट आएको प्रोटिनरहित र विषादियुक्त चामल, दाल तथा तरकारीले भान्सामा निस्फिक्रि भित्रिएकोले आर्थिकहिन परनिर्भरतासंगै विभिन्न रोगको सिकार बन्न बाध्य भएको तितो यथार्थ लुकाएर लुकाउन सक्ने भबस्था कुनै पनि हालतमा छैन । यसको असर त कति कहांसम्म परेको छ भनेर विस्तृत अध्ययन हुन त बांकी नै छ । यो त एउटा सानो झिल्को मात्र हो ।
नेपालको अर्थतन्त्र त गज्जबको आत्मनिर्भरको थियो । आत्मनिर्भर मात्र कहां थियो र ? निर्यात पनि गरिन्थ्यो रे । यो कुरा पनि नेपालका अर्थविज्ञहरुबाट कहां विश्लेषण भएको देखिएको छ र ? वि.सं. २०१६ सम्म त नेपालले निर्यात गथ्र्यो रे भनेर कुनै दिन सरकारमा नभएका विरोधी दलले भनेका मात्र सुनेको हो । सरकारको विरुद्धमा र आफ्नो पार्टीको विरोध गर्ने त कसले हिम्मत गर्ने ? नेपालको अर्थतन्त्र कति मजबुत र सबल थियो भन्ने कुरा त कौतिल्यको अर्थशाष्त्रमा र इतिहांसका पानाहरुमा पढ्न पाइन्छ । नेपालको कम्बल र कपास यति राम्रो र उच्च कोटिको थियो रे कि भारतको पटनामा निकै रुचाइन्थ्यो रे । नेपालबाट विभिन्न जडिवुटि, चराचुरङ्गी, ऊन, कपास, फलफूल र अन्नपात निर्यात गरिएको कुरा इतिहांसको व्यापारिक र आर्थिक कोणबाट अध्ययन गर्न पाइन्छ । नेपालको व्यापार उत्तरमा तिव्वत र भारतको विभिन्न ठाउंमा राम्रो रहेको कुरा थाहा हुन्छ । तिव्वतमा विशेषगरि अन्न, पैसा निर्यात गरिन्थ्यो भने तिव्वतबाट नुन, सुन, चांदी लगायत आयात गरेको पाइन्छ । भारतमा ऊन, कपास, जडिवुटि, फलफूल, तामा लगायत निर्यात गरेको पाइन्छ । काठमाडौंको बाटो भएर युरोप, अमेरिका र भारतका व्यापारीहरु तिव्वतमा व्यापारको लागि जाने बाटो भएकोले काठमाडौं व्यापारिक नाका थियो । त्यस समयको व्यापारिक नाका भएकोले पनि काठमाडौंमा व्यापारले राम्रो फस्टाउने मौका पाएको देखिन्छ । नेपालको आर्थिक अवस्था सबल र आत्मनिर्भर भएकै कारण नेपालको इतिहांस कति गौरवान्वित छ । भारतका शासकहरुलाई विभिन्न समयमा सैनिक सहयोग गरेको र पटक पटक भारतीय वृटिस सेनासंग डटेर लड्न सकेको इतिहांसले सबैको छाति गर्वले भरिन्छ । सायद माक्र्सले भने झैं काम गर्ने श्रमिकले पेटभरि खान नपाउंदा काम गर्न नसकेको र मालिकलाई घाटा भएको कुराले पनि प्रष्ट हुृन्छ कि नेपालको अर्थतन्त्र सबल भएकै कारण हामी भन्दा सयौं गुणा शक्तिशाली देशसंग कसरी लड्न सक्यौं । यहांसम्म कि कुनै बेला चीनियां सेनासंग समेत युद्ध लड्नु परेको इतिहांस हामीसंग छ । यहि गौरवान्वित विगतलाई हेरेर हामी सहज रुपमा भन्न सक्छौं कि नेपाल कतिसम्म आत्मनिर्भर थियो भनेर ।
५. नेपालको राजनीति र वैदेशिक हस्तक्षेप
नेपालको राजनीति भन्नासाथ मेरा लेख्ने औंलाहरु थरथर कांपेर आउन थाल्छन् । राजनीति आफैमा फोहोरी होइन । मेरी आमाले बच्चा समयमा एउटा उखान सुनाइरहनु हुन्थ्यो खोला धमिल्याउन एउटा माछा काफि छ । मैले केहि थोरै माथि नै व्याख्या गरिसकेको छु । यहां विभिन्न छलछाम, तिकडम, चाकडी, झुठ, हत्याहिंसा के मात्र हुंदैन र ? विशेषगरि नेपालमा आर्यहरुको प्रवशेपछि यी सबै घृणित कर्महरु भएका छन् । पारिवारिक वातावरण र शिक्षा नै त्यस्तै दिइयो कि ढांतछल नगरि त बांच्नै सकिदैन । मेरा केहि सहकर्मीहरुले भने अनुसार यी जनजातिका छोराछोरीहरु त लाटो जस्तो । अचेलभेलिको जमानामा पनि कंहि यस्तो लाटो साझो भएर पनि जीन्दगी चल्छ र ? यसलाई अझ विस्तृतमा शिक्षा विषयमा समेटौंला । एक हिसावले भन्नु पर्दा बाहिर मञ्चमा बसेर छोराछोरी दुबै बराबर हुन् । दलित, जनजाति, उत्पिडित सबै सबैले राजनीतिक अधिकार पाउनु पर्छ भन्ने अनि घरभित्र परिवार आफन्तिसंग बसेर छोरा नभइ हुदैन । अनि बाहिर भन्ने कुरा न हुन, कहां हुन्छ तिनलाई अधिकार दिन ? तिनीहरुलाई अधिकार दिइयो भने त हाम्रा सन्ततिले दुःख पाउंछन् । यस्तै छ यहांको वास्तविक राजनीति । केहि घटित घटनाहरुलाई विश्लेषण गरेर हेरौं न । मैले कान्तिपुरमा एउटा लेख पढेको थिएं ुकामीको गुरुु । त्यो घटना मोदनाथ प्रसितहरुसंग सम्बन्धित थियो । त्यसमा लेखिएको थियो अब कामीहरुले पनि शिक्षा पाउनु पर्छ र स्कूलमा भर्ना गर्नु पर्छ भनेर आन्दोलन गरिएको थियो रे । त्यसमा दुई परस्पर विरोधी देखिए रे । एकथरिले कामीलाई पढाउनु हुदैन भन्ने अर्को थरिले पढाउनु पर्छ भन्ने । त्यस विषयमा मोदनाथ प्रश्रितले निर्णय गर्न निकै ढिला गरे रे तर पछि अलि अलि समर्थन गरे रे । त्यस लेखको अन्तिम निश्कर्ष थियो । त्यो गाउंको कामी अहिले पनि त्यस्तै गरीवि, अशिक्षामै जस्ताको तस्तै छन् रे तर आज ती कामीले पढ्न पाउनु पर्छ भन्ने अगुवा गुरुहरु आज एमालेका महान नेता छन् रे । त्यसमध्येमा एकजना मोदनाथ प्रसित जो एमालेका केन्द्रिय सदस्य पनि थिए र मैले केहि वर्ष अघि कर्मचारी प्रशिक्षण केन्द्रमा आयुर्वेद विषय पढ्ने अवसर प्राप्त गरेको थिएं । अनि एउटा जल्दोबल्दो झापा काण्ड नामले प्रसिद्ध छ । प्राचिन समयमा मालेले पुंजिवादी वर्ग सफाय भनेर उपद्रो गरेको थियो रे तर के भयो ? एकजना सहकर्मीले भन्दै हुनुहुन्थ्यो ती मारिनेका सन्तानहरुको विजोग छ रे ती मार्नेहरुले खै त राज्यसत्तामा परिवर्तन ल्याएको भनेर प्रश्न गर्छन रे । यस्ता कथा र ऐतिहांसिक घटनाहरु केलाउने हो भने प्रत्यक्ष नभोग्नेहरुलाई त सुन्दा मात्र पनि आंगमा पसिना खलखल बगेर आउंछ भने ती प्रत्यक्ष भोग्नेहरुलाई कस्तो हुन्छ होला ? यसलाई यसरी बुझ्नु राम्रो हुन्छ जस्तो लाग्छ । नेपालको राजनीति जनताले सोचे जस्तो सिधा र सोझो हिसावले कहिले पनि चलेन । नेपाली जनताले सधैं उनिहरुमाथि विश्वास गरे र सोझो अर्थमा बुझे तर बिडम्बना उनिहरुले सधैं छलकपत मात्र गरे । नेपालको राजनीति भनेको सधैं आफ्नो वर्गको हित गर्ने रुपमा मात्र लिइयो र यसलाई सधैं च्यांखे दाउमा राखियो । एकदिन मेरो पनि पालो आउंछ र राज्यसत्ता प्राप्त गरेपछि हाम्रो वर्गले पनि कमाउन पाउंछौं । यसको लागि सबै राजनीतिक दलहरुले विदेशी प्रभुको चाकडिमा लाइन लागेको अनौठो परम्परा धानेको देखिन्छ । अनि जनतासंग राष्ट्रभक्ति, देशको विकास सिंगापुर जस्तो र भ्यागुता जस्तो उफ्रने भनेर गफ हांकिन्छ । यसलाई मैले राजनैतिक विकृति बाहेक अरु केहि देख्दैन ।
