अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको कार्यालयको विस्तारित बैठक सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको कार्यालयको विस्तारित बैठक सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको कार्यालयको विस्तारित बैठक कुपोन्डोल ललितपुरमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष ईश्वर तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न बैठकले कर्यालयले प्रस्तुत गरेको संक्षिप्त प्रतिवेदनलाई आवश्यक सुझाव सहित पारित गरेको छ । प्रतिवेदनमा आजको राष्ट्रिय परिस्थितिको बारेमा संक्षिप्त चर्चा गर्दै भनिएको छ, अहिले नेपालमा दलाल प्रतिक्रियावादी संसदीय व्यवस्था अन्तरगत अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद परस्त दलाल संसदवादी गुटहरुको सरकार छ । आफ्नो चरित्र अनुसार राष्ट्रघात, जनघात र जनाधिकारका आवाजमाथि घोषित र अघोषित प्रतिबन्ध र संस्थागत भ्रष्टाचारमार्फत यीनिहरु देशलाई लुट्ने प्रतिस्पर्धामा छन । अहिले एकातिर कोभिड–१९को त्रासदि र बन्दाबन्दी, मजदुर वर्गको रोजगारी,तलब सुविधा कटौती र मजदुरहरुको चर्र्को विचल्ली, भीषण बाढी पहिरो र व्यापाक जनधनको क्षती एवं जनतन्त्र र जनजिविका सँग सम्बन्धित निरन्तरका समस्याले सिङ्गो देश नै संकटग्रस्त बनेको स्थिति छ । यो संकटको फाइदा उठाउदै ओली सरकार राष्ट्रघात,जनघात र भ्रस्टाचारमा विलोप हुँदै छ भने सरकारसँग मिलेर मालिक वर्ग र ट्रेड युनियनवाद, अर्थवाद र संसदवादमा भासिएका मुख्यतः नेकपा(नेकपा) र नेका निकट कथित ट्रेड युनियनहरुले निरन्तर मजदुर विरोधी सम्झौता र गतिविधि गर्दै आएका छन । अर्र्कोतिर हाम्रो संगठनले निरन्तर मजदुर वर्गको हक, अधिकार र मुख्यतः मजदुर वर्गको राज्यसत्ता स्थापनाको पक्षमा एकल र संयुक्त कार्यक्रम मार्फत उनीहरुको विरोध र भण्डाफोर गर्दै आएको छ । यो सँगै अर्र्काे महत्वपूर्ण विषय भनेको मजदुर आन्दोलनमा देखा परेको वर्तमान संकटलाई गहिरो अध्ययन र विश्लेषण गरि मुख्यतः मजदुर वर्गलाई राजनीतिक र वैचारिक रुपले सचेत र संगठित गर्न पहल गर्ने हो भने यो संकट नेपाली मजदुर वर्गको इतिहासमा नयाँ एकता र ध्रुवीकरण सहित महान विजयको ऐतिहासिक प्रस्थान विन्दु हुन सक्ने बिशाल सम्भावना पनि हाम्रो बिचमा छ ।
यसैगरी बैठकले आगामी मंसिरसम्मको राजनीतिक र वैचारिक, संगठन र संघर्ष सम्बन्धि योजना पनि ठोस गरेको छ । जस अनुसार प्रकाशन र प्रचार तथा प्रशिक्षण, एक उद्योग, एक मजदुर र एक ईकाइको नीति अनुरुप व्यापक मजदुर सम्पर्क र संगठन विस्तार, घटकहरुको दर्ता, गाँस,बास,कपास,स्वास्थ्य,शिक्षा,सुरक्षा र रोजगारीलाई मजदुर वर्गको आधारभुत अधिकारका रूपमा स्थापित गर्न दीर्घकालीन संघर्षमा जोडदै मजदुर वर्गको रोजगारी, तलब सुविधा कटौती र मजदुर विरोधी सम्झौताको विरुद्ध इकाई, जिल्ला महासंघ, प्रदेश, पेशागत घटक र महासंघको तर्फबाट सशक्त विरोध प्रदर्शन, मजदुर पक्षीय बृहत अन्तरक्रिया सहितका योजना रहेका छन ।
यसैगरी महासंघले ६ ट्रेड युनियनहरुको कार्यगत एकतालाई अझै मजबुत, व्यवस्थित, प्रभावकारी र गतिशिल बनाउदै थप संघर्ष अगाडि बढाउने निर्णय समेत गरेको छ ।