नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) जिल्ला संगठन समिति, जाजरकोटद्धारा प्रेस वक्तब्य प्रकाशित

बाढीपैरोबाट पीडित घरपरिवारलाई आवश्यक राहत उपलब्ध गराउनका लागि सरकारको गम्भिर ध्यानाकर्षणमा जोड

प्रकाशित मिति : २०७७ असार २७

असार २६ जाजरकोट,
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) जिल्ला संगठन समिति, जाजरकोटले उक्त जिल्लामा आएको बाढीपैरोबाट बेपत्ता हुनेहरूको खोजी, घाइते व्यक्तिहरुलाई निशुल्क स्वास्थ्य उपचार, मृतक घरपरिवारलाई आवश्यक राहत उपलब्ध गराउनका लागि सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै एक प्रेस वक्तब्य प्रकाशित गरेकोछ,जसको पूर्ण विवरण तल दिइएकोछ–

प्रेस वक्तब्य
कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लाकै विकट गाउँपालिकाको रुपमा चिनीने बारेकोट गाउँपालिका वडा नं. ४ अन्तर्गत जिरी गाउँमा असार २५ गते राती भएको भिषण वर्षाका कारण आएको पैरोमा परि उत्पीडित वर्ग अन्तर्गत पर्ने सार्र्की समूदायका २ घर बगाएको छ । दुई घर परिवार र पाहुना गरी १२ जनाको मृत्यु भएको, ६ जना घाइते र ४ जना बेपत्ता रहेको खवरले हाम्रो पार्टीलाई स्तब्ध बनाएको छ ।
नेपालमा भूकम्प, नोभेल कोरोना भाइरस, सलह आदि जस्ता चुनौति मात्र नभइ बाढीपैरोबाट पनि उत्तिकै धनजनको क्षेति भएको र अरु हुने स्थिति देखा परिरहेको छ । हिजो राती मात्र गएको बाढीपहिरोका कारण देशैभरी ज्यान गुमाउनेको संख्या करिव ५० नाघेको छ । अर्कोतिर राजनीतिक उथलपुथल र भ्रष्टाचारका घटनाहरु चौतर्फि बढोत्तरी भइरहेको अवस्था छ । आज मात्र प्रकाशित सामाचार अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारीहरूलाई राख्ने ठाउँसम्म नभएको कुरा प्रति पनि हाम्रो पार्र्टीको ध्यानाकर्षण भएको छ ।
अब सम्पूर्ण नेपाली जनतालाई प्राकृतिक प्रकोप प्रति उच्च सतर्कता अपनाउन र हालसम्म आपूmले गरेका राजनीतिक निर्णयहरू पुनरावलोकन गरी निर्वाचित भएका व्यक्ति र जिम्मेवार निकाय प्रति द्वन्दात्मक भौतिकवादी दृष्टिकोणका आधारमा कडा निग्रानी राख्दै नयाँ सोचको विकास गर्ने वेला आएको कुरा अवगत गराउँदै बाढिपहिरोमा परी ज्यान गुमाउनेहरूका परिवारजनहरू प्रति समवेदना सहीत शोकलाई शक्तिमा बदल्ने हिम्मत जागोस भन्दै सम्पूर्ण मृतक जनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।
बाढिपहिरोमा बेपत्ता हुनेहरूको खोजी, घाइते व्यक्तिहरुलाई निशल््क स्वास्थ्य उपचार, मृतक घरपरिवारलाई आवश्यक राहत उपलब्ध गराउनका लागि सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै देशैभरका राष्ट्र, राष्ट्रियता जनतन्त्र र जनजीविकाका सवालमा सजक हाम्रो पार्टी पंक्ति, राजनीतिकर्र्मी, बुद्धिजीवी, नागरिक समाज, पत्रकार, विद्यार्थी, सुरक्षाकर्र्मी र उद्योगपति लगाएत जिम्मेवार निकाय तथा व्यक्तिहरू सबैलाई उद्दार कार्यमा कुनै कसर नराखि भरपुर सहयोग गर्नुहुन हार्दिक अग्रह गर्दछौं ।
संयोजक
रामबहादुर बुढा‘राजन’
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)
जिल्ला संगठन समिति, जाजरकोट