नेपालमा वैदेशिक हस्तक्षेप बुझ्नलाई विश्वको पुंविवादी व्यवस्था र उपनिवेश काललाई बुझ्नु पर्दछ । पुंजिवादी व्यवस्थाको बारेमा केहि कुरा माथि उल्लेख गरिसकेको छु । हिजो उपनिवेश कालमा नेपाल विश्व कव्जा गर्ने योजनाकासाथ अगाडि बढेको वृटिस साम्राज्यसंग डटेर सामना गरेको गौरवान्वित इतिहांस छ । त्यहि गौरवान्वित इतिहांसको कारण आज विश्वले ुद गुर्खाजु भनेर चिन्छ । आज कल्पना गरौं त नेपाल कति शक्तिशालि थियो होला त्यस समयमा । चीनलाई कव्जा गरेर विश्वमा वृटिस झण्डा फहराउने चाहना एउटा सानो देशले चकनाचुर पारिदिएको त धेरै वर्ष भएको छैन । त्यस्तो शक्तिशाली देश आज एउटा नेपालीको टाउकोमा ऋणको भारी थोपरिएको मात्र छैन एक छाक खानको लागि भारतसामु लम्पसार पर्नु परेको सायद बहादुर नेपालीको शिर लाजले निहुरिएको हुनु पर्छ । हिजोको विरताले गुणगान गाइएको सेना आज ठेकेदार र व्यापारी बनेको अवस्था छ । सिमाको रक्षा गरीव नेपालीले गर्नु परेको तितो यथार्थ छ । दिन प्रतिदिन सिमा मिचिएको समाचार पढ्नु परेको छ । अझ राजा महेन्द्रले भारतीय सिमामा पहाडी लाहुरेहरुलाई लगेर नराखेको भए सायद तराई भूभाग भारतले आफ्नो बनाइ सक्थ्यो होला । विश्व पुंजिवादी व्यवस्थाले अविकसित देशहरु कसरी नाजुक अवस्थामा छन् भन्ने कुरा माथि उल्लेख गरिसकेको छु । यो पुंजिवादी अर्थव्यवस्थाले नेपाल जस्तो गरीव देशलाई कुन हदसम्म माग्ने अवस्थामा पु(यायो भन्ने कुरा त दुर्गम पहाडि क्षेत्रको आर्थिक अवस्था नियाल्नु पर्छ । हिजो भकारीभरि कोदो, मकै, धान, गेडागुडी राखिने घरमा आज खाडि मुलुकमा रगत पसिना बगाएर कमाएको रेमिटान्सले भारतको कुहेको मक्केको चामलले पेट भर्नु परेको छ । मकै, भटमास पटुकीमा बांढेर खांदै वनपाखामा घांस दाउरा गर्न जाने केटाकेटी अहिले चाउचाउ र विस्कुट चपाउदै वजारतिर तरकारी, लसुन, प्याज, दाल, चामल, भुटुन (तेल) खरिद गर्न लावालस्कर लागेको देखिन्छ । टिनका टिन घ्यु र मह विक्री गर्न वजार झर्ने बुढापाका आज घ्यु, मह खोज्न वजारतिर जानु परेको नमिठो शव्द लेख्नु पर्दा मन भटभटी पोलेर आउंछ । म एकदिन विश्व खाद्य कार्यक्रमले विश्व खाद्य दिवसको कार्यक्रम हेर्न जाने अवसर जु(यो । नेपालको प्रोटिनयुक्त र स्वास्थ्य र दिमाग तेजिलो बनाउन खानाकोनाम हेरेको त म आफै आश्चर्यमा परें । ती खानाहरु त गरीवको खाना भनेर हेला गरिन्थ्यो र त्यहि भएर होला मेरो आमाले तिनीहरुको निकै खेति गर्नु हुन्थ्यो । हामीले त्यसलाई निकै मीठो मानी मानी खान्थ्यो । तिनीहरुको नाम थियो लट्टे, बेथे, जुनेलो, घैया, कालो चामल, जौं आदि । नेपालमा पुंजिवादी व्यवस्थाको एउटा अंग विश्व व्यपारमा प्रवेशसंगै विचरा तिनीहरु पनि त्यहि संगठनसंगै सति जानु प(यो । अन्तर्राष्ट्रिय दातृ राष्ट्रहरुले सहयोगको नाउंमा लादेको विभिन्न नियमले आज नेपाली समाज माग्ने भएको छ । ती दातृ राष्ट्रहरुले लादेको नियमले गरेको केहि असरलाई केलाउन मन लाग्यो । सुने अनुसार जापानले पूर्वि तराई जाने छोटो बाटोको रुपमा बनेपा बर्दिवास २ लेनको बनाउन लागेको थियो रे । तर भारतले एक लेन मात्र बनाउन दबाव दिएकोले एक लेनको मात्र बनाएको रे । महेन्द्र राजमार्ग पनि भारतकै कारण यसरी घुमाउनु परेको भन्ने कुरा सुनिन्छ । तर यी यस्ता विषयहरुमा कहिं कतै आधिकारिक लिखत नभएको कारण म गलत पनि हुन सक्छु । तर जसले जे भने पनि नेपालमा यसको ठूलो असर परेको विषय कसैले लुकाएर लुकाउन सक्दैन । विश्व व्यापार संगठन सदस्यता र त्यसका ठेकेदार नाइकेका कारण नेपाली किसानसंग सम्बन्ध जोडिएका राम्रा उद्योग र नेपालको अर्थतन्त्रमा प्रत्यक्ष असर गर्न .सक्ने उद्योगहरु कौडीको मूल्यमा बेचियो भने कुनै अलपत्र पारिएको छ । किसानले उत्पादन गरेका अन्न, तरकारी, फलफूल, दूध विक्री हुदैनन् तर भारतबाट सिधै बिना रोकतोक नेपालीको भान्सामा प्रवेश गर्छ । कथंकदाचित रोकियो भने पनि राजदुतावासको पत्रको बारेमा भन्नै परेन । एकजना चिनेजानेका भाइले भन्दै थिए, तरकारी रोकिएको समयमा कृषि मन्त्रिलाई भेट गर्न भारतीय व्यापारीहरु सिधै भित्र मन्त्रि क्वाटरमै प्रवेश गरेर मन्त्रिज्यूलाई भेट गर्न लाइन लागेका थिए रे । एउटा नेपालीलाई क्वाटरमा प्रवेश गर्न पास चाहिन्छ तर भारतीय व्यापारीले कसरी पास पाए होलान्, त्यो पनि महान जनयुद्धका वृगेडर कमाण्डरको क्वाटरमा । नेपालले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारित गरेपछि केहि हावा पत्रकार बाहेक केहि राम्रा मानिने विद्वानको पनि कुरा सुन्ने अवसर प्राप्त भएको थियो । ती विद्वानहरु त्यो विषयमा प्रवेश नै नगर्ने । खालि नेपाली हाम्रो असल