
काठमाडौं । गएकाे २४ घन्टामा देशभर थप ११ जना कोरोना संक्रमितको निधन भएको छ । निधन हुनेमा नौ जना पुरुष र दुई जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
निधन हुनेहरुमा महोत्तरी जिल्लाका ६०, ७२ र ७५ वर्षीय पुरुष, कैलालीका दुईजना ४५ र ५० वर्षीय पुरुष भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
त्यसैगरी बाराका ४१ र ४६ वर्षीय पुरुष, बाँकेका ३७ वर्षीय, काठमाडौंका ५१ वर्षीय पुरुषको निधन भएको छ ।
त्यसैगरी भक्तपुरकी ५३ वर्षीया महिला र मोरङकी ३७ वर्षीया महिलाको पनि निधन भएको छ ।
योसमेत गरि नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या एक सय ७५ पुगेको छ ।





























