आस्विन १८ काठमान्डौ,
कोभिड– १९को संक्रमणको महामारी भन्दै सरकार लकडाउन र निषेधाज्ञा जारी गरी देश बन्द गर्ने, उत्ता शैक्षिक माफियाहरु जनताका छोरा छोरीहरुलाई लकडाउनको अवधि भन्र्दै अनलाइन’ शिक्षाको थालनी गर्दै फी तीर्न विद्यार्थीहरुलाई ‘धम्कीपूर्ण’भाषामा शुल्क बुझाउन भन्दै फरमान जारि गरिरहेका छन् । शिक्षा क्षेत्रलाई व्यापारिकरणको नामर्मा पैसा’सँग तौलनी कहिलेसम्म होला ? गम्भीर प्रश्न छ ।
यसै सन्दर्भमा अखिल (क्रान्तिकारी)ले कोभिड– १९को संक्रमणको नाममा टेक्सास कलेज, मित्रपार्क, काठमान्डौमा आज सांकेतिक विरोध कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । उक्त कार्यक्रमको संचालन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हिक्मत महराले गरेका थिए भने कार्यक्रमलाई सम्वोधन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यहरु क्रमसः खेमराज पोखरेल र रमेश खनालले गरेका थिए ।
विरोध कार्यक्रम नारा जुलुसका साथ थालनी गर्दै सम्वोधन पछि पुनः नारा जुलुस गर्दै समापन गरीएको थियो । अखिल (क्रान्तिकारी)ले आज टेक्सास कलेजबाट कोभिड –१९को मार खेपेर बसिरहेका जनताका छोराछोरीहरुलाई शुल्कको नाममा ताकेता नगर्न खवरदारी गरेको छ । अझै कलेजहरुले यस्ता हरकत गरे अखिल (क्रान्तिकारी) चुप लागेर नवस्ने र कडा कारवाहीमा उत्रने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर