साँकृतिक क्रान्ति ६

प्रकाशित मिति : २०७७ आश्विन ८

- –राम बहादुर बुढा‘राजन’


प्रलयकालमा जल, थल, वायु, तेज, आकाश पञ्चमहाभुत आदि सृष्टिको अस्थित्व थिएन र अभाव ग्रस्त असत सृष्टिको अस्थित्व पनि थिएन । त्यसबेला भूलोक, आकाश र आकाश आदि भन्दा परको लोक पनि थिएन । सबैलाई ढाक्ने ब्रम्हाण्ड पनि थिएन । कसको स्थान कहाँ थियो ? र कसको के काम भन्ने कुराको पनि तारतम्मे मिलेको थिएन । प्रलयका क्रमममा सूर्यको टुक्रा खसेर आएको पृथ्वी विस्तारै सेलाउँदै जाँदा क्रमशः जल, जमिन, वायु, आकाश छुट्टीयो । अनि विस्तारै पानीमा एक एल्गी जातको वनस्पतीको विकास भयो । विस्तारै त्यो एल्गीबाट विभिन्न प्रकारका जलचरहरूको विकास हुँदै गयो । केही भ्यागुत्ता जस्ता प्राणीहरू पानीबाट वाहीर बस्ने अभ्यास गर्दागर्दै उनीहरूमा फोक्सोका विकास भई उनीहरू जल र जमिन दुवै ठाउँमा आवश्यकतानुसार बस्न सक्ने भए । अनि तिनै प्रणीहरूबाट थलचरहरूको विकास भयो । अनि थलचरहरू पनि केहीका प्वाँखहरू आए र उनीहरू उड्ने कल्पना अनि अभ्यास थाले । उनीहरूको शरिमा प्वाखका साथै हावाको थैलीको विकास भयो अनि उनीहरू हावामा उड्न थाले । अण्डा पार्ने र अण्डाबाट बच्चा जन्माउने पद्दतिको विकास भयो भने केही हवामा उडेता पनि दुध चुसाउने जाति चमेरा जस्ता म्यामलहरू पनि भए । जनावरहरू ठुलाठुला डाइनोसरमा विकसित भए र संसारका सबै अन्य प्राणीहरूलाई मारेर खान थाले । उनीहरूका डरमा आकासका चरा प्रजातिहरू पनि डराउने र केही खरायो मुसा जस्ता थुप्रै प्रजातीहरू डाईनोसरका डरकाकारण जमिनमुनी सुरुङ्ग भित्र बस्ने गर्न थाले । डाइनोसरको त्यो दवदवा पनि एउटा उल्का खसेपछि सकियो र चराहरूको नाश भयो तर जमिनमुनी गहिरो सुरुङ्गभित्र बस्ने ति मुसा प्रजातीका केही जनावरहरू मात्र बाँच्न सफल भए । ति प्राणीहरूबाट नै पछिल्लो संरचनामा प्राणीको विकास भएको हो । अन्ततः बाँदर प्रजातीका ढेडुहरूको विकासबाट मानव बनेको हो । (भौतिकवादी विश्लेषण)
संसारको रचना इश्वरले गर्नु भयो । उहाँले सुन्दर हिमाल, पहाडहरू, रुखहरू, नदिहरू र समुद्र आदि बनाउनु भयो । त्यस पछि चराहरू र जनावरहरू माछाहरू आदि पनि बनाउनु भयो । तर उहाँलाई एक्लो पनको अन्त्य भएन अन्ततः इश्वरले मानिस पनि बनाउनु भयो जो उहाँले आफ्नो जस्तै स्वरुपमा बनाउनुभयो । आफुसँग कुरा गर्ने बनाउनु भयो, पुरुष बनाउनु भयो अनि पुरुषको अंगबाट महिला बनाउनु भयो । आज त्यही इश्वर विभिन्न अवतारमा संसारमा आउनु हुन्छ र संसारलाई बचाएर राख्नु हुन्छ । विशेष गरि मानव अवतारमा इश्वर सधै सबैको मन मनमा बस्नु हुन्छ । परम प्रभूको रुपमा पृथ्वीको कणकणमा बस्नुहुन्छ । थुप्का थुम्का र ढुङ्गाढुङ्गाहरूमा अनि रुखहरूमा पनि देवताको रुपमा इश्वर हुनुहुन्छ । उहाँको चहानामा यो संसार चलेको छ । उहाँले मान्छेलाई जन्म दिनुहुन्छ अनि मृत्यु पनि उहाँले नै दिनुहुन्छ । सुख दिनुहुन्छ अनि दुःख पनि उहाँले नै दिनु हुन्छ । उहाँले पछिल्लो समयमा मान्छेहरू धेरै भईसकेपछि विभिन्न जातजाती पनि बनाउनु भएको हो भन्ने मान्यता पाईन्छ । कतै इश्वरको वगैचामा अदाम नामको