
काठमाडौं । विगत लामो समय देखि स्वतन्त्र रूपमा उत्पीडित जनताको पक्षमा संघर्ष गर्दै आउनु भएका मजदुर नेता कविराज यात्री नेकपा (क्रान्तिकारी माओवादी) मा ध्रुवीकृत हुनु भएको छ ।
आइतबार एक कार्यक्रमका बिच नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य दिनेश शर्मा सागरले उहाँलाई पार्टीमा स्वागत गर्नु भयो । पीवीएम सागरले उहाँलाई पार्टीमा स्वागत गर्दै अहिले दलाल प्रतिक्रियावादी संसदवादी गुट मुलतः उत्पीडित जनताको आवाज र अधिकार लाई घोषित र अघोषित प्रतिबन्ध लगाउदै राष्ट्रघात, जनघात र भ्रष्टाचारमा लिप्त भएको भन्दै सम्पुर्ण देशभक्त क्रान्तिकारीहरुलाई क्रान्तिकारी ध्रुवीकरणको प्रक्रियामा सहभागी हुन अपिल समेत गर्नु भएको थियो ।

कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियनका अध्यक्ष ईश्वर तिमिल्सिना, महासचिव वसन्त बोगटी, पार्टीका जाजरकोट, सल्यान र पश्चिम रुकुम ईन्चार्ज प्रकाश उर्जा र ललितपुर जिल्ला इन्चार्ज गोविन्दको उपस्थिति रहेको थियो ।






























