नेकपा(क्रान्तिकारी माओवादी) ४ नम्वर प्रदेश समितिद्धारा प्रेस विज्ञप्तिमार्फत बाढी र पहिरोका पीडितहरुप्रति दुःख व्यक्त

बेपत्ताहरुको अविलम्ब खोजी गर्न, मृतकका परिवार जनहरुलाई तुरुन्त राहत उपलव्ध गराउन केन्द्र सरकार र प्रदेश सरकारसँग जोडदार माग

प्रकाशित मिति : २०७७ असार २७

 

२६ असार
नेकपा(क्रान्तिकारी माओवादी) ४ नम्वर प्रदेश समितिद्धारा प्रेस विज्ञप्तिमार्फत बाढी र पहिरोका पीडितहरुप्रति दुःख व्यक्त र बेपत्ताहरुको अविलम्ब खोजी गर्न, मृतकका परिवार जनहरुलाई तुरुन्त राहत उपलव्ध गराउन केन्द्र सरकार र प्रदेश सरकारसँग जोडदार माग गर्दै एक प्रेस विज्ञप्ति प्रकाशित गरेकोछ, जसको पूर्ण विवरण तल दिइएकोछ–

प्रेस विज्ञप्ति
केहि दिनदेखिको अविरल वर्षाका कारण देशैभरी जनजीवन अस्तवेस्ता हुन पुगेको छ । ४ नं. प्रदेशका लगभग सबै जिल्लाहरुमा भिषर्ण वर्षाका कारण आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको घटनाले हामीलाई अत्यन्तै दखित बनाएको छ । यस प्रकारको महाविपदमा परी ज्यान गुमाउनु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौ । परिवार र आफन्तजनप्रति समवेदना व्यक्त गर्दछौं । पीडितप्रति गहिरो सहानुभूति प्रकट गर्दछौं । घाईतेहरुको सिघ्र स्वस्थ्य लाभको कामना गर्दछौं । बिहीबार राती गएको पहिरोमा परी म्याग्दीमा दर्जनौं घर पुरिएका छन् । ३२ जनाभन्दा बढी बेपत्ता भएका छन् । पहिरोले यातायात सम्पर्क विच्छेद हुदाँ क्षतिको यकिन हुन सकेको छैन । पहिरोमा थुप्रै व्यक्ति बेपत्ता भएको बझिएको छ भने कैयौ व्यक्तिहरु बिचमा फसिरहेको जानकारी आएको छ । तर खराब मौसमका कारण उनीहरुको उद्धार हुन सकिरहेको छैन । गलेश्वरस्थित राघुघाट खोलाको बेलीब्रिज बगाएको छ । म्याग्दी जिल्लाका कैयौ गाउँपालिकाहरु तथा मुस्ताङ जिल्लामा पूर्ण रुपमा यातायात सम्पर्क विच्छेद भएको छ । अबिरल वर्षाका कारण पोखरा महानगरपालिकाका विभिन्न स्थानमा बिहीबार राती गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । पोखरा १८ सराङ्ककोट, पोखरा २५ हेमजा र पोखरा २६ लेखनाथमा पहिरोले पुरिएर मृत्यु भएको छ भने कैयौ घाईते भएका छन । घाईतेहरुको पोखरा मनिपाल र पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भैरहेको छ । अविरल वर्षाको कारण पोखराको रामघाटस्थित सेती नदी थुनिदा सुकुम्बासी बस्ती डुवानमा परेको छ । ठलो संख्यामा पुशपन्छी र धनमाल बगाएको छ र ठलो क्षति भएको छ । बिहीबार राति गएको पहिरोमा परी लमजुङमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । अन्य घाईतेहरुको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ । तनहँु जिल्लामा सेती नदीमा आएको भीषण बाढीका कारण शुक्लागण्डकी नगरपालिका ४ र ८ नं. वडामा पर्ने पुलचोक आसपासका करिव ४२ घर परिबारलाई अन्यत्रै सारिएको छ । गत तीनदिन देखिको अविरल वर्षाका कारण बाढी पहिरोले ठूलो जनधनको क्षति भएको छ भने विद्युत प्रसारणमा समेत अवरोध भैरहेको छ । सम्बन्धीत निकाएको अबिलम्भ ध्यान जाओस र विद्युत प्रसारणलाई सुचारु गरियोस । सिद्धार्थ राजमार्ग, पृथ्वीराजमार्ग र पोखरा बाग्लुङ्ग मार्ग अवरुद्ध भएका छन । मौसमविदहरुको भनाई अनुसार अझै तिन चार दिन ठूलो वषा हुन सक्ने र त्यसबाट अकल्पनीय जनधनको क्षति हुन सक्ने कुरा बताई रहेका छन । त्यसैले सबैलाई सचेत रहन समेत अनुरोध गर्दछौं । घटनामा परी ज्यान गुमाउनु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौ । परिवारजनप्रति समवेदना र पीडित सबै प्रति गहिरो सहानुभूति व्यक्त गर्दछौं । बेपत्ताहरुको अविलम्ब खोजी गर्न, मृतकका परिवार जनहरुलाई तुरुन्त राहत उपलव्ध गराउन र जोखिममा रहेकालाई सबैलाई उद्धार गर्न र घरबाँस गुमेर विपद्मा परेकाहरुलाई पुनस्थापना गर्न हामी केन्द्र सरकार र प्रदेश सरकारसँग जोडदार माग गर्दछौं । यो विपद्को बेला पीडितहरुको उद्धार र सहयोगमा तुरुन्त लाग्नका लागि हाम्रो पार्टीका प्रदेश र सम्बन्धीत जिल्लाका सम्पूर्ण नेता कार्यकर्ताहरु सँग अपिल गर्दछौ ।
केश वहादुर परियार
सेक्रेटरी
नेकपा(क्रान्तिकारी माओवादी) ४ नम्वर प्रदेश समिति