कुसुमखोलाको चेपाङ बस्तीमा पुग्यो क्रान्तिकारी माओवादी, पीडितहरुले भने– ‘घरसँगै नागरिकता, पैसा, लत्ताकपडा, अन्नबाली समेत नष्ट पारिदिए’

प्रकाशित मिति : २०७७ श्रावण ११


चितवन । चितवनको माडी नगरपालिका वडा न. ९ कुशुमखोलाको सुकुम्बासी वस्तीमा राज्यद्वारा गरिएको आगजनीको स्थलगत निरीक्षण गर्न नेकपा (क्रान्तिकारी माओवादी) चितवन जिल्ला समितिको एउटा टोली कुसुमखोला सुकुम्बासी बस्ती पुगेको छ । पार्टीका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज विकास जिल्ला सेक्रेटरी अशोक शर्मा सहितकोको टोली उक्त स्थान गएको हो ।

माडीको वसन्तपुर बजारमा भएको विरोधसभाको अर्को दिन पैदलमार्ग हुँदै टिम सुकुम्बासी चेपाङ वस्ती पुगेको हो । कुसुमखोला पुगेर टोलीले त्यहाँका पीडित परिवारसंग घटनाको विवरण लिनुका साथै त्यहाँ भएको क्षतिको विवरण लिएको थियो ।


पार्टी केन्द्रीय सदस्य विकासलाई उक्त वस्तीका पीडित काजिमान चेपाङ र दीप बहादुर चेपाङले निकुञ्ज प्रशासनले गरेको ज्यादती र त्यसबाट भएको नोक्सानीको बारेमा रिपोर्ट गरेका थिए । जस अनुसार काजीमान तामाङको घरमा रहेको १०००० दस हजार रुपैयाँ र नागरिकता दुवै र दीप बहादुर चेपाङ समेत परिवारका लत्ताकपडा अन्नपात र अन्नवाली पूर्णरूपमा नष्ट भएको थियो ।

चितवनको माडी नगरपालिका–९ कुसुमखोलास्थित सुकुम्बासी चेपाङ बस्तीमा निकुञ्ज प्रशासनले आगजनी र हात्ती लगाएर घरहरु भत्काई सुकुम्बासी चेपाङहरुलाई उठीबास लगाएको घटनालाई अमानवीय, क्रूर र निर्लज्ज कार्य भन्दै उक्त घटनाको विरोधमा नेकपा (क्रान्तिकारी माओवादी) चितवनले मंगलबार चितवनको चौबीसकोठीमा विरोध प्रदर्शनको आयोजना गरेको थियो ।


घटनाको विरोधमा वक्तव्य जारी गर्दै जिल्ला पार्र्टीका सेक्रेटरी अशोक शर्माले घटनाबाट घरबारविहीन बन्न पुगेका सुकुम्बासीहरुलाई तुरुन्त आवास, खाद्यान्न र लत्ताकपडाको व्यवस्था गरी दोषीहरुमाथि कडा कारबाही गर्न जोडदार माग समेत गरेका थिए ।

वक्तव्यमा क्रान्तिकारी माओवादी र अखिल नेपाल क्रान्तिकारी सुुकुम्बासी संघको संयुक्त आयोजनामा उक्त घटनाको विरुद्धमा मंगलबार गरिने विरोध कार्यक्रममा सहभागि हुन सम्पूर्ण पार्टीपंक्ति, किसान, मजदुर तथा भुमिहीन सुकुम्बासी जनसमुदायलाई हार्दिक अपिल समेत गरिएको थियो ।

नेकपा (क्रान्तिकारी माओवादी) समर्थित अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघ चितवनको आयोजनामा माडीको कुशुमखोलामा सुकुम्बासी समुदायको घरमा आगो लगाएर ध्वस्त पार्ने सरकारको जनविरोधी कार्यको विरोधमा माडीको वसन्तपुर बजारमा भएको विरोधसभामा आफ्ना भनाइ राख्दै नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला सेक्रेटरीले जनताको अधिकार कुल्चने सरकारका बिरूध्द सघर्ष आव्हान गर्दै यो सरकार सामन्त तथा दलाल पुँजीपतिहरुको सरकारभएकाले गरीव तथा सुकुम्बासी समुदायको घरमा आगो लगाएर ध्वस्त पार्ने काम गरेको बताएका थिए । उनले नेपालमा मजदुर, गरीव किसान तथा सुकुम्बासीहरुको मुक्ति तव सम्भव हुन्छ, जब जनवादी क्रान्तिले यस्ता प्रतिक्रियावादीहरुको सरकार सत्तालाई ध्वस्त बनाएर जनताको सरकार स्थपना गर्दछ, भनेका थिए ।


त्यसैगरी नेकपा (क्रान्तिकारी माओवादी) ३ नं प्रदेशका सचिव प्रवेशले जारी गरेको विज्ञप्तिमा घटनालाई निन्दनीय र अमानवीय भन्दै घोर भत्र्सना गरिएको छ । र, वैकल्पिक व्यवस्था नगरी यस्तो निकृष्ट र अमानवीय कार्य गर्नेमाथि कडा कारबाही गर्न माग समेत गरिएको छ ।

आगजनी पीडितहरुलाई आवाससहित खाद्यान्न, लत्ता कडाको व्यवस्था गर्न सरकारसित जोडदार माग गर्दै घटनाका विरुद्ध संघर्षमा उत्रन चितवन जिल्ला पार्टीलाई निर्देशन समेत दिइएको छ ।

त्यसैगरी नेकपा (क्रान्तिकारी माओवादी)ले पनि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले चेपाङ बस्तीमा आगो लगाई घरबारविहीन बनाएको घटनालाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।


वक्तव्यमा चितवनमा सीमान्तिकृत चेपाङ्ग समुदायको परिबारको घरमा हात्ती लगाएर घर भत्काउने, आगो लगाउने र तिनका जहान परिवार र बालबच्चालाई यो चुहिँदो बर्खामा बिचल्लीमा पार्ने जुन दृष्कार्य गरियो, त्यो गरीब किसानमाथिको गम्भीर हमला हो, अत्यन्तै अमानवीय र घोर निन्दनीय दुष्कार्य हो भनी उल्लेख गरिएको थियो । त्यसैगरी चार किसान सगठनहरु– अखिल नेपाल किसा महासंघ (अप्फो), अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघले पनि संयुक्त रुपमा वक्तव्य जारी गर्दै भनिएको छ, “कम्युनिष्ट नामको किसानमारा यस्तो अमानवीय दुष्कार्यको तीब्र भत्र्सना गर्दछौ र गरीब किसानका घर उजाड्ने अपराधीमाथि कडा कारबाही, घरबार उजाडिएका चेपाङ्ख परिबारलाई पर्याप्त क्षतिपूर्ति देऊ,पीडित किसान परिबारसँग क्षमा याचना गर र यस्ता अमानबीय घटना दोहोरीन नदेऊ भन्ने जोडदार माग गर्दछौं ।”

चितवनको माडीको कुशुमखोलामा सुकुम्बासी समुदायको घरमा आगो लगाएर वस्ती नै ध्वस्त पार्ने काममा कमाउनिष्ट सरकारको आदेशमा नेपाली सेना ज्यादती गरेको देखिएको छ । ओली सरकारको आदेशमा यस्तो जनविरोधी काम गर्ने नेपाली सेनामाथि यस कार्यबाट गम्भीर प्रश्न उब्जिएको छ– नेपाली सेनाको चरित्र र प्रवृति विगतको शाही सेनाकोजस्तै जनविरोधी छ । खासगरी नेपालका गरीव तथा सुकुम्बासीहरुमाथि यसले निरङकुसता लाद्ने काममा वर्षाको झरी, वाढी तथा पहिरो केही पनि हेर्दैन । यही भएको छ माडीको कुशुमखोलामा सुकुम्बासीमाथि । वर्षाको समय प्राकृति प्रकोपबाट जनताको जीउधनको सुरक्षा गर्नुको बदलामा उल्टै माडीको कुसुमखोलामा सुकुम्बासी समुदायको घरमा आगो लगाएर ध्वस्त पार्ने सरकारको जनविरोधी कार्यलाई कार्यान्वयन गर्दै सुकुम्बासी वस्तीका घरमा आगो मात्र लगाएर नपुगी गरिबले लगाएर पाक्न लागेको अन्नबाली समेत हात्ती लगाएर नष्ट गरिएको छ ।


माडी कुशुमखोलामा सरकारका तान्डव नृत्य नेपाली सेनाले देखाएकोछ । मानवता र मानवीयता नभएको सरकारको सेना नेपाली सेना बन्न गएको छ । सातवटा हात्ती लिएर राष्ट्रिय निकुञ्जका २०÷२२ जना मान्छेहरुले १० जनाको घरमा शनिबार आगो लगाउने र भत्काउने काम गरेका थिए । चितवनको माडीमा बाँदरझुला र कुसुमखोला दुई ठूला सुकुम्बासी बस्ती छन । बाँदरझुलामा ४७ सालपछि र कुसुमखोलामा ५३ सालतिर मान्छेहरु गएर बस्न थालेका हुन् ।