नेकपा (क्रान्तिकारी माओवादी) वर्दघाट नगर समितिद्धारा जनताको पक्षमा जग्गा कब्जा

नेकपा (क्रान्तिकारी माओवादी) वर्दघाट नगर समितिद्धारा जनताको पक्षमा जग्गा कब्जा

भाद्र १८ वर्दघाट नवलपरासी,
नेकपा (क्रान्तिकारी माओवादी) वर्दघाट नगर समितिद्धारा बर्दघाट–२ ढेडारीफाँटीस्थित जनताले संरक्षण गर्दै आएको ८ विघा १२ कठ्ठा २ धुर जग्गा भूमाफिया दलालहरुका विरुद्ध जनताको पक्षमा कब्जा गरिएको जानकारी वर्दघाट नगर समिति सेक्रेटरी क. क्रान्तिले प्रेस विज्ञप्तिमार्फत दिएका छन् । प्रेस विज्ञप्तिको पूर्णपाठ तल दिइएकोछ ।
प्रेस विज्ञप्ति
हाम्रो गौरवशाली पार्टी नेकपा (क्रान्तिकारी माओवादी) वर्दघाट नगर समिति पश्चिम नवलपरासीले राष्ट्रियता जनतन्त्र र जनजीवीकाको पक्षमा महंगी भ्रष्टचारी तथा कमिशनखोरी लगायत विभिन्न विकृति तथा विसंगती विरुद्ध संघर्ष गर्दै आएकोछ । वर्तमान अवस्थामा देशमा राजनीतिक रुपले दलाल पुँजीवाद हावी हुंदै गएको कुरा यहाँहरु माझ राख्न चाहन्छौ । राष्ट्रनै संसदीय दलालहरुले नेतृत्व गरेको वेला भ्रष्टाचार, माफियाकरण र दलालीकरण बृद्धि हुँदै जानु कुनै अनौठो विषय रहेन । दालालीकरणको यो रफ्तार केन्द्रदेखि स्थानीयस्तरसम्म विस्तार भएकोछ । त्यस्तै जनतालाई कम्युनिस्ट शासन भनेर भ्रम दिइएकोछ । नामधारी कम्युनिस्टहरुले कम्युनिस्ट आदर्श र विचारलाई दिगभ्रमित बनाएका छन् । जुन कम्युनिस्ट आन्दोलन र राष्ट्रकै लागि दुर्भाग्यपूर्ण छ ।
यही सन्दर्भमा बर्दघाट–२ ढेडारीफाँटीस्थित जनताले संरक्षण गर्दै आएको ८ विघा १२ कठ्ठा २ धुर जग्गामा विगतदेखि नै भूमाफिया दलालहरुले गिद्दे नजर लगाउँदै आएका छन् । समाजसेवी बुद्धिजीवी तथा राजनिितक कर्मी विभिन्न आवरणमा रहेका ती संसदीय व्यवस्थाका मतियारहरुले रयाल चुहाएको यो बहुआयामिक जग्गाको संरक्षण गर्नु हामी सबै नगरवासीको दायित्व हो । जनताले दिएको यो दायित्वबाट हाम्रो पार्टी पछि हटन सक्दैन ।
अतः जनतको यो नासो जनताकै हुनुपर्छ भन्ने हाम्रो पार्टीको रहेको छ । यो जग्गालाई वडावासी जनताले जसरी संरक्षण गर्दै,आएका छन् त्यसप्रति हाम्रो सन्मान रहदै आएकोछ । त्यसैले यो जग्गालाई सार्वजनिक जग्गाको रुपमा संरक्षण गर्नु पर्दछ । कौडीको भाउमा बेच्नु हुँदैन । त्यसैले सार्वजनिक जग्गाको रक्षार्थ आजैको मितिबाट जग्गा कब्जा गरेको घोषणा गर्न चाहन्छौ । अन्त्यमा यस सार्वजनिक सम्पत्तिका विरुद्ध जाने विभिन्न आवरणका भूमाफिया दलालहरुलाई हाम्रो पार्र्टी कारवाही गर्न वाध्य हुने कुरा यसै विज्ञप्ति मार्फत चेतावनी दिन चाहन्छौ ।
क्रान्तिकारी अभिवादन सहीत
क. क्रान्ति
सेक्रेटरी