सम्झनाको सम्झनामा

प्रकाशित मिति : २०७७ आश्विन १०

- इन्दीरा अधिकारी (सुनाखरी)

सरकार !
लाखौं लाख !
निर्मलाहरु,
अंगिराहरु,
सम्झनाहरु र ,
अनेकौं नमिता र सुनिताहरु !
यो !
देशको माटोमा !
लज्जित भएर ,
बलात्कृत भएर ,
नरभक्क्षी राक्षस ,पशुहरुको शिकार हुनैपर्ने हो ?
सुरक्षित र स्वतन्त्रताका साथ हिड्न , हुर्किन पाउने अधिकार छैन ?
ए !
शासक हो !
किन बोल्दैनौ ?
किन सुन्दैनौ ?
किन देख्दैनौ ?
यी !
कलिला ,
अबोध मुनाहरुको चीत्कार !
रगतका भेल सरि निस्किएका आँसु !
चिथोरिएर ,
लुछिएर ,
चिमोटिएर ,
लुटिएर फ्याकिएका मृत शरीरहरु !
भ्रष्ट ,
तस्कर ,
गुन्डा ,
बलात्कार र माफियाहरुका नाइकेहरु हो !
यो !
अदालत ,
प्रशासन ,
संघसंस्था र
यी मन्दिरहरु बधशाला हुन ?
कि !
खान ,
लाउन ,
बस्न ,
स्वास्थ र शिक्षाको आवश्यकता पूरा गर्न !
स्वतन्त्र र सुरक्षित रहन !
राष्ट्रपति ,
प्रधानमन्त्री ,
प्रधानन्यायाधीस ,
प्रशासक प्रमुखकै छोराछोरी भएर जन्म लिनुपर्ने हो सरकार ?
यदि !
हो, भने !
प्रत्येक !
असाहय , उत्पीडित वर्गका निर्धन आमाहरु राष्ट्रपति बनाइदेउ सरकार !
उनीहरुले !
सबै सबै नेपाली मनहरुलाई समानता प्रदान गर्ने !
अदालत ,
शिक्षालय ,
स्वास्थ्यलय ,
न्यायालय र प्रशासन निर्माण गर्नेछन !
दोषीलाई कडा कार्वाही !
बलात्कारीलाई सार्वजनिक स्थानमा फासी दिनेछन !
सरकार !
अनि !
पो !
अपराधिक गतिविधि !
छुवाछूत !
भेदभाव !
हत्या !
हिंसा र बलात्कार रोकिने छ सरकार !
कलिला मुनाहरुको मुहारमा मुस्कान छरिनेछ सरकार !
(बलात्कृत भएर हत्या गरिएकी सम्झना कामीको सम्झनामा)