नेकपा( क्रान्तिकारी माओवादी ) ४ नंम्बर प्रदेश समिति सेक्रेटरी क.केश वहादुर परियारद्धारा बाग्लुङ्गको दुःखद घटनाप्रति प्रेस विज्ञप्ति प्रकाशित

नेकपा( क्रान्तिकारी माओवादी ) ४ नंम्बर प्रदेश समिति सेक्रेटरी क.केश वहादुर परियारद्धारा बाग्लुङ्गको दुःखद घटनाप्रति प्रेस विज्ञप्ति प्रकाशित

भाद्र १९ गते पोखरा,
गत १७गते राती अबिरल वर्षाका कारण बाग्लुङ्ग जिल्ला ढोरपाटन नगरपालिका वडा नंं. ९ को देउरालीडाँडामा गएको पैरोे र भूजीखोलामा आएको भिषण बाढीले नगरपालिकाका वडा नंं.५, ६, ७, ८ र ९मा हालसम्म ४१ जना वेपत्ता भएको र पछिल्लो जानकारी अनुसार १४ जनाको शव भेटिएको र करिव ३१ घर पूर्णरुपमा नष्ट भएको जानकारी प्राप्त भएको छ । लगभग ११५ घरमा नोक्शानी पुर्याएको, ५ वटा माइक्रो हाइडो पावर हाउस, २ वटा विद्यालय र एक स्वास्थ्यचौकीमा समेत क्षती पुगेको दुःखद घटनाले नेपाल कम्यनिष्ट पार्र्टी ( क्रान्तिकारी माओवादी ) लाई अत्यन्तै दुखित बनाएको भन्दै नेकपा( क्रान्तिकारी माओवादी ) ४ नंम्बर प्रदेश समिति सेक्रेटरी क.केश वहादुर परियारद्धारा प्रेस विज्ञप्ति प्रकाशित गरिएको छ, जसको पूर्णपाठ तल दिइएकोछ –

प्रेस विज्ञप्ति
यही भाद्र १७ गते राती अबिरल वर्षाका कारण बाग्लुङ्ग जिल्ला ढोरपाटन नगरपालिका वडा नंं. ९ को देउरालीडाँडामा गएको पैरोे र भूजीखोलामा आएको भिषण बाढीले नगरपालिकाका वडा नंं.५, ६, ७, ८ र ९मा हालसम्म ४१ जना वेपत्ता भएको र पछिल्लो जानकारी अनुसार १४ जनाको शव भेटिएको र करिव ३१ घर पूर्णरुपमा नष्ट भएको जानकारी प्राप्त भएको छ । लगभग ११५ घरमा नोक्शानी पुर्याएको, ५ वटा माइक्रो हाइडो पावर हाउस, २ वटा विद्यालय र एक स्वास्थ्यचौकीमा समेत क्षती पुगेको दुःखद घटनाले नेपाल कम्यनिष्ट पार्र्टी ( क्रान्तिकारी माओवादी ) लाई अत्यन्तै दुखित बनाएको छ । यो विपतको घडीमा सम्मेमित हुन साथै आउन सक्ने थप विपत प्रति सजग रहन अपिल गर्दछौ ।
अहिले यो कोरोनाको महामारीले विश्व मानव जाती नै महासंकटमा परिरहेको अवस्थामा प्राकृतिक प्रकोपको महाविपतमा परि ज्यान गुमाउनु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौ । परिवारजनप्रति समवेदना र पीडित सबै प्रति गहिरो सहानुभूति व्यक्त गर्दछौं ।
बेपत्ताहरुको अविलम्ब खोजी गर्न, मृतकका परिवार जनहरुलाई तुरुन्त राहत उपलव्ध गराउन र जोखिममा रहेका सबैलाई उद्धार गर्न र घरबाँस गुमेर विपतमा परेकाहरुलाई पुनस्थापना गर्न हामी केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकारसँग जोडदार माग गर्दछौं । यो विपद्को बेला पीडितहरुको उद्धार र सहयोगमा तुरुन्त लाग्नका लागि सम्बधीत सरोकारवाला निकायसँग यो प्रेस विज्ञप्ति मार्फत जोडदार माग गर्दछौं । साथै उद्धार र सहयोगमा लाग्न हाम्रो पार्र्टीका प्रदेश र सम्बन्धीत जिल्लाका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई अपिल गर्दछौ ।
मितिः २०७७ ÷०५ ÷१९ गते केश वहादुर परियार
सेक्रेटरी ४ नंम्बर प्रदेश समिति