छिमेकी हो, हाम्रो सम्बन्ध रोटीबेटीको छ । यस सम्बन्धलाई बिग्रन दिनु हुदैन । यसको समाधानको उपाय पनि गज्जवको लाग्यो । अझ नेपालीलाई सहयोग पुगेन । छात्रवृत्ति बढाउनु पर्छ, आर्थिक सहयोग गर्नु पर्छ र अन्य सहयोग गरेर भएपनि सम्बन्ध राम्रो बनाउनु पर्छ मात्र भन्ने गरेको पाइयो । यिनीहरुको मूल आसय के देखियो भने मुख्य मुख्य उत्पादित क्षेत्र जसले नेपालको अर्थतन्त्रलाई प्रभाव पार्छ त्यस क्षेत्रलाई धराशायी बनाइदिने र नेपाललाई चाहिने सबै सामान भारतबाट आयात गर्न बाध्य बनाउने । अनि नेपालका मुख्य मुख्य राजनीतिक दलका नेतृत्तलाई खरिद गर्ने र नेपालको प्रमुख प्रशासनिक क्षेत्रमा उसले भनेको मान्छे भर्ना गरेर आफुले चाहे जस्तो स्वार्थ पूर्ति गर्ने गरेको प्रष्ट हुन्छ । यो भनेको उपनिवेशकालमा सिधा सिधा हतियारसहित युद्ध गर्ने चलन थियो । त्यो अहिले आर्थिक युद्धमा परिणत भएको छ । यहि रणनीति सफल भएको कारण आज नेपाल सत्तरी प्रतिशत परनिरभर्तामा परिणत भएको अवस्था छ । शहरी क्षेत्र कंक्रिटमा परिणत भएको कारण उत्पादनविहिन अवस्थामा छ भने ग्रामिण अर्थतन्त्र विश्व पुंजिवादी व्यवस्था र त्यसका ठेकेदारले चल्नै नसक्ने गरि लङ्गडो बनाइदिएका छन् । नेपालका ठूला भनिने धेरैजसो राजनीतिक दलहरु यसैमा रमाउन चाहने स्वभावका छन् र यिनैका रछान र जुठोपुरोले चलेका छन् । मेरो दिमागमा दुई वटा घटना अझै ताजै लाग्छ । एकपटक कामरेड प्रचण्ड महामहिमको प्रधानमन्त्रित्व कालमा सात प्रतिशत आर्थिक वृद्धि दर हासिल भएको थियो । त्यहि आर्थिक वृद्धिलाई आधार मानेर युरोपियन युनियनले नेपाललाई अब सहयोग आवश्यक छैन हामी फर्किन्छौं मात्र के भनेको थिए, सरकारको त के कुरा गर्नु र नेपालका बडे बडेमानका विश्लेषकहरुको समेत रुवाबासि चल्यो कि उनिहरु नफर्किने निर्णयमा पुग्नु प(यो । त्यति हुंदा पनि डेनमार्कले त छोडि हालेछन् । अर्को घटना त महामहिम कामरेड केपिको प्रधानमन्त्रि कालकै केहि महिना पहिलेको मात्र जस्तो लाग्छ । कुनै पनि देशको प्रतिव्यक्ति आयको आधारमा अविकसित, अल्पविकसित र विकसित भनेर वर्गिकरण गरिएको हुने रहेछ । त्यहि आधारमा नेपालको प्रतिव्यक्ति आय अविकसितको भन्दा केहि अंकले बढि भएको थियो । सो आधारमा नेपाल अल्पविकसित देशमा परिणत हुनु पर्ने र दातृ राष्ट्रबाट आउने सहयोग कटौति गर्नु पर्ने रहेछ । तर के गर्ने फेरी पहिलेकै जस्तो रुवाबासि चलेछ र दातृ सहयोग नरोक्ने निर्णय गर्नु परेछ । यी यस्ता घटना केलाउंदा के लाग्यो भने दातृ निकायबाट सञ्चालित कार्यक्रम (एनजिओ÷आइएनजिओ) भनेको नेपालका राजनीतिक दल र विश्लेषक, विज्ञहरुको लैनो भैंसि रहेछ । लैनो भैंसि पनि कहां लरतरोको हो र ? गाउंले किसानका शव्दमा विहान एक पाठी बेलुकी एक पाठी गरि दिनमा १६ माना दूध दिने । घ्यु पनि एक घानमा ठ्याक्कै एक माना आउने, सा(है असल भैंसि । यदि यो दातृ सहयोगको कार्यक्रम नहुने हो भने नेपालमा राजनीति नै बन्द गरेर झोलितुम्वा बोकेर कांसीतिर कुलेलम ठोक्नु पर्ने रहेछ । यहां धेरै नेतागणहरुको उदाहरण नदिउं । एक जना जो नेपाली जनताले भावि प्रधानमन्त्रिको रुपमा हेरेको देखिन्छ, जसले सोहि दातृ सहयोगबाट सञ्चालित प्याक्ट प्रोजेक्टबाट करोडौं लिएको सुन्नु सायद मेरो कानको खरावी थिायो कि ?
६. नेपालमा क्रान्तिको सम्भावना र समाजवादी बाटो
नेपाललाई विशेषगरि भौगोलिक र जातिय आधारमा क्रान्तिको लागि उर्वर क्षेत्र भनेर इतिहांसका पानाहरुमा अध्ययन गर्न सकिन्छ । यहि कारण नै नेपाललाई लडाकुहरुको देश भनेर पनि चिनिन्छ । इतिहांसका विभिन्न कालखण्डलाई केलाउने हो भने सांच्चै यो भनाइले सार्थकता पाएको छ र यो भनाई कुनै मनगढन्ते नभई वास्तविक सावित भएका छन् । हिजो त्यस्तो समय थियो जहां राजाले हातहतियार चलाउन र युद्धकला नजाने राजा नै हुन नपाउने परिस्थिति थियो । आफै राजा युद्ध मोर्चा सम्हाल्नु पथ्र्यो । यो परिस्थितिलाई साथ दिएको थियो पहिलो त भौगोलिक अवस्थाले । तराइको घना जंगल र पहाडी भूभागमा ढाल जस्तो बनेर उभिएको पहाड र कन्डराले गुुरिल्ला युद्धको लागि सहयोगी देखिन्छ । यहांका केहि जाति यस्ता छन् जो लडाकु स्वभावका छन् । यहि कारण पनि नेपालको नाम लडाकु देशको नामले पनि चिनिन्छ । यो एउटा नेपालको पृष्ठभूमि भयो । यहि पुष्ठभूमिले मात्र राज्य क्रान्ति सफल हुदैन । यसको लागि पहिला समाजवादी क्रान्तिको इतिहांसलाई केलाउनु पर्छ । माक्र्सले जुन समय कम्युनिष्ट फेनिफेस्टोमार्फत कम्युनिष्ट पार्टीको घोषणा गर्नु भयो र जुन वर्गको लागि उत्थानको कुरा उठाउनु भयो, त्यो समय भनेको चरम औधोगिकिकरणको थियो । औधोगिक मालिकहरुबाट मजदुर वर्ग विभिन्न कारणले दमन शोषणमा परेको अवस्था थियो । माक्र्सको विश्लेषण अनुसार औधोगिक क्षेत्र एकै ठाउं भएको कारण र यातायातको विकासले मजदुर वर्गलाई एकआपसमा सम्पर्क बढाउनमा मदत ग(यो । मजदुर वर्गलाई काम अनुुसारको ज्याला, काम गर्ने समय फिक्स हुनु पर्ने लगायतको सुबिधाको लागि एकजुट भएर आन्दोलन गर्ने अवसर प्राप्त भयो । सोहि रणनीति अनुसार फ्रान्समा मजदुर आन्दोलन सफल भएको उदाहरण पनि छ । त्यसैगरि युरोपियन देशहरुमा समाजवादी असफल क्रान्ति पनि भए । रुषमा वोल्सेभिक शहरी विद्रोह पनि सफल भएको हो । यसरी यी मजदुर वर्ग र विधार्थीमार्फत शहरी विद्रोहबाट सफल आन्दोल कतै दिर्घकालिन नहुने पो हो कि ? भन्ने प्रश्न उव्जिन्छ । हुन त म यस