समसामयिक विषयमा चार किसान संगठनको संयुक्त बक्तब्य प्रकाशित

समसामयिक विषयमा चार किसान संगठनको संयुक्त बक्तब्य प्रकाशित

भाद्र २३ काठामान्डौ,
चार किसान संगठनको जुम वैठक बसी निम्नलिखित निर्णयहरु गरेको जानकारी अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ्गद्धारा प्राप्त भएको छ, जसको पूर्ण विवरण चार किसान संगठनको संयुक्त बक्तब्यमार्फत तल दिइएकोछ ः

चार किसान संगठनको संयुक्त बक्तब्य
किसान र कृषिको हितमा प्रष्ट र पारदर्शी बिकल्प बिना रोक्का गरिएको जमिनको कित्ताकाट फुकुवा गर्ने सरकारी निर्णय सन्देहास्पद, अबिश्वासनीय तथा कृषि र किसान बिरोधी छ । यसले कृषि उत्पादन र उत्पादकत्व बृद्धि गर्ने किसिमले भू–उपयोग गर्न कीमार्थ मद्दत गर्दैन । अतः किसानामारा उदारबादी अर्थनीति र भू–माफियाको पक्षमा भएको यो गलत निर्णय तत्काल फिर्ता लिइयोस र किसान र कृषिको ब्यापक हितमा भू–उपयोग राष्ट्रिय नीति ल्याइयोस भन्ने हामी चार किसान संगठन जोडदार माग गर्दछौं ।
अज्ञात रोगले नेपालका बिभिन्न भागमा दुहुना र गर्भिणी गाईहरु भटाभट मर्दै गएको र दूध किसानहरु ठूलो नोक्सानी पर्न गएकोमा हामी चिन्तित छौ र सरकारले गाईमा लागेको यो रोग शिघ्र पत्तो लगाइ उपचार गरोस र पीडित किसानलाई उचित क्षतिपूर्ति प्रदान गरी राहत देआ्स भन्ने समेत जोडदार माग गर्दछौं ।
पूर्ब निर्णय अनुसार चार किसान संगठनले संयुक्तरुपमा यही भाद्र २५ गते दिनको १२ बजेदेखि आयोजना गरेको नेपालको कृषि र किसानका समस्या बिषयको राष्ट्रिय भेला — ‘गुगल मिट’मा आमन्त्रित चारै किसान संगनठका साथीहरुलाई सहभागी भई यसलाई सार्थकताकासाथ सफल तुल्याउन संयुक्त आह्वान गर्दछौं ।

भैरबराज रेग्मी सीताराम तामाङ्ग
अध्यक्ष अध्यक्ष
अखिल नेपाल किसान महासंघ(अप्फो) अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)
लोकनारायण सुबेदी कृष्ण राना अध्यक्ष इञ्चार्ज
अखिल नेपाल किसान यूनियन अखिल नेपाल प्रगतिशील किसान संघ
२०७७ भाद्र २३