कोरोनाबारे भ्रम र यथार्थ !

कोरोनाबारे भ्रम र यथार्थ !

१.
चिनको हुवेई प्रान्तको वुहान शहरमा रुघाखोकीसहित सरुवा प्रकृतिको रोग देखापरेको कुरा प्रचारमा आयो । सन २०१९ को डिसेम्बर महिनाको अन्त्यतिर देखा परेको भनिएको सो रोग तीव्र गतिमा फैलने त्रास र प्रक्षेपणले चीन लगायत विश्वका धेरै देश्हरुमा नौलो तरंग सृजना हुन पुग्यो । सन २०२० को प्रारम्भ संगै यसका बारेमा विश्व स्वास्थ्य संगठन मार्फत यो भाइरस विश्वव्यापी महामारी पैदा गर्ने स्वरुपको भएकोले यसबारे सजगता, सतर्कता, बचाउ र नियन्त्रणका लागि कदम स्वरूप केहि प्रोटोकल निर्धारण गरिएको प्रचारमा आए । जस अनुसार रोगको मारक क्षमता, संक्रामक दर र गतिको आधारमा कुनै नयाँ भाइरस पत्ता लागेमा, त्यसको सामर्थ्य अन्य सरुवा रोग भन्दा गुणात्मक भएमा महामारी घोषणा गर्ने नीति अनुसार यसलाई विश्व महामारीको घोषणासहित त्यसको नियन्त्रणका लागि रोग विस्तार हुने स्थितिलाई रोक्न सुरक्षा, नियन्त्रण र रोकथाम सम्बन्धि विधि निर्धारण भएको चर्चामा आयो । जसमा भौतिक दुरि, सामुदायिक दुरि कायम गर्दै संक्रमितलाई सामाजिक सम्पर्क बाट अलग राखेर यसको फैलावटलाई रोक्न सकिने भन्ने चिनियाँ (वुहान) प्रयोग र अनुभवलाई स्थापित मान्यताको रूपमा सबैले अनुशरण गर्नु उपयुक्त हुने भन्ने कुरा चर्चामा ल्याईयो ।

चिनको वुहान कोरोना महामारीको उद्गम र विस्तारको केन्द्रको रूपमा विश्वभर चर्चाको शिखर बाट केहि तल ओरालो लाग्ने क्रम शुरु हुँदा नहुँदै यो संक्रमण युरोप तिर प्रवेश गरेको प्रचारमा आयो । मुख्यतः इटली र स्पेन विश्वका त्रासदीयुक्त देशका रूपमा अगाडि आए । यी देशका मृत्यु र त्रासदीका समाचारले नेपाल लगायत विश्वको ध्यान केन्द्रित ग¥यो । स्पेन की राजकुमारी (८६ वर्षीया) को मृत्यु लगायत कयौं सेलिव्रेटिसम्मको मृत्युको समाचारले संसारलाई भावुक बनाउने प्रयत्न ग¥यो ।

युरोपका अरु कयौं देशको भ्रमण गर्दै कोरोना भाइरस क्रमशः उत्तर र दक्षिण अमेरिका हुँदै अफ्रिकाका केहि मुलुकहरूमा चिहाउन पुग्यो । यसको गति त्यहि मात्रै सिमित नरहि साइवेरियाको चिसो आनन्द लिंदै रसिया सम्म फैलदै अन्ततः भारत, बंगलादेश हुँदै नेपाल सम्मका करोडौं मानिसमा संक्रमण भएको कुरा सुचित भैसकेको छ । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा झन्डै ४० लाख संक्रमित हुँदा यता छिमेकी मुलुक भारतमा त्यो भन्दा धेरैमा संक्रमण भएको चर्चा चलि रहेको छ । यो रिपोर्ट तयार हुँदै गर्दा नेपालमा झन्डै ५० हजार संक्रमित र २०० को संख्यामा मृतक बारे समाचार सार्वजनिक भएका छन । यसरी सर्सती बाहिर सार्वजनिक भएका सूचना हरुका आधारमा यो विश्वव्यापी महामारी कै स्वरूप देखिन्छ ।

कोरोना भाइरस संक्रमण भई उपचाररत अवस्थामा मृत्युवरण भएकाहरूको बाहिर प्रचारमा आए झै बुझ्ने हो भने स्पेनमा ७५%, इटालीमा ६५%, अमेरिकामा ४५%, चीनमा ३.५ % को आंकडा प्रस्तुत हुनुले यो मारक क्षमता भएको नयाँ भाइरस प्रतित हुनु स्वभाविक छ ।

२.
कोरोना संक्रमण र मृत्युका सन्दर्भमा विश्वका यस्ता देशहरु पनि छन् जहाँ यसले प्रवेश पाएकै छैन र यदि पाएको भए पनि बिना कुनै आतंक सामान्यतः यो प्रकरण समाप्त भएको छ । एसियायी मुलुकहरू मुख्यतः उत्तर कोरिया, भुटान, बर्मा आदि यसका दृष्टान्त हुन जहाँ कुनै पनि त्रास र आतंकको परिस्थिति सृजना नभई कोरोना ठेगान लागेको छ भने दक्षिण कोरिया, जापान र यसको उद्गम भनिएको स्वयं चिनका ९९.३५ आवादिमा यसको कुनै प्रभाव र संक्रमण फैलिएको चर्चा खासै छैन ।

यसैगरी दक्षिण अमेरिकी धेरै मुलुकहरु संक्रमण र मृत्युको समाचार चर्चामा छैनन भने त्यहाँका जनतामा यसबारे चासो र चिन्ता समेत नभएको देखिन्छ ।
त्यस्तै अफ्रिकाका धेरै जसो मुलुकहरुमा अपवाद बाहेक यसको प्रभाव र त्रासदीको कुनै समाचार सार्वजनिक भएको देखिदैन भने अफ्रिकी मुलुक तान्जानियाका राष्ट्रपति डा. जोहन म्यागफुलि (जो केमेष्ट्रीका विद्यावारिधि समेत हुन) ले गाडीको तेलको स्याम्पलमा मानिसको नाम राखेर परिक्षण गर्न पठाउँदा नतिजा कोरोना पोजेटिभ आएको कुरा सार्वजनिक मन्तव्यमा व्यक्त गरेका छन । त्यसै गरि भेडा, बाख्रा र कुकुर हरुको स्वाव समेत परिक्षणमा पठाउदा कुकुर र बाख्राहरुमा समेत कोरोना पोजेटिभ देखिएको कारण यो भाइरस र यसको परिक्षण विधिमा गम्भीर प्रश्न मात्रै खडा गरेको छैन यसको जालसाजी पुर्ण षड्यन्त्रको भण्डाफोर समेत गरेको छ ।

कोरोना भाइरसको मारक क्षमताबारे गरिएका पुर्वानुमान मात्रै होईन यसको कारणबाट मृत्युवरण गरेका भनेर पुर्व प्रचारित संख्यामा समेत व्यापक अन्तर सहितका विवरण हरु सार्वजनिक हुँदै छन् । जस्तो कि अमेरिकामा श्रावणतिर भनिएको २ लाख भन्दा धेरैको अंक भाद्रमा आउदा सच्याईएको सूचना सार्वजनिक भएको छ र भनिएको मध्य केवल ९र१०५ मात्रै कोरोनाको कारणले मृत्यु भएको प्रचार गर्न थालिएको छ । नेपाल कै कुरा गर्ने हो भने २०० को संख्यामा मृतक सार्वजनिक भई रहदा हाल (भाद्रको दोस्रो हप्ता) १० जना मात्रै कोरोनाको कारण मृत्यु भएको कुरा सरकारी सूचनालाई हवला दिदै सार्वजनिक खबर बाहिर ल्याइएको छ । यो आंकडा नेपाल मा मात्रै नभएर विश्वका धेरै देशहरुमा बाहिर आउने क्रम निरन्तर जारी छ । यहाँ बुझ्नुपर्ने कुरा के छ भने कोरोना आफैमा धेरै मारक क्षमता भएको भाइरस नभएर अन्य असाध्य रोगले जटिल अवस्थामा पुगेका बिरामी हरुलाई समस्या सृजना गर्न सक्ने भन्ने अर्थमा बुझ्दा र विश्लेषण गर्दा उपचाररत रोगी कुन कारणले मरेको हो भनेर निष्कर्ष निकाल्नु नै चुनौतीपूर्ण त छँदै छ यहाँ कोरोना माथि आरोपित सूचांक सहि हुन भनेर कुनै वैज्ञानिकका लागि समेत सहज हुँदैन बरु विश्व स्वास्थ्य संगठनको संशोधित प्रोटोकल(नियमानुसार) आन्तरिक रक्तस्राव, हर्ट अट्याक, व्रेन स्टोक, स्वासप्रस्वास जन्य रोगहरुमा समेत कोरोना द्वारा मृत्यु भएको ठेगान गर्नै पर्ने नीति अनुरुप यसको त्रासदी र भयावह रुप प्रचारित भएको बुझ्न सकिन्छ ।

(३).मेडिकल विज्ञानले मानव स्वास्थ्य माथी गंभिर आक्रमण गर्न सक्ने COVID – 19  (corona virus Dearsies – 19 ) संक्रामक भाइरसको सातौं जेनेरेशन (पुस्ताको) भनिन्छ । सार्सकै ( SARS) दोस्रो पुस्ताको मानिने यसलाई ञ नोवेल कोरोना झ अर्थात नयाँ प्रकारको कोरोना भाइरस भनिन्छ । यो भाइरस चीनमा देखा परेको चर्चा सँग संसारका विकाशित राष्ट्रका वैज्ञानिकहरुले चासोका साथ यसको अध्ययन गर्दै केहि अनुमानित धारणाहरु बनाउन पुगेका थिए । खासगरी बेलायती सरकारले गरेको अनुमान अनुसार यो भाइरसको संक्रमण दर १ बराबर ६ अर्थात १ जनाबाट ६ जनामा फैलने र मृत्यु दर ५ प्रतिशत हुने निश्कर्ष निकाल्न पुगेको र त्यसैका आधारमा अमेरिकामा २२ लाख र बेलायतमा ५ लाख मानिसको मृत्यु हुने खतरा औल्याए अनुरुप विश्व स्वास्थ्य संगठन समेतले त्यसकै आधारमा आफ्ना निति तथा धारणाहरु सार्वजनिक गरेको देखिन्छ परन्तु जब यो संक्रमण युरोप तथा अमेरिकामा प्रवेश ग¥यो तब बेलायती वैज्ञानिकहरुले नजिकबाट अध्ययन गर्दा के पत्ता लगाए भने यसको सारक (संक्रमण दर ) क्षमता १×२.७ र मृत्यु दर ०.१५ रहेको निश्कर्ष निकालेको थिए । (New england journal of medicine) (british medical journal) अर्थात यो भाइरस ILI (influenza like illness_) को वर्गीकरणमै राखेर बुझ्न पर्ने धारणा सार्वजनिक गरियो ।

(४). कोरोना भाइरस अर्थात नोबेल कोरोना के हो ?
(ब) कोरोना भाइरस अन्य इन्फ्लुएञ्जा भाइरस सरहको भाइरस हो जसलाई COVID – 19 ( Corona virus Deasies -19 ) भनिन्छ ।
(द) यसको मृत्युदर (mortalityrate) झण्डै 0=1% रहेको छ ।
(अ) यसले स्वासप्रस्वास प्रणालीमा आक्रमण गर्दछ ।
(म) स्वासप्रस्वास छोटो हुनु, कफको कमजोरी,ज्वरो जस्ता लक्षणहरु हुन्छन् ।
(भ) यो single strand RNA segment हो ।
(ा) यो अन्य भाइरस जस्तो पानी युक्त हावामा रहन्छ ।