विषयमा अनभिज्ञ पनि हुन सक्छु । तर वास्तवमा माक्र्सले भनेजस्तो गरिएको विद्रोहले राज्य सत्ता कव्जा त गर्न सक्ने तर छोटो समयमै असफल भएको ऐतिहांसिक घटनाक्रमले यसरी गरिएको विद्रोह धेरै जसो देशको लागि असफल हो कि ? अहिले माथि वालेरस्टाइनले भने जस्तै पुंजिवादी व्यवस्थाको कारण स्थानीय पुंजि परिचालन नभएर अर्थतन्त्र नै धराशायी भएको विश्लेषण गरिएकोबाट पनि प्रष्ट हुन्छ कि यदि स्थानीय पनि विशेषगरि ग्रामिण अर्थतन्त्रलाई चलायमान नबनाएसम्म अब विश्व अर्थतन्त्र अवनतितिर जाने खतरा देखिन्छ । हो अब हामी यहिनिर घोत्लिनु पर्ने समय आइसकेको छ । विश्व अर्थव्यवस्था शहरी क्षेत्रमा पनि केहि सानो घेरामा मात्र अर्थतन्त्र चलायमान हुने तर ग्रामिण अर्थतन्त्र नचलेकोले अबको अर्थव्यवस्था नै पुनव्र्याख्या हुनु पर्ने तर्क अघि सार्न थालिएको छ । अब यहिनिर उभिएर हेर्नु पर्नेछ । हाम्रो नेपाल त्यो बेलाको चीनको जस्तै सामन्ति, अर्धऔपनिवेशिक अवस्था हो । फरक यत्ति हो, त्यतिखेर सिधै युद्ध लड्ने परम्परा थियो तर अहिले आर्थिक, सामाजिक, कुतनीतिक, राजनीतिक प्रभाव, व्यापार, विभिन्न प्रलोभन, हस्तक्षेप मार्फत औपनिवेशिक रणनीति अपनाएको देखिन्छ । भारतको सिधै हस्तक्षेप देखिन्छ भने अन्य दातृ राष्ट्रहरुको लुप्त किसिमको रणनीति अपनाएको देखिन्छ । उनिहरुको विभिन्न संघ÷संस्थामार्फत हस्तक्षेप बढाएको देखिन्छ । यता देशभित्र सामन्त, दलाल, नोकरशाह, ठेकेदार, व्यापारी, तस्कर आदिको बोलवाला रहेको छ । उनिहरुकै आदेश, निर्देशनमा शासनसत्ता सञ्चालन भैरहेको छ । यिनीहरुमध्ये केहि सानो झुण्ड देशभित्रबाटै सञ्चालित छन् भने ठूलो झुण्ड उनै विदशी प्रभुको आदेश पालन, आज्ञापालक, अरौते, धुपौरे, लम्पसारे यस्तै यस्तै हुन् । नियम कानून सबै उनिहरुकै हुन् । नेपालको संविधान भनेको विश्वलाई यसो देखाउने भांडो मात्र हो । यसलाई अझ बुझ्ने भाषामा भन्नु पर्दा मागिखाने कचौरा मात्र हो ।
नेपालको भौगोलिक अवस्था, जनताको मनोविज्ञान र विश्व परिवेशलाई केलाउदा हामीले अब स्थानीय ग्रामिण जनतालाई साथ नलिई क्रान्ति सफल बनाउछु भन्नु दिउसै रात पार्नु बाहेक अर्को योजना सायद मेरो विचारमा काल्पनिक समाजवाद मात्र हुन सक्छ । अहिले नेपाली जनतामा पूर्ण निराशा छाएको छ । हो, हाम्रो गल्ति त छैन होला तर पनि हामीले केहि गल्ति अवश्य गरेका छौं । जस्तो प्रचण्ड, वावुरामले लाइन छोड्नासाथ हामीले जनयुद्धका समयमा स्थापित जनकम्युन, स्कूल, लडाकुको संरक्षण जस्ता कार्य गर्नु पथ्र्यो र तुरुन्तै सबै कार्यकर्ता गाउंले अर्थतन्त्रलाई चलायमान बनाउने र तिनीहरुलाई राजनीतिक प्रशिक्षण दिदै गर्नु पथ्र्यो । जसले गर्दा हामीप्रति जनताको जनविश्वास टुट्न पाउने थिएन । यी दलाल, छलकपटीहरुको व्यवहारको कारण जनताको मनोविज्ञान कुनै पनि दलप्रति विश्वास छैन । अब, हामीले दुई वटा कार्य संगसंगै गर्नु पर्नेछ । पहिलो काम सक्छौं भने सबै क्षेत्रको स्थानीय जनतासंगै हाम्रा जनवर्गिय संगठन जोडिनु पर्छ । जहां बसेर स्थानीय उत्पादनलाई हौसला बढाउनु पर्छ र त्यसलाई सहज रुपमा उनिहरुकै संरक्षणमा वजारिकरणको व्यवस्थालाई सहजीकरण गर्ने कार्य तुरुन्तै मात्र होइन, अब ढिला नगरि यो कार्य शुरुवात गरिहाल्नु पर्छ । यसको लागि पहिलो टार्गेट काठमाडौंको वरिपरिको क्षेत्रलाई समेटेर कार्यक्रम बनाउन सक्नु पर्छ । जहां वजारिकरणको लागि सहज छ र छिटो प्रभाव पनि पार्न सकिन्छ । त्यसको साथसाथमा बुर्जुवा शिक्षाको ठाउंमा हाम्रो परिवेश अनुकुल शिक्षा पनि शुरु गर्नु पर्छ । दोस्रो कार्य भनेको तिनीहरुलाई राजनीतिक प्रशिक्षण पनि दिदै गर्नु पर्छ । जसले क्रान्तिको नेतृत्व गर्न सकोस् र समाजवादी राज्य सत्ताको मालिक बन्ने साहस लिन सकोस् । हामीले क्रान्ति भन्दा पहिले ग्रामिण अर्थतन्त्र र शहरी अर्थतन्त्रलाई जोडेर आन्तरिक अर्थव्यवस्थालाई सशक्त बनाउनु पर्ने किन पनि बाध्यता आएको छ भने पहिले आर्थिक रुपमा सम्पन्न नभएसम्म लड्न सकिदैन । सारंगी (भोको) पेटमा लड्न सक्ने क्षमता र राजनीतिको बारेमा सोंच्ने चेतना कहांबाट आउनु र ? हाम्रो अर्थतन्त्र भारत परस्त छ, त्यसैले उसले जे चाह्यो त्यहि भैरहेको छ । अहिले विश्व परिस्थिति पनि पुंजिवादी अर्थव्यवस्थालाई टेवा पुग्ने र त्यसै अनुसार सहयोग र्र्गे गरिन्छ । यदि कुनै देशमा नेपालको नेकपाको जस्तो पुंजिवादी चरित्रको शासन नचलाएर अलिकति मात्र पनि समाजवादी चरित्रको देखिनासाथ विभिन्न बहानामा आर्थिक नाकाबन्दि गर्ने, अनेक दुःख दिने गरेको घटनाबाट पाठ सिकेर पनि हामीले आफ्नो अर्थव्यवस्थालाई मजबुट नबनाएसम्म क्रान्ति अगाडि बढाउन सकिने अवस्था आउला जस्तो लाग्दैन । किन भने हामीले तीन वटा देशको क्रान्तिलाई केलाउने हो भने पहिले आन्तरिक अर्थतन्त्र त्यसमा पनि ग्रामिण स्थानीय अर्थतन्त्र बलियो बनाएको र तिनै जनताको साथ र सहयोगको बलमाा सम्भव भएको देखिन्छ । जस्तो दक्षिण एशियामा उत्तर कोरिया, चीन र उत्तर अमेरिकाको क्युवाको सफलताबाट पाठ सिक्नु पर्ने देखिन्छ । यिनीहरुले आन्तरिक अर्थव्यवस्था बलियो बनाउन सकेको कारण अमेरिकाले भएभरको शक्ति प्रयोग गर्दा पनि केहि गर्न सकको छैन । जुन कुरा माक्र्सले मजदुर वर्गलाई परिवार पाल्ने गरि ज्याला नदिंदा काम गर्न नसकि मालिकलाई आम्दानी कम भएको कुरा उल्लेख गरेका छन् । हो, यहां पनि त्यहि नियम लागु हुन्छ । जबसम्म हामी आन्तरिक रुपमा आर्थिक रुपले बलियो बनेर भारतले नाकाबन्दि लगउंदा पनि केहि फरक नपर्ने अवस्थामा पुग्दैनौं तबसम्म जनता छाति खोलेर युद्ध मैदानमा उत्रन सक्दैनन् । यदि हामीले यसो गर्न सकेनौं भने भारतले नाकाबन्दिको डर देखाएर झुक्न बाध्य पारिरहने र हाम्रा देशका दलाल, सामन्त, विज्ञ, विश्लेषक, पत्रकार, राजनीतिक भरौटे धुपौरेलाई मसला बन्नेछ कि भारतसंग निहु खोज्नुको परिणाम देख्यौ ? अझ खुच्चिंग पनि गर्लान । अनि हामीलाई सधैं असफलको त्याग लाग्नेछ र कम्युनिष्ट भनेका सबै खराव हुन्, यिनले समाजलाई बिगार्छन् यस्तै यस्तै ।
