क्रान्तिकारी माओवादीद्वारा पत्रकार अवस्थीका दिवंगत बुवा बाशुदेव अवस्थीको श्रद्धाञ्जली सभा सम्पन्न

प्रकाशित मिति : २०७७ श्रावण २१

कञ्चनपुर । नेकपा (क्रान्तिकारी माओवादी) सुदुरपश्चिम प्रदेश द्वारा क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश संयाेजक धनन्जय अवस्थीका दिवंगत बुवा बाशुदेव अवस्थीको श्रद्धाञ्जली सभा सम्पन्न गरिएकाे छ । २०७७ /०४ /०७ गतेका दिन उपचारको क्रममा दुखद निधन हुन पुग्नु भएका  बाशुदेवकाे १५ औं दिनको पुन्य तिथिमा श्रद्धाञ्जली सभा गरिएको हाे । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड न.१ बन्शाह गणेशपुरमा श्रद्धाञ्जली सभा गरिएको थियाे ।
श्रद्धाञ्जली सभामा दिवंगत बाशुदेव अवस्थी प्रति १ मिनेट मौन धारण गरेर श्रद्धाञ्जली सभामा शुरु गरिएको थियो । श्रद्धाञ्जली सभामा नेकपा (क्रान्तिकारी माओवादी )सुदुरपश्चिम प्रदेश सेक्रेटरी चिन्तकले शोक मन्तव्य राख्दै शोकलाई शक्तिमा बदल्दै बुवाको सपना पुरा गर्न सकारात्मक साेचका साथ लाग्नुपर्ने भन्दै परिवाारप्रति समवेदना व्यक्त गर्नु भएको थियो ।

त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी ) का केन्द्रीय सदस्य हरि सुवेदी बिक्रान्तले शोक मन्तव्य राख्दै जन्म र मुत्यु चलिरहने प्रक्रिया भएकोले दुखद निधन प्रति बुवालाई श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना व्यक्त गर्नु भएको थियो । श्रद्धाञ्जली सभाको सञ्चालन कञ्चनपुर जिल्ला सेक्रेटरी कैलाले गर्नु भएको थियो ।

श्रद्धाञ्जली सभामा अवस्थी परिवारका आफन्त नातेदार लगायतका नेकपा क्रान्तिकारी माओवादी नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । दिवंगत बाशुदेव अवस्थीको मिति २०७७ /४ /७ का दिन आफनै निवासमा ५७ बर्षको उमेरमा दुखद निधन  भएको थियो ।