अपर कर्णाली परियोजना खारेजी सम्बन्धी अन्तरक्रिया कार्यक्रम काठमाण्डौंमा सम्पन्न

कर्णालीको भौगोलिक अवस्थीति नेपालको भविश्य हो– देशभक्त जनगणतान्त्रीक मोर्चा महासचिव परि थापा

प्रकाशित मिति : २०७७ श्रावण २०

 

श्रावण १९, काठ्मान्डौ
अपर कर्णाली परियोजना खारेजी सम्बन्धमा काठमाण्डौंको डिल्लीबजार स्थित भोजन गृहमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरू, प्रायगीक विषय विज्ञहरू र पत्रकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व भरतबहादुर शाहीले गर्नुभएको हो । उक्त कार्यक्रममा सबै दलका प्रतिनिधिहरू र विषय विज्ञहरुको आथित्य रहेको थियो । उक्त कार्यक्रमका संचालक देशभक्त जनगणतान्त्रीक मोर्चाका कर्णाली प्रदेश संयोजक कमरेड दिपकबहादुर शाहीले गर्नुभएको हो ।
मन्तब्यका क्रममा स्वागत मन्तब्य दिदै नेकपा माले स्थायी समिति सदस्य कृष्ण रानामगरले अपर कर्णाली परियोजना भारतको बहुराष्ट्रिय कम्पनी जि.एम.आर. ले कौडिको भाउ लगाउँदै हडप्न खोजेको हुनाले विभिन्न राजनीतिक दलहरूको पहलमा उक्त परियोजना खारेजीको आन्दोलन जारी रहेको र निर्माण कार्य रोकिएको तर सरकार त्यसलाई खारेजी गर्ने प्रकृयामा मौन हुनाले अझ पनि झुक्याएर उक्त परियोजना सञ्चालन गर्ने धृष्टता सरकारको रहेको कुरा बताउँदै । सबै दलहरूले आन्दोलनलाई अलि पेचिलो बनाएर लैजानु पर्ने आवश्यक्ता माथि प्रकाश पार्नुभएको हो ।
त्यसैगरि नेपाली कांग्रेसका प्रतिनिधि धनराज गुरुङले आजको राजनीतिक अवस्थामा सत्तारुढ दल नेकपा(नेकपा)ले आफ्नो जिम्मेवारी निभाउन नसकेको र आपूm रहेको प्रतिपक्ष दल नेपाली काँग्रेसले पनि प्रतपक्षको भूमिका निभाउन नसकेका कारण राष्ट्रघात र भ्रष्टाचारले देशलाई चरम संकटको भूमरीमा धकेलेको कुरा बताउनु भयो । अपर कर्णाली जस्तो संसारकै सस्तो परियोजनालाई नेपालले आफ्नै लगानीमा सम्पन्न गर्न सकिने र अन्तर्राष्ट्रिय कानूनी मान्यताका हिसावले तटिय देशहरूको पनि उक्त परियोजना निर्माणमा प्रत्यक्ष सहभागिता रहनु पर्ने कुरा प्रस्ट्याउनु भयो । साथै अपर कर्णाली परियोजनामा भारतीय दलाल जि.एम.आर. कम्पनीको छट्टु सम्झौता खारेज गरि नेपालले परियोजनालाई आफै संचालन गर्ने कार्यमा नेपाली कांगे्रसको पनि सहभागिता रहने र सेरबहादुर देउवा सँग कुरा गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । त्यसैगरि सत्तारुढ दलका तर्फबाट उद्योग मन्त्री कर्ण थापाले मन्तब्यका क्रममा नेपाल प्राकृतिक श्रोतसाधनले सम्पन्न देश भएको र यहाँ विविन्न उद्योग संचालन गर्न कच्चा पदार्थको कमी नहुने भएको हुँनाले ओद्योगिक विकास गर्नुपर्ने अनिवार्य सर्त हो भन्नुभयो । आजको विश्वव्यापीकरणको यो युगमा बन्दुक पड्काएर देशमा कुनै परिवर्तन नहुने र बरु देश अद्यौगति तिर भासिने कुरामा जोड दिनुभएको हो ।
देशभक्त जनगणतान्त्रीक मोर्चाका महासचिव परि थापाले कर्णालीसँग आपूm व्यक्तिगत रूपले पनि प्रभावित भएको कुरा बताउँदै यसको भौगोलिक अवस्थीति नेपालको भविश्य हो भन्नु भयो । यसको सम्भावना ३०० मेगावाट, ९०० मेगावाट, ४,१८० मेगावाट आदि आँकलन रन अफ दि रिभर र पानी संचयको (ड्याम) प्रणालीबाट अनुमान गरिएको छ तर यसको सम्भावना ७० करोड अमेरीकी डलर बार्षिक आम्दानी हुन सक्ने भएको कुरा सार्वजनिक गर्दै कैलाश पर्वतबाट झर्ने ४ वटा नदी मध्य यो नदी पर्यटनको दृष्टिले पनि अति महत्वपूर्ण भएको कुरा बताउनु भयो । राष्ट्रिय जागरण मञ्च नेपालका संयोजक गुणराज लोहनीले यो देश कर्पोरेट लागानी र एडभोकेटर लगानीको चङ्गुलमा फस्दै गएको र यहाँको प्राकृतिक साधश्रोतमाथि विदेशीहरूको गिद्दे दृष्टी रहदै आएको कुरा बताउनु भयो । जलश्रोत विद रतन भण्डारीले देशले १८ घण्टा लोडसेडीङको मार खोप्नु परेको छ तर ६० प्रतिशत भु–भागमा बसोबास गर्ने जनताहरूलाई लोडसेडीङ भनेको के हो ? भन्ने विषयमा थाहा नै छैन किनकी त्यहाँ बत्ति नै छैन भन्नुभएको थियो ।
नेपालको जलश्रोत नै नेपालको भविश्य निर्माणको तत्कालीन अवसर हो भन्दै यसमा जिम्मेवार निकायको ध्यान आकृष्ट गर्नुभएको हो । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले सरकारले जि.एम.आर. कम्पनीको पिडीए खारेज गरि परियोजना संचालनको लागि तत्काल शेयर आव्हान गर्नुपर्ने कुरा बताउनु भयो । जनसमाजवादी पार्टीका महासचिव डम्बर कार्कीले सरकारले वठे राष्ट्रवाद मात्र देखाएर हुदैन एउटा नक्सा जारी गरेर मात्र सबै कुरा पुग्दैन यो २ तियहाईको वामसरकारले भारतसँगका सबै असमान सन्धी सम्झौताहरु खारेज गर्ने हिम्मत राख्नु पर्छ भन्ने कुरा बताउनु भयो । त्यसैगरि सम्पूर्ण दलका प्रतिनितिहरूले जि.एम.आर कम्पनीलाई छट्टु कम्पनीको संज्ञा दिदै यसले नेपाल देशमाथि गर्नखोजेको धृष्टताका विरुद्दमा एकेवद्धता जाहेर गर्नुभएको हो ।