२३ आस्विन सिन्धुली,
नेकपा (क्रान्तिकारी माओवादी),देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लगायत २० दलिय एमसीसी खारेजीको संघर्षको कार्यक्रम अन्तरगत सिन्धुली जिल्लामा मिती २०७७ असोज २३ गते सिन्धुली जिल्ला सदरमुकाम सिन्धुलीमाढी कमलामाई नगरपालिकाको लोकतान्त्रिक चौतारीमा दिउँसो ३ बजे विरोधस्वरुप कोणसभा सम्पन्न भएको छ ।

उक्त कोणसभालाई संबोधन देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रिय सदस्य भरत बुर्जा मगरले गर्नु भएको थियो । एमसीसी इन्डोप्यासिफीक सैनिक रणनितीसित जोडिएको, आर्थिक रुपमा अमेरिकाको एकाधिकार भएको, त्यसको प्रयोगमा नेपालको कुनै अधिकार नभएको, त्यसको के, कति, कहाँ ? भन्ने सोधपुछ गर्न नपाउने, त्यसको लेखा परिक्षण नेपालले गर्न नपाउने जहाँ नेपालले १३ करोड डलर थप्नु पर्दछ, त्यसको संरक्षण गर्न अमेरिकी सुरक्षा कर्र्मी ल्याउनु पर्ने, त्यस सम्पतिको अधिकार अमेरिकाको हुने, कामदार अमेरिकाबाट ल्याउने र त्यसको विधान र नेपालको संविधानमा कुरा बाझेमा नेपालको संविधान स्वत निष्कृय हुने जस्ता राष्ट्र«घाती नकरात्मक बूँदाहरु भरिएकोले त्यसबाट नेपाललाई ५५ अरब नेपाली रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भनिए पनि एमसीसी परियोजना लागु भएमा नेपालमा अमेरिकी सेनाले टेकेर चीनमा हमला गरी नेपाल रणभुमि बन्ने खतरा प्रवल भएकोले नेपालले असंलग्न परराष्ट्र नीति अवलम्वन गर्दै आएको हुनाले शुरु देखि नै हाम्रो गौरवशाली नेपाल कम्युनिष्ट पार्टी (क्रन्तिकारी माओवादी) र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले त्यसको विरोधमा संघर्ष गदै आएको जानकारी सम्पूर्ण नेपाली जनसमुदायमा जगजाहेर छ, त्यसैले अहिले २० दलिय संघर्ष समिति मार्फत यो कार्यक्रम सम्पन्न हुन लागेको र नेपालको ७१ स्थानमा भारतले सीमा अतिक्रमण गर्दै आएकोमा वि.स.२०७६ सालमा नेपालको लिपुलेक देखि लिन्पियाधुरा सम्म ३७२ वर्ग किलोमिटर जमिन भारतको नक्सामा पार्दा त्यसको विरोधमा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले संघर्ष गर्दै आउँदा नेपालका अन्य पार्टीहरु र नेपाल सरकारले बाध्य भै नक्सा समेत निकालेता पनि त्यो जमिन फिर्ता लिन सकेको छैन, त्यो फिर्ता लिन सरकारलाक्षर्् दवाव दिनका लागि २० दलले संयुक्त कार्यक्रम राखेको जानकारी दिनु भयो । राष्ट्रियता, जनतन्त्र, जनजिविका, भ्रष्टाचार, महंगी, कालाबजारी र कोभिड—१९ को बारेमा बोल्नु भएको थियो । उक्त कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल सिन्धुली जिल्ला अध्यक्ष ढक प्रसाद देवकोटाले उद्घोषण गर्नु भएको र नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज जीवन र सेक्रेटरी सुबर्णको उपस्थिति भएका थिए । उक्त कार्यक्रममा जनताहरुले सहभागिता उललेख्य थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर