कोरोना भाईरस (कोभीड(१९) विश्व भरी महामारीको रुपमा फैलिएको छ । आजका मिति (२०७७÷०३÷२०) सम्म ५ लाख २४ हजार ५ सय ७७ बढीको मृत्यु भइसकेको छ । १ करोड १० लाख ४५ हजार भन्दा बढी संक्रमीत भईसकेकाछन । यि मध्ये केही विरामीहरु ठिक भएर फर्केका छन । कोरोना भाईरस (कोभिड १९) सन २०१९ नोभेम्वरबाट चीनको उहान प्रान्तबाट शुरु भएको हो । चीनले संक्रमण भएको उहान प्रन्तलाई समयमानै लकडाउन गर्र्याे । सबै नागरिकलाई घरबाट ननिस्कन भन्यो । जनतालाई चाहीने औषाधी खद्यान्न लगायत आवश्यकिय सामाग्री घर घरमा पुर्याउने काम गर्र्याे । कोरोना भाइरस (कोभिड १९) लाई जितिछाड्यो, आफ्नो देशबाट हटाइ छाड्यो र वर्तमानमा चीन संसारमा अन्य मुलुकलाई सहयोग गर्ने ठाउँमा पुगेको छ । संसारको मै हुँ दादा भन्ने शक्ती राष्ट्र अमेरिका नराम्रोसँग कोरोना भाईरसबाट थला परेको छ । स्पेन, इटाली, जर्मनी, फ्रन्स, ब्राजिल, पाकिस्तान, जापान, दक्षिण कोरिया, अष्ट्रेलीया, भारत लगाएत झण्डै २०७ देशहरु यस भाईरसबाट प्रभावित भएकाछन । हाल हाम्रो देशमा लकडाउन जारी गरिएको छ । लकडाउन भनेको अघोषित सङ्कटकाल हो । नेपालमा कोरोनाभाइरसको संक्रमण माहामारीको रुपमा फैलिएर गएको छ । यो भाइरस एक व्यक्तीबाट अर्र्काे व्यक्तीमा छिट्टै सर्ने एकप्रकारको सरुवा रोग हो । यो रोगबाट बच्नको लागी संसरमा धेरै जसो देशहरुले लकडाउन गरेका छन । नेपालमा पनि चैत्र ११ गतेबाट लकडाउन गरिएको छ । हाम्रो देशलाई यसै समयमा तिन ठुला शक्तिहरुको सामना गर्न परिरहेको छ । पहिलो अमेरिकाले इण्डोपेसिफिक रणनीती(एमसीसी) अन्तर्गत नेपालमा अमेरीकी सेना तैनाथ गरेर नेपालको सार्वभौम स्वतन्त्रतामा आँच पुर्याउने र नेपालमा बसेर चिन विरोधी क्रियाकलाप गर्ने । दोस्रो छिमेकी मुलुक भारतले हाम्रो नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी ३७२ वर्ग कि.मी. भन्दा बढी भूमि आफ्नो नक्शामा पारेर अतिक्रमण गरेको छ । तेस्रो कोरोना भाईरस पनि चुनौतीको रुपमा खडा भएको छ । देशमा लकडाउन जारी छ । जनतालाई घरबाहीर निक्लन दिईएको छैन । जनतालाई चाहिने अत्याआवश्यकिय वस्तुहरु घर घरमा पुर्याउन त परै जाओस खोजेर ल्याउन पनि दिइएको छैन । देशमा दुइतिहाइको सरकार छ, इतिहासमै कहिल्यै भोग्न नपरेको दुख नेपाली जनताले भोग्न परिरहेको छ । संख्यामा वा भौतिकरुपमा ठूलोभएर केही कामलाग्दो रहेनछ । देशलाई उन्नतिपथमा अगाडी बढाउन उच्चखालको विचार दृष्टिकोण र दुरदर्र्शीता आवश्यक पर्र्दोरहेछ । वली सरकार जे गर्न पर्छ त्यो गर्दैन जे गर्नु हुँदैन त्यही गर्दछ । देश सङ्कटमा परेको मौका छोपेर सक्दो भ्रष्टाचार गरेको छ । देशमा विभिन्न आयोग गठन गरेर कार्यकर्ता भर्ति गर्ने काम गरेको छ । अर्काका पार्र्टीका सांसद अपहरण गर्ने धन्दामा लाग्दछ । भारतले अतिक्रमण गरेको भूमी फिर्तागर्ने विषय, नक्शा प्रकाशीत गर्ने विषय, सडकमा रहेका पार्र्टी सञ्चारकर्र्मी र जनताले दवाव दिएपछी वा भनेपछी मात्र बल्ल बल्ल लगेर नक्शा प्रकाशीत गरेको छ । यो काम नेकपा (क्रान्तीकारी माओवादी) र उसको क्रान्तीकारी मोर्चाले दुइ वर्ष अगाडी नै प्रकाशीत गरेर देशका प्रशासनिक इकाईमा बाँडी सकिएको थियो ।
कोरोना टेष्ट गर भनेर डा. शुन्दरमणी दिक्षीतले भनेपछी बल्ल टेष्ट गर्न शुरु गर्दछ । विदेशमा अलपत्र परेका नेपालीलाई देशमा ल्याउ उद्धार गर भनेपछी बल्ल नेपाली ल्याउने सल्लाह गर्न शुरु गर्दछ । यो वली सरकार को सल्लाह हुँदाहुँदै विदेशमा नेपालीहरुको ठुलो नोक्सानी हुने संभावनालाई नकार्न सकिदैन । जनता कोरोनाबाट मरिसके पछी स्वाव टेष्ट गर्दछ । कतिपय विरामीले अस्पत्तालको मुख देख्न नपाइकन मृत्युवरण गर्न परिरहेको छ । शान्तिसुरक्षाको अवस्था त्यस्तै छ । देशमा ठुला ठुला हत्याकाण्डहरु घटिरहेका छन । रुकुम चौरजहारी हत्याकाण्ड, रुपन्हेहीको तिलोत्तमा नगरपालिका कान्छी बजारको हत्याकाण्ड, जावो चर्र्पी सफा गर्ने काम पनि नपाएर मजदुरले शरीरमा आगोलगाएर आत्मदाह गरेकाछन । आत्महत्याका घटना विकरालरुपमा बढेर गएका छन । सानु विषय राज्य मुखमा मास्क लगाउ भन्दछ बजारमा मास्क पाईँदैन, पाइहालियो भने पनी कालाबजारी छ । सावुन पानीले हात धोउ भन्छ सावुन वेच्ने पसल बन्द छन, के आयले हो सावुन किन्ने ? देशको कतिपय भुभागमा पिउने पानि छैन के ले हातधुने ? सरकार उपचार नगर्ने निजि अस्पताललाई कार्वाही गर्छु भन्छ निजी अस्पताल विरामी उपचार गर्न मानेकै छैनन । किसानलाई खेती लगाउने वातावरण बनाईएको छैन । मल विउविजन औषधीहरुको उपलब्धता छैन । केही गरेर उत्पादन गरेको उत्पादीत वस्तु तरकारी फलफुल दुधको बजार व्यवस्थापन छैन वारीमा कुहीने र बाटोमा पोखिएको छ । अर्र्को साल जनताले के खाएर बाँच्ने ? क्षति आफ्नो ठाउँमा छँदै छ किसानको गाइ भैसी पराल दाना पानि खान नपाएर आफ्नै आँखा अगाडी गोठमा भोकभोकै मर्दा कस्तो भयोहोला किसानको मन ? किसानले अरुकुरा सहन सक्छ पशुधन नोक्सान भएको सहन सक्दैन नसहेर पनि के लाग्यो ? कुखुरा पालक किसानहरुका कुखुराहरु खोरमा सोतर भएर मरे त्यत्रो ऋण गरेर