नेपालमा समाजवादी राज्य क्रान्ति गर्न ठ्याक्कै माओको चीनियां मोडल सहि हुन सक्छ । किन भने माक्र्सले भने जस्तै यहां भौगोलिक अवस्थाको कारण औधोगिक विकासको सम्भावना कम छ । औधोगिक विकास नभएपछि श्रमिक वर्ग सौतः कम हुने भई हाले । अर्को शक्ति विधार्थी हो जुन ं२ को शुरुवातसंगै कमजोर अवस्थामा पुगेको देखिन्छ । अन्य श्रमिक वर्गको कुरा छ जसलाई मानव शंसाधनमार्फत भर्ना गर्ने व्यवस्था गरिएको छ । यो भनेको ठेकेदारी प्रथा हो जसले कुनै पनि समयमा हटाउन सक्छ । यसको प्रकृति कस्तो हुन्छ भने नियुक्ति लिन्छ मानव शंसाधनबाट, तलव खातामा जान्छ अनि काम गर्छ अर्कै तोकिएको ठाउंमा । त्यहांका कामदार एकापसमा संगठित हुने कुरा त परै जाओस् चिनजानसमेत हुदैन । यस्तो प्रकृतिको श्रमिक वर्गले आन्दोलनमा भाग लिनु र राजनीतिबारे बुझ्नु आकाशको फल सरह हो । आन्दोलनका लागि भरपर्दो औधोगिक मजदुर जसलाई कांग्रेस, एमालेले प्रयोग गरे आज ती औधोगिक कारखानाहरु ध्वस्त पारियो । बिराटनगर जुट मिल जहांबाट गिरिजा प्रसाद कोइराला, मनमोहन अधिकारी जस्ता नेताहरुले उपयोग गरे, त्यसैलाई पछि अरुले उपयोग नगरुन भन्ने हेतुले र पुंजिवादी अर्थव्यवस्थाको उदार अर्थनीतिको मूल्यमान्यता अनुसार ध्वस्त पारियो, जसको फलस्वरुप नेपालको अर्थतन्त्र कमजोर बन्यो भने मजदुर वर्गको रोजिरोटी पनि खोसियो । अर्को हामीले जुन जनतामा निराशासंगै आक्रोस पैदा हुनेछ र स्वतस्फुर्त रुपमा आन्दोलनमा उत्रनेछन् भन्ने परिकल्पना गरेका छौं त्यसले केहि क्षणलाई जनआक्रोसलाई मत्थर पार्ने काम मात्र गर्नेछ । त्यसपछि फेरी उहि पुरानो रोग बल्झनेछ । जुन नेपालमा २००७ साल, २०४६ साल र २०६२ सालको जनआन्दोलनले पुस्ति गरेको छ । त्यसैगरि विश्वमा फ्रान्सको मजदुर आन्दोलन, युरोपमा असफल समाजवादी आन्दोलन र रुषमा वोल्सेभिक राज्य क्रान्तिले पुस्ति गरिसकेको छ । यसको प्रकृति कस्तो देखिन्छ भने यो भनेको सानो स्वार्थीहरुको झुण्ड हो जसले आन्दोलन सफल हुनासाथ नाफा खोज्न थालिहाल्छ । स्वार्थरहित निष्पक्ष रुपमा राज्यलाई सधैं दिगो बनाउन चाहने बलियो जग (खम्बा) भनेको त्यहि ग्रामिण स्थानीय जनता हुन् भन्ने प्रमाणित विश्व पुंजिवादी व्यवस्थामा आएको विचलन र छिमेकी देशहरु चीन, उत्तर कोरिया र क्युवा जस्ता समाजवादी दशबाट ज्ञात हुदैन र ?
हो, हामीले माक्र्सले भने झैं पुंजिवादको विकास नभएको र चीनको जस्तै सामन्त, दलाल, शोषक, अर्धऔपनिवेशिक अवस्थामा रहेको नेपालमा जनताबट सिक्ने, जनताकै साथ सहयोग र जनताकै नतृत्वमा जनवाद हुदै समाजवादी राज्य क्रान्ति सफल बनाउनु पर्छ । अहिले नेपालमा पहिला राजा जस्तो स्थायी किसिमको वर्ग शत्रु छैन । अब बांकी भनेका विश्वबाट मक्किसकेको र धमिराले जस्तै भित्रभित्रै खोक्रो बनाइसकेका पुंजिवादी व्यवस्थाका दलाल, ठेकेदार, जनताबाट तिरस्कृत भैसकेका, नाइकेहरुलाई परास्त गर्नलाई हामीले एके ४७, रकेट लन्चर, वम गोलाबारुद खरिद गरेर ठूलो धनराशि खर्च गर्नु पर्दैन । यिनलाई परास्त गर्न गाउंले हतियार कुटो कोदालो, लाठी मुंग्री, हंसिया, खुकुरी, बन्चरो, चिरपट दाउरा नै काफि छन् । यहि बिचमा हामीले लालसेना पनि तयार पार्नेछौं जसलाई हाम्रो नेतृत्वभित्र आउन सक्ने विचलन रोक्न र राज्य क्रान्ति सफल भएपछि ती पराजित वर्ग शत्रुबाट आउन सक्ने खतरालाई परास्त गर्न प्रयोग गरिनेछ । अहिले राजनीतिमा आएको विचलन र विकृतिले जनतामा बिखण्डन आएको छ । हत्याहिंसा, अराजकता, निराशा, बेरोजगार, पलायन हुने प्रवृत्ति, ग्रामिण अर्थतन्त्रमा सुस्तता जस्ता समग्र विषयलाई सम्बोधन हुने गरि हाम्रा गतिविधि सञ्चालन गरिनु पर्छ । जसले हामीप्रति जनताको जनविश्वास बढ्दै जानेछ र त्यसलाई विस्तारै राजनीतिक प्रशिक्षण दिदै हाम्रा नीति नियम प्रयोग गर्दै जानु पर्छ । यसको लागि हामीले हाम्रै जनतामा भएका परम्परा, चालचलनलाई उपयोग गर्न सक्नु पर्छ । जातिविशेष अनुसार आफ्नो समुदायलाई जोड्न विभिन्न परम्परा प्रयोग गरेको देखिन्छ । जस्तो नेवारमा गुठी, चौधरीमा गोलघर, मगरमा भेजा, थकालीमा ढिगुर आदि छन् । यी समुदायमा रहेका यो परम्परालाई उपयोग गर्दा अलि सामन्ति प्रवृत्तिको देखिन्छ । सामन्ति प्रवृत्तिले समाजलाई जोड्ने भन्दा भांड्ने काम गर्छ । यी समुदायभित्र रहेको परम्परालाई मूल्यांकन गर्दा थकालीको ढिगुर राम्रो देखिएको छ । यसले थकाली समाजलाई सम्पन्न र एकताबद्ध बनाउनमा सहयोगी रहेको देखिएको छ । ठाउं विशेष अनुसार यी परम्परालाई उपयोग गरेर हाम्रो कार्यक्रमलाई अगाडि बढाउन सकिन्छ । तर विश्व परिवेशलाई मूल्यांकन गर्दा विश्वले मान्यता दिएको र सबैलाई मान्य हुने र सबै जाति जनजाति, समुदाय, गाउं, शहर, कर्मचारी, घरवारविहिन, भूमिहिन आदि सबैलाई जोड्न सकिने भरपर्दो माध्यम भनेको सहकारी नै उत्तम मोडेल हुन सक्छ । यसैमार्फत सम्पूर्ण गतिविधि सञ्चालन गर्न सकिन्छ । जस्तो ठाउं विशेष अनुसार विभिन्न कृषि, फलफूल, पशुपालन गर्ने र यसैसंग सम्बन्धित उद्योग कलकारखाना सञ्चालन गर्ने र होम्स्ते, होटल जस्ता पर्यटन व्यवसाय सञ्चालन गर्ने, ती उत्पादित वस्तुको सहज व्यवस्थित वजारको व्यवस्थापनसंगै आयात निर्यातमा सहयोगी भूमिका जस्ता गतिविधि सञ्चालन गर्नु पर्छ । जसले गर्दा देशभित्रैको उत्पादनले नेपालीको जीवन निर्वाह हुनेछ र समाजवादी राज्य क्रान्तिको लागि बाटो खुला हुनेछ । अनि हाम्रो शक्ति बलियो हुनेछ र हामीले विश्व सर्वहारा शक्तिसंग पनि हातेमालो गर्दै समाजवादी राज्यको लागि उत्प्रेरित गर्न सकिनेछ ।
