नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी) पश्चिम ब्यूरो संयोजक क. रामसिंह श्रीषद्धारा क. थानीको निधनमा श्रद्धान्जली व्यक्त

नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी) पश्चिम ब्यूरो संयोजक क. रामसिंह श्रीषद्धारा क. थानीको निधनमा श्रद्धान्जली व्यक्त


२९ भाद्र काठमाडौं, 
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)कर्णाली प्रदेश सदस्य, इच्छुक साँस्कृतिक प्रतिष्ठानकी कार्यसमिति सदस्य, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रीय सहसचिव, अखिल नेपाल जनसाँस्कृतिक महासंघ केन्द्रीय सचिवालय सदस्य समेत रहेकी नेतृ चन्द्रा थानीको हिजो आइतवार २८गते असामयिक निधन भएको छ ।
नेपाल कम्युनिस्ट पार्र्टी (क्रान्तिकारी माओवादी) पश्चिम ब्यूरो संयोजक क. रामसिंह श्रीषद्धारा जारी गरिएको श्रद्धाञ्जली वक्तव्यमा क. चन्द्राको क्रान्तिप्रतिको प्रतिबद्धता सदैव संगठनको लागि प्रेरणाको श्रोत रहने उल्लेख गरिएको छ र भनिएको छ, “शोकको यस घडीमा कमरेड चन्द्राप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त उहाँका जिवनसाथी क. चक्रपाणी शर्मा लगायत परिवारजन एवं पार्टी संगठनका सबै सदस्यहरुमा समवेदना व्यक्त गर्दछौं । क.थानीको निधनले सिङ्गो क्रान्तिकारी आन्दोलनमा अपुरणीय क्षति पुगेको छ ।”
२०१७ साल चैत्र १६ गते जन्मनु भएकी कमरेड चन्द्रा थानी पित्त थैलीको पत्थरीको शल्यक्रियाका लागि मेडिसिटी अस्पतालमा भदौं १७ गते भर्ना हुनु भएको थियो । शल्यक्रियापछि उपचारको क्रममा उहाँको आइतबार चार बजेर १५ मिनेट जाँदा निधन भएको थियो ।