भूमण्डलीकृत पुँजीवादलाई देश बेचिदिने विकासवादी अवधारणा

प्रकाशित मिति : २०७७ असार २३

- गोरे

 

२०७६ फागुन, १७को नयां पत्रिकामा प्रकाशित एउटा अन्तरवार्तामा समाजशाष्त्री डेसेन डा. मेरीलाई नेपालमा भइरहेको विकास र समृद्धिको बहसलाई कसरी हेरिरहनु भएको छ ? भन्ने प्रश्नमा उनले भनेकि थिइन– “यस कुरालाई विश्वव्यापी पर्यावरणीय संकटको प्रतिकृयाका रुपमा हेर्छु । किनभने यसलाई गहिरो ढंगले सम्बोधन गरिएन भने विकास र सम्बृद्धि दुबै हावादारी कुरा मात्रै हुनेछ । नेपालसहित विश्वभर अहिले मुख्यतः तीन प्रकारका प्रतिकृया देख्दैछु । पहिलो, पुँजीवादको दुष्परिणामलाई बेवास्ता गरेर जतिसक्दो छिटो सम्पत्ति कुम्ल्याउने र त्यसलाई विकास र सम्बृद्धि भन्ने । दोस्रो, यो संकेतलाई सामान्य समस्याका रुपमा लिने र पश्चिमा पुँजीवादी विकासको धारणाभित्रै रहेर पृथ्विलाई शोषण गरी नितान्त प्रांविधिक समाधान निकाल्ने । तेस्रो, पुँजीवादी भित्रको महत्वपूर्ण पक्षमध्ये रहेको ुनिरन्तर वृद्धिलाई रोक्ने, पेट्रोलियम पदार्थमा आधारित अर्थतन्त्रबाट मुक्त हुने र अब प्रकृतिसँगै मिलेर र त्यसका विधिहरु नै नक्कल गरेर (बायोमिमिक्रीं) बस्न सिक्नु पर्दछ भन्ने । अहिले मुलतः यही तीन प्रतिकृया देखिरहेको छु । नेपालमा पहिलो र दोस्रो धारणाको प्रयोग तिव्र गतिमा भइरहेको छ । तेस्रो धारणा नेपालमा छिट्फुट तर अत्यन्त महत्वपूर्ण वैकल्पिक कृषि जस्ता अभ्यास र विभिन्न आन्दोलनमा देखिने गरेको छ । पहिलो र दोस्रो धारणा नेपालले नीतिगत रुपले अंगिकार गरेको छ । त्यो भनेको भूमण्डलीकृत पुँजीवादलाई देश बेचिदिने धारणा हो । यसलाई स्वऔपनिवेशीकरण पनि भन्न सकिन्छ । त्यही दुई धारणाबाटै राष्ट्र र आम मानिस समृद्ध हुन्छ भनेर मानिसहरुलाई भ्रमित तुल्याउने प्रयास भइरहेको छ ।”

पुँजीवादको विकासले ल्याएको प्राकृतिक दोहनको विपत्तिले सम्पूर्ण प्राणीमा संकटको स्थिति मात्र होइन कतिपय जीव त पृथ्विबाट लोप नै भइसकेको अवस्थामा विभिन्न कोणबाट खोज, अनुसन्धानरत जीव वैज्ञानिक, पर्यावरणीय विज्ञ, समाजशाष्त्री, मानवशाष्त्री, इतिहासविद, प्रकृतिविद, वैज्ञानिक आदिहरुले अब धेरै लामो समयसम्म पृथ्विमा प्राणीहरुलाई बचाई राख्न सकिने छैन भनेर अध्ययन रिपोर्ट प्रस्तुत गरिसकेका छन् । माथिको प्रश्नको उत्तरदाता समाजशाष्त्री जो नेपालमा विगत ३५ वर्षदेखि अनुसन्धानरत हुनुहुन्छ, उहांको भनाइबाट प्रष्ट भइसकेको छ कि पूँजिवादी उन्मादले मानवलाई भोलि आफु पुरिने खाल्डो आफै बनाई रहेका छन् । यो भनाइलाई अझ थप पुष्टि गर्न कान्तिपुर दैनिकको २०७७ जेष्ठ, ३ गते कमल मादेन अनुसन्धानात्मक लेख पढ्नु उपयुक्त देखिन्छ । पृथ्विमा ४० हजार वर्षअघि मानव जातिको पुर्खाको रुपमा मानिएको होमो सेपियन्सबाहेक होमो नियन्डरथल, होमो डेनिसोवन्स, हामो फ्लोरेसियेन्सिस र होमो लुजुनेन्सिस पनि थिए । तर होमो सेपियन्सबाहेक यी ४ प्रजाति पृथ्विबाट लोप भइसकेका छन् । यसको सोझो अर्थ के हो भने मानवले आफुलाई सजिलोको लागि आफु बस्ने सुन्दर पृथ्वििलाई नै संकटमा धकेलिरहेको छ । हामीले यस विषयलाई धेरै अघिदेखिको भन्दा पनि पुँजीवादी शासन शुरु भएदेखिको विगतदेखि वर्तमानसम्मको समयलाई गहिरिएर केलाउंदा के प्रष्ट भइसकेको छ भने केहि मुठ्ठीभरका राष्ट्रमा पनि १ देखि ५ प्रतिशत र शासन सत्तामा रहनेहरुलाई मात्र फाइदा पुगेको देखिन्छ । जनसंख्याको यो सानो झुण्डको स्वार्थको लागि आज विश्वका सारा मानव मात्र होइन अन्य प्राणीहरुले समेत अनाहकमा वलिदान दिनु परेको तितो यथार्थ हो । जसको ज्वलन्त उदाहरण हो जलवायु परिवर्तन । नेपाल जस्तो अविकसित देशले केहि नगरिकनै यसको सजांय भोग्नु परिरहेको छ ।

यहांँ पुँजीवादको कुरा गर्दा यहांभित्र एउटा सुन्दर शव्द संसारभर दंका पिटिरहेको छ ुप्रजातन्त्रु । प्रजातन्त्रको अर्को विकसित रुप लोकतन्त्र आएको छ । यदि कसैले लोकतन्त्र वा प्रजातन्त्रको मूल्यमान्यतालाई अंगिकार गरेन भने उसलाई नाकाबन्दी, सहयोगबाट बञ्चित, राष्ट्र संघबाट निकालिदिने डर, धम्की, झुठा मुद्दा आदिबाट दुःख दिने गरिन्छ । हो, कसलाई रहर हुदैन र ? आफैमा सुखी, स्वतन्त्र, निष्पक्ष, रोजगार, शिक्षा, स्वास्थ्य आदि मानवलाई चाहिने सम्पूर्ण कुराको सहज व्यवस्था हुन्छ भने त त्यो जत्तिको खुशी के हुन सक्छ र ? के यी सबै देशमा समान रुपमा लागु हुन सकेको छ त ? हो, युरोप, अमेरिका र केहि अन्य विकसित देशहरुमा केहि हदसम्म सम्भव भएको पनि छ । किन कि त्यहां औधोगिक क्रान्तिपश्चात त्यो सम्भव भएको थियो । तर त्यो विकासे  पुँजीकेहि सिमित व्यक्तिको हातमा गएर थुप्रिनाले आज ती देशहरुमा पनि संकटको स्थिति देखा पर्न थालेको छ । यसैको फलस्वरुप आज विश्वको जनसंख्याको ठूलो हिस्सा वन्चितिकरणमा परिरहेका छन् । यहां अर्को प्रमुख विषय के हो भने प्रजातन्त्र, लोकतन्त्रको अनुभव के ती ठूलो हिस्साले सांच्चै गर्न पाएका छन् त ? यस्तो त लाग्दैन । यहां जनताद्वारा प्रत्यक्ष मताधिकारको प्रयोग पनि गरिन्छ । हो, त्यहां जनताले मतदान त गर्छन तर कसैले भनेको चिन्हमा जुन केहि सानो आर्थिक लाभ र केहि खानपिनमा । वास्तवमै भन्ने हो भने वास्तविक जनताहरुले प्रजातन्त्रको अनुभव गर्न पाएकै छैनन् । केहि विकसित देशहरुमा प्रजातन्त्रको अनुभव गरेको अनुभुति गर्न सकिन्छ । ती देशहरुमा माक्र्सको विचारधाराबाट प्रभावित भएर सरकारले लोक कल्याणकारी कार्यक्रम मार्फत सामाजिक सेवा पु(याइरहेको देखिन्छ र जनतामा शिक्षा, स्वास्थ्य, रोजगार जस्ता विषयमा समेत ग्यारेन्टि जस्तै भएकोले अहिलेसम्म स्थिरता रहन सकेको देखिन्छ । तर अविकसित देशहरुमा भने सिमित श्रोतसाधनको कारण र राजनीतिक स्वार्थका कारण ती अवसरहरु सिमित व्यक्तिहरुको मात्र पेवा बन्ने गरेको देखिन्छ । अहिलेसम्मको घटनाक्रमलाई हेर्दा वास्तवमा विश्वमै प्रजातन्त्र छ भनेर भन्न सकिने अवस्था छैन । किनभने एकातर्फ राजनीतिलाई पुँजीपति वर्ग, दलाल, व्यापारी, ठेकेदार, अन्डरवल्र्ड डन, सहयोगी दाता, अन्तर्राट्रिय प्रभाव र सुन्दर नाराहरु र आकर्षक डिजाइनरहरुको प्रयोग आदिबाट प्रभावित रहेको देखिन्छ । चुनाव जित्नको लागि यिनै श्रोतको परिचालन गरी जितिन्छ र यिनैले भने अनुसार राज्यसत्ता चलाउनु पर्ने हुन्छ । सिध भन्नु पर्दा चुनाव जित्न ठूलो धनराश िखर्चनु पर्दछ । यस्तो अवस्था विशेष गरेर अल्पविकसित देशहरुमा प्रयोग गरेको देखिन्छ । नेपालमा कहिल्यै पनि प्रजातन्त्र आएन भन्दा फरक नपर्ला । नेपालमा परापूर्वकालदेखि