काठमाडौं । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय सहसचिव समेत रहेकी नेतृ क.चन्द्रा थानीको असामयिक निधनले संगठनलाई स्तब्ध बनाएको भन्दै अनमेसंघ (क्रान्तिकारी)ले क.थानीको निधनले सिङ्गो क्रान्तिकारी महिला मुक्ति आन्दोलनमा अपुरणीय क्षति पुगेको जनाएको छ । संगठनकी केन्द्रीय अध्यक्ष अम्बिका मुडभरीद्वारा आइतबार साँझ जारी गरिएको श्रद्धाञ्जली वक्तव्यमा क. चन्द्राको सरल जीवनशैली र क्रान्तिप्रतिको प्रतिबद्धता सदैव संगठनको लागि प्रेरणाको श्रोत रहने उल्लेख गरिएको छ र भनिएको छ, “शोकको यस घडीमा कमरेड चन्द्राप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त उहाँका जिवनसाथी क. चक्रपाणी शर्मा लगायत परिवारजन एवं पार्टी संगठनका सबै सदस्यहरुमा समवेदना व्यक्त गर्दछौं ।”
२०१७ साल चैत्र १६ गते जन्मनु भएकी कमरेड चन्द्रा थानी पित्त थैलीको शल्यक्रियाका लागि मेडिसिटी अस्पतालमा २०७७ भदौ १७ गते भर्ना हुनु भएको थियो । उपचारको क्रममा आज २०७७ भाद्र २८ गते दिउँसो ४ः१५ मा उहाँको निधन भएको छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीसहित अन्त्यष्टी गरिएको छ ।





