७. केहि विचार र निश्कर्ष
क्रान्तिकारी पार्टीको एउटा सदस्यको नाताले त्यसैसंग सम्बन्धित रहेर केहि विचारहरु उत्पन्न हुनु द्वान्द्धात्मक भौतिकवादको असली रुपको परिकल्ना हो जस्तो लाग्न थालेको छ । केहि यस्ता विषय वस्तुहरु छन् जुन क्रान्तिबाट पनि पूरा हुन्छन जस्तो लाग्दैनन् । या त अधुरो क्रान्तिको कारण पनि पूरा नभएको हुन सक्छ । यिनै यस्तै विचार विमर्श गर्दा र राज्य उत्पत्ति सम्बन्धि इतिहांसलाई केलाउंदा के देखिन्छ भने राज्य भनेको आदर्श समाज निर्माणको लागि एउटा सानो शहरबाट शुरु गरेको पाइन्छ । राज्य भनेको त्यो देशमा सुख शान्ति, समृद्धि, उचित न्याय, व्यक्तिगत स्वतन्त्रता र सम्प्रभु, सम्पत्तिको सुरक्षा, सामाजिक, आर्थिक आदि सबैको प्रत्याभुतिको अनुभुतिको लागि विकास गरिएको हो । समयक्रममा यसले यति धेरै विकृति भित्र्याए छ कि अहिले त राज्य सत्ताको वरिपरि बस्ने सिमित वर्गहरुको आफन्ति, नातागोता, आसेपासे, चाकडी, चाप्लुसी, फटाहा, लुटेराको संरक्षणमा पो परिणत भएछ । माक्र्सले राज्य सम्बन्धि विचारमा विश्लेषण गरे झैं राज्य सत्ता भनेको राज्य सत्तामा बस्ने वर्गले अर्को विरोधी वर्गलाई दमन गर्ने हतियार हो । अहिलेको राज्य सत्ता भनेको यहि रुपमा प्रयोग र विकास भैरहेको देखिन्छ । राज्य भनेको त्यो भूगोलभित्र बस्ने सबैलाई समानताको आधारमा न्याय सम्पादन गर्नको लागि परिकल्पना गरिएको हो । कुनै वर्ग विशेषलाई उत्थान वा दमन गर्नको लागि विकास गरिएको होइन । जहां असमानता हुन्छ, त्यहां द्वन्द्ध हुन्छ । यो द्वन्द्धात्मक भौतिकवादी र समाजशाष्त्रीय विचार सिद्धान्तले पनि मानेको कुरा हो । अझ यसलाई अर्थशाष्त्रको भाषामा असमान वितरण भनेर भनिन्छ । आर्थिक असमान वितरणले देशको सबै ठाउंमा समान विकास हुन सक्दैन भन्ने सिद्धान्त रहेको छ । कुरा उस्तै उस्तै हो अर्थशाष्त्रमा असमान आर्थिक वितरण भन्नु, राज्यको सुविधामा पहुंच नहुनु भन्नु र समाजशाष्त्रीय भाषामा खानाको लागि द्वन्द्ध भन्नु । यसलाई सहि ढंगले समाधान नगरि देशमा समृद्धि ल्याउने, विकासमा भ्यागुता जस्तो उफ्रने, काठमाडौं शहरलाई सिंगापुर बनाउंछु भन्नु, देशमा समाजवाद हुदै साम्यवाद ल्याउंछौं भनेर मिडियामा फलाक्नु यी सबै पानीमा पादे जस्तै हो । यी समग्र विषय र एउटा कार्यकर्ता भएर मूल्यांकन गर्दा कतै हामी पनि त्यो बाटोमा हिड्न सकेका छौं त ? जहां माक्र्सले चाहे जस्तो समाजवादको परिकल्पना भेटाउन सकियोस् । यो निकै गम्भिर विषय हो । समाज अहिले विभाजित अवस्थामा पुगेको छ । मोवाइल हुने जति सबै फेसबुक चलाउने र सबै फेसबुके नेता । के शिक्षित, के प्रोफेसर, के वकिल, के पत्रकार, के शिक्षक, के कर्मचारी, के राजनीतिक नेता समग्र समाज नै अहिले अध्ययन कम नेता बढि भएको देखिन्छ । नेता बढि व्यवहारिक कम । यसले समाजलाई गलत बाटोतिर दोहो(याउनेछ । यी समग्र विषयलाई अध्ययन गरेर हेर्दा के देखिन्छ भने अहिले समग्र समाज दोबाटोमा उभिएको दोधारे अवस्थामा देखिन्छन् । अहिले राजनीतिक दलहरुको विश्वास गर्न छोडेर फतर फतर उफ्रंदै राम्रो काम नगर्नेलाई गालि गर्नेहरुको भिंडमा सामेल हुन थालेको देखिन्छ । केहि राम्रा काम गर्ने व्यक्तिको समर्थनमा एकजुट भएको देखिन्छ । यो पक्ष राम्रो हो तर यहि नै सहि समाधान होइन । किन भने म पनि केहि समय भ्रममा परेको थिएं । तर समग्र विषय वस्तुलाई अध्ययन गर्दा के देखिन्छ भने त्यो भनेको एउटा विषयमा विशेषज्ञता मात्र हो । त्यसले समाजको समग्र क्षेत्रमा प्रभाव र विकास गर्न सक्दैन । ऊ एउटा विशेष क्षेत्रको राम्रोसंग विकास गर्न सक्छ । जस्तो उदाहरणको रुपमा कुलमान घिसिङ्ग, डा. सन्दुक रुइत, महाविर पुन, डा. गोविन्द के.सी. र अहिले निकै चर्चामा आएका र जनताले विश्वास गरेका व्यक्तिहरु जस्तै ज्ञानेन्द्र शाही, रवि लाछिने यी सबै एउटा सानो क्षेत्रमा सफल बन्न सक्छन् तर समग्र देशको विकासमा अझ पछाडि पर्न सक्छन् । सत्य कुरा के हो भने समग्र क्षेत्रको विकास गर्ने भनेको राजनीति नै हो । यसले समग्र समाजलाई एउटै मालामा जोड्न सक्छ । बिछोडिएको समाजलाई फेरी जोड्न सक्छ । तर यो बाँदरको हातमा पर्नु हुदैन । अहिले त्यहि बाँदरको हातमा राज्य सत्ता परेको कारण अहिले समग्र समाजमा असर परेको छ । यहि समग्र समाजलाई जोडिराख्नको लागि नै राज्यको परिकल्पना गरिएको हो । जहां विभिन्न किसिमका राज्य सञ्चालन विधि हुन्छन् । समय क्रममा कुन राज्य सत्ता राम्रो भनेर भन्नु भन्दा पनि कुन राजनीतिक दलले समग्र समाजलाई समान रुपमा विकासको मोडल तयार पार्न सक्छ भन्ने कुराले महत्व राख्छ ।