मानिस बनाएर छोड्नु भएछ । त्यस पछि त्यो अदाम नामको मानिस एक्लै भएर छटपटाएको देखेपछि ईश्वरले त्यसको देब्रे करंगबाट महिला बनाउनु भएपछि मानव सृष्टि भएको हो भन्ने भनाई आदि आध्यात्मवादीहरूले भन्ने गरेका छन् । तसर्थः सबै समस्या पनि इश्वर हो । समाधान पनि ईश्वर हो समाधानको मार्ग पनि ईश्वरमा छ मानिसको हातमा केही पनि छैन । त्यो पूर्व जन्म वा भाग्यको लेखा हो जे भोग्नु वा गर्नु पर्ने छ त्यो गरेरै वा भोगेरै जानुपर्छ । इश्वरको निर्णय र इच्छालाई कुल्चीनु महापाप हो जे हुन्छ हुन देउ, जे घटना घट्छ घट्न देउ । ईश्वरको इच्छाले मानिस स्वर्गलाक, मत्र्यलोक, पाताललोक पुग्दछ त्यसमा केही कुरा तिम्रा हातमा छैनन् । ईश्वरको आज्ञा पालनद्वारा नै प्राणीजगतको कल्याण सम्भव हुन्छ ।(अधिभूतवादी विश्लेषण)
माथिको कुराबाट समाज अधिभूतवादी र भौतिकवादी दुईवटा मान्यताबाट अगाडी बढेको देखिन्छ । अधिभूतवादले पञ्चतत्वलाई मान्दछ, बम्हाण्ड(सौर्यमण्डल) लाई मान्दछ र भौतिकवादले पनि पञ्च तत्वलाई मान्दछ, ब्रम्हाण्ड(सौर्यमण्डल)लाई मान्दछ । विज्ञानले प्रमाणित गर्दछ र आध्यात्मले कति कुरा अनुमान मात्र गर्दछ । प्लेन आकाशमा उड्छ भन्ने कुरा आध्यात्मवादीहरुले मान्छन भन्ने कुरा पुष्प विमानले प्रमाािणत गर्दछ । आध्यात्मले तत्वको सुक्ष्म रुप ईश्वर हो र प्राणको सुक्ष्म रुप आत्मा हो, अर्काको आत्माको कदर गर्ने भन्ने अर्थमा परआत्मा बाट अपभ्रम्स भई परमात्मालाई मान्य कुरा भन्छ भने यता विज्ञानले तत्वको सुक्ष्म रुप प्रमाणु हो र शरिरको सुक्ष्म रुप चेतना हो भन्छ । सुपरनेचुरल कुरा नै भगवानका आश्चर्य कर्म हुन, अकाशबाणी व्यक्तिको आत्मीक शक्ति हो, यो पुनरजन्म हुन्छ भन्ने कुरा आध्यात्मले भन्छ यता विज्ञानले सुपर नेचुरल कुरा आकाशवाणी हुन यी सौर्यमण्डलमा घुमीरहन्छन् । यनीहरू जीवीत वा मरेका व्यक्तिका चेतना अर्को जीवीत व्यक्तिसम्म आइपुगी हुने प्रतिक्रियाहरू सुपर नेचुरल कुरा हुन र जव आकाशबाणीको नयाँ व्यक्तिसँगको क्रियाप्रतिक्रिया हुन्छ त्यो बेलामा उसको दिमाग र शरिरले नयाँ र उसको जीवनमा नभोगेको कुरा गर्ने र भन्ने गर्दछ । यसैलाई पुनरजन्म भन्न मिल्दैन भनेर विज्ञानले भन्ने गरेको छ । किनकी तपाइले तपाईको क्यासेट प्लयरमा जस्तो गीत अपलोड गर्नुहुन्छ त्यस्तै गीत बज्ने हो । शरिर पनि वायो केमिकल इन्जीन नै हो । कम्प्युटरमा जस्तो कुरा तपाईले लोड गर्नु हुन्छ त्यस्तै कुरा रहन्छ । कम्युटरमा भएको ¥याम र रोम मानव मस्तिस्क भित्रको ¥याम र रोमको नक्कल हो । यहि कुरा फरक छ कम्प्युटर विद्युतिय यन्त्र हो भने मानव शरिर वायो केमिकल यन्त्र हो । मानव शरिरले वायोलोजिकल कुराहरूको एक्सीस र स्टोर गर्दछ भने कम्युटरले डिजिटल कुराहरूको एक्सीस वा लोड गर्दछ । यही ब्रम्हाण्डमा भएका कुराहरूको नक्कल हुने भएको हुनाले केही मानिसहरू यसलाई कहिल्यै नभेटिने इश्वरीय शक्ति भन्न थाले भने केही मानिसहरू यसलाई डिभाईसमा ढालेर आविस्कार गर्दै मानव संसाधनको विकास गर्न थाले । जब आकाश बाणीको कुरा गर्दा केही मानिसहरू आकाशबाणी महाऋषिहरूमा मात्र हुने इश्वरीय बरदान हो भन्न थाले भने अर्का महापुरुषहरूले आविश्कारको रुपमा विकास गरेर त्यसलाई विद्युतिय यन्त्र बनाउँदै फोन मोवाईल र इमेल इन्टरनेटमा विकास गरिदिए ।
विज्ञानले तत्व ज्ञानका बारेमा अध्ययन गर्दछ । त्यो अधिभूतवाद त यथास्थितिवाद वा आत्मसमर्पणवाद नै हो । यसमा आधारीत सबै ग्रन्थहरू छल, कपट र झुटका दस्तावेज नै हुन वा अनुमानको भरमा गरिएका मनगडन्ते ब्याख्या कथा किवदन्तीमा आधारीत १० वटा वाघको कथा जस्तो सभ्यताले समाजको कुनै पनि विकास सम्भव छैन । जसले प्रकृतिको निरन्तर परिवर्तनको नियमलाई नै नकारेर मानव जातीलाई नै नकाम पार्ने कार्य रिरहेको छ । लोक कल्याणका लागि सत्य र न्याय नै मूल मान्यताहरू हुन । अर्कोतिर विज्ञानवादीहरू प्रकृतिमाथि विजय गर्न चहान्छन त्यो पनि असंभव कुरा हो । यो इच्छाबाट अलि धेरै उद्देलित भएको कारणले यहाँ विभिन्न खालका असन्तुलित ढंगले भएका अविश्कारहरूले मानव अस्थित्व माथि दिनानु दिन प्रहार भइरहेको छ । बनजंगलहरू, बन्यजन्तु आदिको विनाश भएको छ । कति जनावरहरू लोप भएको स्थिति छ । जसको कारण प्राकृतिक प्रकोप पढेका छन् । हातहतियार र विश्फोटक पदार्थहरूको विकासका कारण मानव अस्थित्व माथि नै ठूलो प्रहार भएको छ । अव्यवस्थित ढंगले संचालित उद्योग धन्दा र कलकारखानका कारण वातावरण प्रदुशन बढेकाले मानव जनजीवनमा आघात असर परेको छ ।
असंभव कुरा हो प्रकृति माथि विजय गर्ने कुरा । प्रकृतिको अदभुत सुन्दरता र क्षमतासँग मितेरी गाँसेर सन्तुलित व्यवहार गरे मात्र मानव अस्थित्व वरकरार रहने देखिन्छ । प्राकृतिक सत्यलाई वङ्गयाएर गर्ने कुनै पनि कार्यहरूले मानवीय अस्थित्वलाई बचाएर राख्न सक्दैन । मानव जातीको हितकै खातिर आध्यात्म दर्शनहरू पनि लेखिएका छन् भने लोक कल्याणमा आधारीत भएरै भौतिकवादी दर्शनहरूको पनि विकास भएको छ । यसकारण आध्यात्मवादी र भौतिकवादी दर्शनमा एकाध भ्रम बाहेक सबै कुरा एकै जस्तो देखिदा देखिदै पनि यी दुई विचमा संसारमा ठुलो विवाद देखिनुको कारण ति एकाध भ्रमहरू नै हुन । ति भ्रम मुक्त हुनका लागि भौतिकवादी र आध्यात्मवादीहरूको विचको दुरि घटाउँदै जान र एक अर्काका कुरा प्रमाणबद्ध गरि देखाउन जरुरी छ ।
संसारमा माक्सवादको विकास भयो जसले अधिभुतवाद भित्र भएको अन्धविश्वास, रुडीवाद, यथास्थितिवादको मात्र टिप्पणी गरेको छैन मान्छेले मान्छे माथि गरिरहेको बरबर पाशविक व्यवहारको वैज्ञानीक समाधान पनि दिएको छ । समाजमा विद्यमान छलकपट, झुटमुटका सबै दस्तावेजहरूको दहन गर्दै पनि आएको छ । अत्याचारका दस्तावेज मात्र जलाएको हैन अत्याचारीहरूलाई रुपान्तरणको भरपुर अभ्यास पनि गरेको छ नभए समसानघाटमा पु¥याउँदै आएको पनि छ । माक्सवादीहरूले जुन त्याग, तपस्या र बलिदान गरेर संसार बचाएका छन् त्यो कुनै पनि दर्शन शास्त्रिहरूले गरेका छैनन् । यो ऐतिहासिक र प्रेरणापूर्ण कार्यलाई आत्म साथ गर्न जरुरी छ । समाज रुपमान्तरणको लागि साँस्कृतिक रुपान्तरण अपरिहार्य देखिन्छ । त्यसकारण संसार बचाउन चहानेहरू हो एक पटक आफ्ना गरेका कार्यहरूलाई पुनरावलोकन गरि सुद्धिकरणमा जान जरुरी छ ।