हार्दिक समबेदना

प्रकाशित मिति : २०७७ आश्विन ११

नेपाली कम्युनिस्ट आन्दोलनका अग्रज, नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सल्लाहकार समितिका सदस्य तथा चितवन कम्युनिस्ट पार्र्टीका संस्थापक नेता जगतबहादुर श्रेष्ठको गत अशोज ७ गते आफ्नै निवास चितवनमा भएको दुखद निधनको खबरले हामी सबै अत्यन्त दुखित भएका छौ । क. जगतबहादुर श्रेष्ठ गत भदौ महिनाको अन्ततिर आफ्नै निवासमा लडेर टाउकोमा गम्भीर चोट लागेकोले चितवन मेडिकल कलेजको प्रारम्भिक उपचार पछि आफ्नै निवासमा स्वःउपचारमा रहनु भएको थियो । आफ्नै निवासमा रही स्वःउपचारकै क्रममा वहाँको दुखद निधन भयो । वहाँको निधनबाट नेपालको कम्युनिस्ट अन्दोलनले एउटा इमान्दार र सिद्धान्तनिष्ठ कम्युनिस्ट योद्धा गुमाएको छ भने नेकपा (क्रान्तिकारी माओवादी) ले कम्युनिस्ट दर्शन, सिद्धान्त र विचारप्रति सदा अटल र समर्पित रहेका आफ्नो पार्र्टीको एउटा अग्रज अबिभाबक गुमाएको छ । हामी स्व. क. जगतबहादुर श्रेष्ठ प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै वहाँको शोक सन्तप्त परिवारप्रति गहिरो समबेदना प्रकट गर्दछौ ।
प्रा. डा.प्रा। डा. ओम गुरुङ,
अध्यक्ष, नेकपा (क्रान्तिकरी मओवादी)
केन्द्रीय सल्लाह्कार समिति
२०७७.०६.१०