म एउटा राजनीतिक कार्यकर्ता मात्र नभएर गणतन्त्रात्मक धर्मनिर्पेक्षता अंगालेको देशको नागरिक हो । मैले कसैलाई असर नपर्ने गरि यसको भरमग्दुर प्रयोग गर्न पाउनु संविधान, ऐन, कानून सबैबाट अधिकार प्राप्त छ र कुनै बाधा व्यबधान आउनु हुदैन । तर म त्योबाट पूर्ण बञ्चित जस्तै छु । गणतन्त्र प्यारालाइसिस भएको छ । यसका कुनै पनि अंगले राम्रोसंग काम गर्न सकेको छैन । यसलाई यसरी भनौं गणतन्त्रको भावना र मर्म अनुसार काम भएको छैन । उदाहरणको रुपमा हेरौं स्थानीय तह जो स्थानीय नै चुनिएर म आफ्नो गाउंठाउंको विकास र आफ्ना स्तमित्र दाजुभाई सबैलाई समान रुपमा सेवा गर्छु भनेर चुनावमा उठ्ने हो । त्यहां कुनै सेवा सुबिधाको परिकल्पना गरिएको थिएन । बढि सेवा सुबिधा उपभोग गर्नु र भ्रष्टाचार गर्नु भनेको आफ्नैलार्इं र आफैलाई पछाडि धकेल्नु हो । तर यस विषयमा खासै सरोकार छैन किन भने त्यसो हुनु भनेको उनिहरुलाई नै घाटा हो । मलाई सबभन्दा पीडा दिने भनेको धर्मनिर्पेक्षताले हो । केहि घटनालाई हेर्दा कतै धर्मनिर्पेक्षता कोमामा पुगेको त होइन ? भन्ने प्रश्न उव्जिन्छ । धर्मनिर्पेक्षता भनेको त सबैले आफ्नो धर्म, संस्कृति, परम्परा अनुसार निर्बाध व्यवहार गर्न पाउनु पर्छ । त्यसो भए खै त गाई काटेर खानेले न्याय पाएको ? किन गाई खानेलाई भटाभट समातेर जेल हालिदैछ ? के धर्मनिर्पेक्षता भनेको हिन्दु कानून लगाउनु हो ? संविधानको कुन धारामा लेखिएको छ ? गाई काटेर खानेलाई जेल सजांय हुनेछ भनेर । एउटा सत्य कुरा के हो भने कुनै पनि जनावरलाई देवता बनाएर पुज्नको लागि पालिएको होइन । तिनीहरुलाई मासुको रुपमा प्रयोग गर्न र खेतिकिसानीमा मलको रुपमा गोवर प्रयोग गर्ने र आवश्यकता अनुसार कुनै पनि ठाउंमा प्रयोग गर्न सकिन्छ । हो, त्यसलाई अन्याय अत्याचार गर्नु हुदैन । उदाहरणको रुपमा ऊँट कतारको राष्ट्रिय जनावर हो तर किन काटेर खान्छन् ? २१ औं शताव्दिको जनतालाई अझै पनि मुर्ख बनाउन सकिन्छ भन्ने सोंच्नु मुर्खता होइन ? यस विषयलाई अझ स्पष्ट पार्न चाहन्छु । मैले पनि ३ नं. प्रदेशस्तरीय सम्मेलनमा भाग लिने अवसर प्राप्त गरेको थिएं । त्यहां पनि यो विषयलाई उठाएको थिएं तर साथीहरुले त्यो विषयलाई गम्भिर रुपमा नलिएको पाएं । त्यो विषयले प्रवेश त पायो तर त्यो शसक्त थिएन र त्यो विषयलाई नेतृत्वले पनि गम्भिर रुपमा नलिएको पाएं । मैले यो विषय किन पनि उठाउन चाहिरहेको छु भने पहिलो त धर्मनिर्पेक्षताको विरुद्ध भयो । दोस्रो यसले ठूलो समुदायलाई असर गरेको छ, अन्याय गरेको छ र धेरैलाई जेलमा सढाएको छ ।
म यहां जोड्दार रुपमा उठाउन चाहेको विशेष विषय के हो भने कम्युनिष्ट भन्नासाथ माक्र्सको विचारधारा र त्यसलाई अझ परिस्कृत र विकास गर्ने लेलिन र माओको सिद्धान्त हो । जहां माक्र्सले त्यस समयको परिवेश अनुसार मजदुर वर्गमार्फत समाजवादी राज्य सत्ता कव्जा गर्नु हो र उनले त्यसै अनुसार सम्पूर्ण गतिविधि सञ्चालन गरे । रुषमा लेलिनले शहरी विद्रोहमार्फत राज्य सत्ता कव्जा गर्न सफल भएका हुन् जुन छोटो समयमा नै असफल भयो । जसमा गाउंका किसानहरुको भूमिका थिएन । चीनमा माओले त्यस समयको परिवेश र वैदेशिक हस्तक्षपलाई समेत मध्यनजरमा राखेर नयां किसिमको आन्दोलनको परिकल्पना गरे । उनले जनताको साथ र सहयोग, जनताकै बीचबाट र जनताकै नेतृत्वमा आफ्ना विचारधारालाई प्रयोग गरेर राज्य सत्ता कव्जा गर्न सफल भए र जसको परिणाम स्वरुप आज विश्व ऊदेखि तर्सन थालेको देखिन्छ । यहि विचार र सिद्धान्त उत्तर कोरिया र क्युवामा पनि प्रयोग गरियो । जहां अमेरिकाले भएभरको नाडिदेखिको बल प्रयोग गर्दा पनि केहि गर्न सकेको छैन । यसको निचोडमा के भन्न सकिन्छ भने यदि जनतालाई नै सचेत बनाउने र आत्मनिर्भर अर्थतन्त्र हुने हो भने कसैको कुनै माइकालालको शक्तिले पनि छुन सक्दैन भन्ने यी देशहरुको उदाहरणले प्रष्ट पारिसकेको छ । यसै अन्तर्गत रहेर नेपालको प्राचिन इतिहांस र केहि नयां घटनाहरुलाई उदाहरणको रुपमा प्रस्तुत गर्न चाहन्छु । प्राचिन इतिहांस अनुसार किंरातहरुले अत्याचार गर्न थालेछन् । अत्याचार यति असह्य भयो कि स्थानीयहरुले सहनै नसक्ने भए । किंरातहरुको अत्याचार रोक्न सबै स्थानीयहरु एकजुट भए र आन्दोलन गर्न थाले । घमासान युद्ध भयो । त्यस युद्धमा धेरै मान्छेको ज्यान गयो । च्यासलको नाम नेवारी भाषा अनुसार ८०० हुन्छ, त्यहां ८०० किंरातीहरुको मृत्यु भएको थियो रे । यसरी किंरातहरुलाई लखेत्न सफल भएको इतिहांस छ । २०४६ सालको आन्दोलन सफल भएको यहिंको स्थानीकै कारण हो भन्ने कुरा व्याख्या गरिरहनु पर्दैन । अर्को रोल्पाको कुरा त विश्व समुदायले थाहा पाइसकेका छन् । रोल्पाको थवाङ्ग जसलाई न राजा, न पंचायत, न गणतन्त्रले छुन सक्यो । ऊ जहिल्यै सरकारको विरोधी थियो र छ । तर पनि कुनै सरकारले केहि गर्न सक्दैन । अर्को घटना गोरखाको एक स्थानीयहरुले कुनै पनि चुनावमा भाग लिएनन् । खै त कसले के कार्वाही गर्न सक्यो ? हो, यो उदाहरणले के प्रष्ट हुन्छ भने यदि स्थानीय जनता जागे भने कसैको केहि लाग्दैन र कुनै पनि किसिमका राज्य सत्ता (तानाशाही, क्रुर, भ्रष्ट, अत्याचारी) लाई पल्टाउन सक्छ । यहां यो घटना प्रस्तुत गर्नुको उद्देश्य के हो भने हाम्रा गतिविधिलाई हेर्दा अन्य आम पार्टी जस्तै साधरण विरोधको गतिविधिमा मात्र सिमित रहनुले हामीले चाहे जस्तो परिवर्तनलाई आत्मसाथ गर्न साकौंला ? यहां जनतालाई को क्रान्तिकारी, को पश्चगामी भनेर