चलाएको व्यवसाय चौपटहुँदा त्यो किसान कसरी उभोलाग्ने? ठिक छ लकडाउन यो बेलाको अवश्यकता होला यो सँगसँगै धेरै भिडभाड हुने निकाय पनि होइन । भिडभाड नहुने कुरालाई ध्यानमा राख्दै किसानलाई खेतवारी जोतेर वाली लगाउन, पाकेको वाली थन्क्याउने, गाइ भैसी कुखुराको लागी पराल, चोकर, दाना, औषाधी सरल र सहज तरिकाबाट उपलब्ध हुने कुरामा राज्यको ध्यान जान अनिवार्य हुन पर्दथ्यो तर राज्यले त्यता तर्फ ध्यान दिएन । पुलिसले साना साना विषायमा जनतालाई दुस्ख दिन्छ । पञ्चायत कालमा जनताले वावीयो खर काट्ने माग गरेकाछन भन्दा वनमन्त्रीले रुख ढाल्न नदिनु हाँगाविँगा काटेर लैजान दिनु भन्ने निर्देशन दिएका थिए । वावियो खरमा के को हाँगाविगा हुन्थ्ये र ? भन्न खोजेको कुरा त्यति अव्यवहारीक थिए । शत्तामा बस्नेहरु वर्तमानमा पनि संसदिय पार्र्टीका नेताहरु त्यो भन्दा फरक छैनन । आज कोरोना भाइरस ले संसारै थलिएको छ । हाम्रो देशमा पनि लकडाउन लगाइएको छ । यस्तो संवेदनशिल घडीमा राजनैतिक पार्र्टीका नेताहरु जसलाई सुरक्षा प्रायाप्त छदैछ उनीहरुलाई साधनस्रोतको पनि केही कमी छैन । उनीहरु गाउँगाउँमा पुगेर जनतालाई के समस्या परेको छ । अनुगमन बुजबुजार्थ गर्नुको साटो घरभित्र लुकेर बसेका छन । मिडियाले सोध्दा म त घर भित्र लुकेर बसेको छु समाचार सुनेको पढेको छु भनेका छन । माधव नेपाल, झलनाथ खनाल, रामचन्द्र पौडेल, शेरबहादुर देउवा अर्का नेकपाका दुइनम्वरी अध्यक्ष प्रचण्ड सबै नेताकार्यकर्ता कोरोना विरुद्ध लड्न बाहिर निस्क भन्छन आँफु घरभित्र लुक्छन । एकजना नेता कार्यकर्ता के समस्या छ ? भनेर जनता समक्ष गएको देखिएन । यदि कोरोना पहिला नेताको घरमा आउने की जनताको घरमा भनेर सोधेर अउने भए नेताहरुले पहिला जनताको घरमा आइज भनेर भन्ने थीए । संसदिय शासक तथा नेताहरु यदी विदेश सुरक्षीत भएको भए यो वा त्यो वहानामा विदेश भागीसक्ने थीए ।
वाख्रालाई दशा मानिसलाई दशैँ स् सारा नेपाली जनतालाई कोरोनाको डर त्रास आतङ्क देखाएर शासकहरु भ्रष्टाचार गर्नमा तल्लीन रहे । २०७२ सालको भुकम्पमा पनि यिनै नेताहरुले सक्दो भ्रष्टाचार गरे । हालपनि चैत्रको दोश्रो साता चिनबाट ल्याइएको स्वास्थ्य सामाग्रीमा वलीका दाहिनेहात स्वास्थ्य मन्त्री भानुभक्त ढकालले करोडौँ करोड भ्रष्टाचार गरियो । कमिशनको भरमा चार गुणा बडी महङ्गो देखाएर भ्रष्टाचार गरेको विषय बाहिर खुल्न आएको छ । एउटा गल्ती लुकाउन खोज्दा वा ढाँट्न खोज्दा हजार गल्ती हुनजान्छन भनेझैँ जनतालाई यही भ्रष्टाचार लुकाउन स्वास्थ्य सामग्री अपुर्ति गर्न जिम्मा लिएको ओम्नी विजनेस समुहले सामान समयमा दिन सकेन र ठेक्का संझैता तोडियो र लगभग ५० करोड धरौटी पनि जफत गरियो भनेर भनियो यो विषयमा सोझै अनुमान गर्न सकिन्छ षडयन्त्रको ठुलो सञ्जाल यहि छ । धन्य छौ वली तिम्रा मन्त्रिहरु भ्रष्टाचार गर्नमा अव्वल छन । हिजो गोकुल वास्कोटा आज भानुभक्त ढकाल । विषय यतिमात्र होइन अर्र्को षड्यन्त्र अख्तियारले प्रश्न उठाउन नपाउने सेनालाई स्वास्थ्य सामाग्री जि टु जि मार्फत खरीद सझौता मिलाउन खोजिएको विषय बाहिर आएको छ । अर्र्काे २०७६÷१२÷१९ मा वायुसेवा निगमको अष्ट्रेलियाको लागी चार्टड गरेको उडानमा पनि ट्राभल्स विचौलिया घुसाएर लाखौ यो राज्यको तर्फबाट भ्रष्टाचार गरियो । देश यत्रो सङ्कटमा परेको बेलामा अझ भनौ सिङ्गो संसारनै कोरोना भाइरसको सङ्कटमा परेको बेलामा नेपालको सरकार र शासकहरु भ्रष्टाचार गर्ने सरकारले गर्नुपर्ने काम जिम्मेवारीबाट पछाडी हटेर सेनालाई अगाडी सार्ने यहाँ भन्दा असक्षम निच र लाजमर्दो काम के हुन सक्ला ? के दुइतिहाइको सरकार देश लुट्न र जनताको ढाड सेक्ने गरी कर उठाएर आफ्नो भाग्य भविष्य निर्माण गर्न हो ? जवाफ छ वली, प्रचण्ड, देउवा ?
लगभग ४ महिना पुग्न लागिसक्यो लकडाउन भएको दैनिकी कमाएर जुजारा गर्ने मजदुरहरुको चुलोबल्न छाडीसक्यो । सरकारले राहत दिने भन्छ कसको सल्लाह गर्दा सातगाउँ डुव्यो भने जस्तो घरमा आगो लागेपछी कुवाखन्ने तरखरमा लाग्छ सरकार । राहत बाँडने सल्लाह गर्दा गर्दै गरिवको घरमा भोकमरी लागी सक्यो । यो साल त ल राहत बाँडीएला अर्र्काे सालको हालत के होला ? किसानलाई खेती लगाउने वातावरण बनाइएको छैन । जनताको व्यापक आलोचना पछी किसानलाई खेती लगाउ भनेको छ तर मल विउविजन सहज र सरल ढङ्गले उपलब्ध गराएको छैन । पसलहरु खुलेका छैनन बाहिरबाट ढुवानी भएर मल विउ आउन सकेको छैन । हिजो सरकारको खुव आलोचना गर्ने कृषिमन्त्री घनश्याम भूषाल सबैकुरा मिलाइएको छ भन्छन । यहाँ किसानको तरकारी बारीमा कुहिएको छ, दुध बाटोमा पोखिएको छ । गाई, भैसी, कुखुरा खोर र गोठमा मरेका छन । यी विषय तिनलाई थाहा छैन ? ठुलाबडा र कमिशन आउने ठाउँमा जहाज चार्टड गरेर बाहिरबाट नागरिक ल्याउने र बाहिर पठाउने गरियो । सर्वसाधारण नेपाली घर आउन चाहने जनताहरुलाई कुनै किसिमको ध्यान दिइएको छैन । नेपाली जनता चौधारा रुँदा यो वली सरकार रमिते बनेर यही मौका छोपेर पैसा कमाउन तिर लागेको छ ।
मितिः२०७७र०३र२०

प्रतिक्रिया

सम्बन्धित खवर