(५). चत PCR (Reverse transcription polymerase chain reaction) test द्वारा यसको परिक्षण गरिन्छ जसले आविष्कार अमेरिकी वैज्ञानिक (Bioche mist) kary Mullis जसले ज्ञढढघ को नोवेल पुरस्कार प्राप्त गरेको थिए । जुन प्रविधि प्रविधि उनले विकास गरेका थिए त्यसको प्रयोजन रोग पत्ता लगाउनु नभएर अध्ययन अनुसन्धान गर्नु रहेको थियो । यसको कार्य क्षमताका हिसाबले समेत कम्तीमा १५ गलत रिपोर्ट देखाउने हुन्छ।अर्थात एक सय स्वास्थ्य मानिसमा परिक्षण गर्दा कम्तीमा एक जनामा कोरोना बिरामी पैदा गरिदिन्छ । अमेरिकी डा. जो कोरोना भाइरस सम्बन्धि कामको संयोजन गरिरहेको छन Dr. Birx का अनुसार यसले साधारणतया ५०५ मानिसमा यसले गलत रिपोर्ट प्रस्तुत गर्दछ । American jurnal of Midical association का अनुसार ४ जना त्यस्ता कोरोना बिरामी देखिए (उहानमा) यही परिक्षण विधिद्वारा कोरोना मुक्त गरेपछि १३ दिन पछि पुन परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । the lancet जर्नलका अनुसार डेंगु पोजेटिभ देखिएका बिरामीको कोरोना परिक्षणमा पनि पोजिटिभ देखिएको थियो । त्यस्तै American jurnal of Midical association मा प्रकाशित सूचना अनुसार अमेरिकी कोरोना भाइरस संक्रमितको बिरामीको नाकबाट लिइएको स्वाव पोजेटिभ र मुखबाट लिइएको स्वाव नेगेटिभ तथ्यलाई समेत आधार मान्दा यसको कार्य क्षमता गाई कि त्रिशुल बराबर देखा पर्दछ ।


(६). विश्व बजारमा माल उत्पादन,वितरण र नाफाको होडमा वर्चस्व कायम गर्दै अगाडी बढेको एल्लोपेथी उपचार पद्धति र फर्मास्युटिकल उद्योगहरु मानवीय सेवा र कल्याण मात्रै होइन विकृत लुटका निम्ति पनि प्रतिस्पर्धा र प्रचार युद्धमा संलग्न रहदै आएका छन । संसारमै हतियार उत्पादन पछि दोस्रो ठुलो उद्योगको रूपमा अगाडी बढिरहेको फर्मा कम्पनिहरुको राजनैतिक र आर्थिक प्रभाव देश र विश्वका निति निर्माणकारी संस्थाहरुमा समेत विस्तार हुनु स्वभाविक हो । हतियार उत्पादन कम्पनीहरुले मानवजातीको कल्याण र विश्व शान्तिको कामना गर्दै युद्धको प्रपंच रच्नु र त्यसका लागि राजनैतिक नेतृत्वलाई प्रभावमा पार्नु जति स्वभाविक र आजको विश्व राजनीतिको अभिन्न अंग बन्न पुगेको छ त्यस्तै विश्व बजारमा वस्तु निर्यात मात्र होइन त्यसको माग सिर्जना गर्न जालसाजी पुर्ण षड्यन्त्र गर्नु पनि अर्थनीतिको एउटा हिस्सा बनिसकेको तथ्यलाई हामीले हेक्का गर्नु पर्दछ । त्यसै परिवेशमा हामीले संसारमा चलेका मौलिक र स्थानीय उपचार पद्धतिहरुको बारे समेत ध्यान दिनु जरुरी छ । एलोपेथि चिकित्सा पद्धति बाहेक पनि खासगरी आयुर्वेदिक, होमियोपेथिक प्राकृतिक चिकित्सा क्षेत्रमा कार्यरत विशेषज्ञहरु समेतको धारणालाई ध्यान दिने हो भने कोरोना कुनै माहामारी रोग नभएर साधारण रुघाखोकी हो  (डा. बि पि तिमल्सिना, डा बिश्वरुप राय चौधरी) र डरलाग्दो र भयावह रूपमा प्रचार प्रसार हुनुको पछाडी धेरै कारण मध्य संसारमा रहेको हजारौं उपचार पद्धतिलाई निलेर विश्व बजार कब्जा गर्नु रहेको बुझ्न सकिन्छ ।