छुट्टयाउन कठिन भैरहेको छ । यो आन्दोलनको भिंडमा सबैले आफुलाई राम्रै भनिरहेका छन् अनि सबैले सरकारलाई भ्रष्ट, जनविरोधी, कमिशनखोर आदि आदि भन्छन् । सबैको गाली गर्ने शैली उस्तै छ । कसैको फरक आन्दोलन छैन । सबैले आफुलाई क्रान्तिकारी भन्छन् । जनता रणभुल्लमा परेको देखिन्छ । क्रान्तिकारी भनौं कुनै त्यस्तो गतिविधि छैन । जनताको समस्या जहांको तहिं छ । त्यो समस्यालाई हामीले हल गर्ने पहल गरेका छैनौं । सिद्धान्त राम्रो वा नराम्रो भनेर छुट्टयाउन जनतामा गएर प्रयोग नगरेसम्म कसरी भन्न सकिन्छ र ? माओको आफ्नो विचार अनुसार क्रान्ति यसकारण सफल भएको हो जहां जनताको साथ र सहयोगले भएको कुरा लुकाएर लुकाउन सकिदैन किन कि यो एउटा इतिहांस हो । माओको भनाई के हो भने क्रान्ति सफल हुन जनता र हाम्रो विचार मिल्नु पर्छ । भनाइको अर्थ के हो भने नेपाली जनताको मत र हामी क्रान्तिकारीहरुको मत मिल्यो भने मात्र क्रान्ति सफल हुन्छ र दिगो पनि त्यहि हुन्छ । क्रान्तिकारी पार्टीको संगठन बलियो बनाउन र आर्थिक रुपमा पनि बलियो हुनको लागि एउटा कार्यकर्ता जुन क्षेत्रमा संगठित छ, ऊ त्यहि क्षेत्रलाई आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक हरेक क्षेत्रमा कसरी बलियो बनाउन सकिन्छ र आफु त्यहां कसरी बांच्ने भनेर पनि सोच्नु पर्छ र पार्टीको कामलाई पनि अगाडि बढाउन सक्ने हुनु पर्छ । मैले सैनिक कमाण्डो तालिमको बारेमा सुनेको थिएं । एउटा सिपाहीलाई सिमित हातहतियार र सिमित स्रोतसाधन दिएर कुनै पनि खानेकुराबिना एक महिनाको लागि घना जङ्गलमा छोडिन्छ रे । त्यहि सिमित स्रोतसाधन प्रयोग गरेर एक महिनासम्म बांचेर फर्केपछि मात्र ऊ सफल सेना बन्छ रे । हो, यहां क्रान्तिकारीभित्र पनि यहि रणनीति अपनाउनु पर्छ अनि मात्र क्रान्ति सफल हुन सक्छ । एकदिन अवश्य आन्दोलन हुन्छ भनेर कल्पना गर्नु भनेको खोपिको देवता पुज्नु सरह हो । भगवान आस्थाको रुपमा खोपिको देवतालाई भाकल गर्ने तर आफुले कुनै मिहिनेत नगर्ने । एउटा भनाई छ, भाग्य छ भनेर चाल्नोमा दूध अडिन्न । विचार सिद्धान्त र देशकाल परिस्थिति अनुसार आफु अनुकुल ढाल्न सकिएन भने त्यो भाकल मात्र हो, त्यसले पूरा हुन पनि सक्छ नहुन पनि । यी विचार र कतिपय मनगढन्ते वा कतिपय आरोप पनि हुन सक्छ, यसबाट प्रभावित भएर मलाई कार्वाही वा निश्कासन गर्ने सम्मको पनि सजांय होला तर यसले के अर्थ राख्छ र ? यहांबाट निश्कासन पश्चात म कुनै पार्टी गठन गरेर अध्यक्ष बनौंला रे वा कुनै पार्टीको सदस्य बनौंला रे यसले के फरक पार्छ र ? यदि म जहां गए पनि यस्तै साधरण बिरोधको कार्यक्रम मात्र गर्छु र जनताको आयश्रोत वा जीवनपद्धतिमा कुनै परिवर्तन दिन सक्दैन भने त्यसले कुनै अर्थ राख्दैन । अहिलेसम्मको घटनक्रमले यहि बोलिरहेको छ । यो कुरा मैले यहां लेखिरहनु पर्दैन र पुस्त्याइं पनि गर्नु पर्दैन । मेरो अबको चाहाना के हो भने हामी द्वन्द्धात्मक भौतिकवादी विचारधाराका असली चेला हौ भने यी उठाइएका विषयवस्तुमा माक्र्सले भने झैं द्वन्द्ध, प्रतिवाद र संश्लेषणको सिद्धान्त अंगिकार गरिन्छ वा कार्वाहीको बाटोमा जाला । यहि मेरो कौतुहलको विषयले घोचिरहेको छ । किन भने द्वन्द्धवादको सिद्धान्त के हो भने समाज भनेको परस्पर विरोधी विचारको टकराव हो । यसैबाट एउटा राम्रो विचारको जन्म हुन्छ र समाजले गति लिन सक्छ । कुनै पनि विचार समाजमा प्रयोग नभएसम्म राम्रो वा नराम्रो छुट्टयाउन सकिने कुरा भएन । समाजमा नगएसम्म विरोधीसंग टकराव हुने कुरा भएन, टकराव नभएपछि के को द्वन्द्ध । द्वन्द्ध नभएपछि कसरी आउंछ समाजवाद ? यो संगसंगै एउटा अर्को उठाउन चाहेको विषय के हो भने हामीले बिरोधको शैली परिवर्तन गर्नु पर्ने देखिन्छ । हामीले सरकारलाई मात्र बिरोध गर्दा यसले अन्य पार्टी र हामीमा खासै परिवर्तन देखिदैन । सरकारलाई गाली गर्नु भनेको तिमी केहि सुध्रिउ मपनि सहयोग गर्छु भनजस्तै देखियो । हामीले भन्दैमा उनिहरु सुध्रिनेवाला पनि छैनन् । किन भने उनिहरु त्यसैका लागि बनेका हुन् । त्यहांबाट बाहिर गयो भने उनिहरुको राजनीति सकिन्छ । उनिहरुलाई माथिको आदेश छ, तिमीहरु हामीले भनेको कार्य गर्दैनौं भने सहयोग रोकिदिन्छौं । हो, हामीले उनिहरुलाई केहि यस्ता विषय वस्तु छन् जसले अर्थतन्त्र र जनतालाई समेत प्रभाव पार्छ । यी दलालहरुको आम्दानीको बाटो र राजनीति गर्ने आडभरोसा भनेकै विदेशी दातृ राष्ट्रको सहयोग, एनजिओ÷आइएनजिओ नै हुन् जसलाई सदाको लागि बन्द गरिदिनु पर्दछ । अर्को महत्वपूर्ण विषय के हो भने विद्युत परिचालन हो । यसलाई सहि सदुपयोग गर्न सकियो भने मात्र पनि लगभग नेपालको पचास प्रतिशत व्यापार घाटा कम हुन्छ । विद्युतलाई दुई किसिमले उपयोग गर्न सकिन्छ जुन कुलमान घिसिङ्गले परिकल्पना गरिसकेको हुनु पर्छ । घरायसी खाना पकाउने लगायतमा प्रयोग गर्दा ग्यांस आयात रोकिनेछ । त्यसैगरि यातायातको साधन सबै इलेक्ट्रिबाट चल्ने प्रयोग गरियो भने तेलको आयातमा कमि आउनेछ । यहि दुई किसिमले विद्युतको व्यवस्थापन गर्न सकेमा नेपालको अर्थतन्त्रमा सुधार आउनेछ । हामीले यस्तै महत्वपूर्ण जल्दोबल्दो विषयलाई उठाउनु पर्छ जहां उनिहरुको मुल स्रोतमा असर गर्नेछ र शत्रु पक्ष कमजोर हुनेछ । माओको भनाई अनुसार क्रान्तिअघि शत्रु पक्षलाई कमजोर बनाउनु पर्ने यहि विचारसंग मेल खान्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर