जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्चको संगठन विस्तार अभियान तीव्र, असोज १७ गते केन्द्रीय प्रशिक्षण

प्रकाशित मिति : २०७७ आश्विन १०


आस्विन १० काठमान्डौ,
जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्चले संगठन विस्तार अभियान तीव्र बनाएको छ । संगठन विस्तार अभियान अन्तरगत आज जोरपाटीमा सम्पर्क मञ्चको संयुक्त जिल्ला भेला सम्पन्न भएको छ । भेलाले मोरङमा केशव खड्का, संखुवासभामा प्रकाश कार्र्की र बाँकेमा चन्द्र बहादुर खड्कालाई संयोजक तोकेको छ । यसै गरि भरत लामिछाने (सर्लाही) र मनोज परियार (काभ्रे) को जिम्मेवारी आगामी बैठकले तय गर्ने निर्णय गरिएको छ ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव वसन्त बोगटीको प्रमुख आतिथ्य एवं मञ्चका केन्द्रीय संयोजक विष्णु खड्का, २ नम्बर प्रदेश संयोजक चन्देश्वर पण्डित, ३ नम्बर प्रदेश संयोजक अर्जुन बोगटी, ४ नम्बर प्रदेश संयोजक नविन बुढाथोकी र सम्पर्क मञ्चका केन्द्रीय सदस्य प्रेम बुढाथोकीको आतिथ्य रहेको थियो । रमेश बुढाथोकीले अध्यक्षता गरेको कार्यक्रमलाई मञ्चका १ नम्बर प्रदेश संयोजक गणेश घिमिरेले सञ्चालन गरेका थिए ।
यो सँगै मञ्चले असोज १७ गते काठमाडौ मा केन्द्रीय प्रशिक्षणको आयोजना गरेको छ । जिल्ला जनगणतान्त्रिक सम्पर्क मञ्चले यहीँ असोज ४ गते एमसिसि खारेज गर भन्दै माइतीघर मण्डलामा सशक्त विरोध प्रदर्शन तथा विरोध सभा सम्पन्न गरेको थियो ।