नै राजतन्त्रात्मक शासन व्यवस्था रह्यो । जहां राजपरिवार र उनिहरुले विश्वास गरेका व्यक्तिहरुद्वारा प्रशासन चलाउने गरियो । प्रजाहरुले तिनीहरुले जे भन्यो हवस् भनेर मान्नु शिवाय अर्को विकल्प थिएन । ऊ प्रजाको नजरमा सिंह भन्दा कम हुदैनथे । त्यस समयमा गुमेको राज्य शक्ति हातमा लिनको लागि भारतका राजाहरुबाट सहयोग लिने गरेको उदाहरण देखिन्छ । राणाहरुले आफ्नो शासन बचाई राख्नको लागि इष्ट इन्डिया कम्पनीको चाकडी गरेको देखिन्छ । २०४६ सालको परिवर्तन अघिसम्म यस्तै व्यवस्था चल्तिमा रह्यो । २०४६ पछि प्रजातन्त्रको नाममा मताधिकार गर्ने अधिकार त शुरु भयो तर जनता आफ्नो स्वविवेक प्रयोग गर्नबाट बन्चित रहे । वुथ कव्जा, भारतको अप्रत्यक्ष सहयोग, अरुको नाममा मत खसाल्ने, आर्थिक वितरण, टोले डनहरुको प्रयोग, डर, धम्की, विभिन्न प्रलोभन आदिको प्रयोग गरी चुनाव जित्ने चलन चल्यो । चुनाव जित्ने माननीय वा जनप्रतिनिधि ती जनतासंग सरोकार वा जनताप्रति जवाफदेहि हुनु पर्दैन । तिनीहरु उनिहरुले भने अनुसार नै शासन सञ्चालन गरिरहेका छन् । जनताले भने अनुसार शासन सञ्चालन गरेमा उनिहरुको सरकार कतिखेर जान्छ त्यसको कुनै ग्यारेन्टि छैन । चाहे त्यो दुई तिहाइकै सरकार किन नहोस् । यस्तो चलन परापुर्वकालमा राजतन्त्रको समयमा पनि थियो तर अहिले जस्तो देशको अस्तित्व नै धरापमा पार्ने गरी भएको देखिदैन । देशमा जति पनि परिवर्तन ल्याउन सहयोग लिइयो, त्यसको बदलामा कोशी सम्झौता, गण्डक सम्झौता, व्यापारिक सम्झौता, महाकाली सम्झौता, गण्डक सम्झोता जस्ता केहि न केहि सम्झौतामार्फत देशलाई नोक्सान पु(याएको देखिन्छ । यसको सिधा अर्थ के हो भने इष्ट इन्डिया कम्पनीकै नीति अंगिकार गरी नेपाललाई सधैं आफ्नो स्वार्थमा प्रयोग गर्ने देखिन्छ । नेपालका राजनीतिक दलहरु प्नि आफु राज्य सत्तामा आउन देशको हितलाई भन्दा आफ्नो हितलाई प्रमुख मानेको देखिन्छ । यसले गर्दा नेपालको अस्तित्व नै धरापमा पर्दा पनि भारतको अगाडी नतमस्तक भएर भारतकै इसारामा चल्नु केहि राजनीतिक दलहरुको नियति बनेको छ । यसैको दुस्परिणाम अहिले झण्डै दुई तिहाइको सरकार हुंदा पनि विकासको गति उस्तै छ । यी सम्पूर्ण विषयलाई हेर्दा वास्तविक प्रजातन्त्र विश्वमा कहिं पनि छैन । प्रजातन्त्र छ भने स्वीट्जरल्याण्डमा मात्र छ । जहां जनताले नै प्रतिनिधि चुन्छन् र यदि गलत काम गरेमा विचमै फिर्ता बोलाउने चलन छ । नेपालमा एउटा दुःख लाग्दो र लाज लाग्दो वास्तविकता के छ भने आफु शक्तिमा आउन विभिन्न हत्कण्डा मच्चाउने गरेको देखिन्छ । नेपाली कांग्रेस शक्तिमा आउन शसष्त्र आन्दोलन, माले शक्तिम आउन झापा काण्ड, माओवादी शक्तिमा आउन दश वर्षे विद्रोह र सानातिना घटना जस्तैः दलितको शिक्षक, मकै पर्व, अलौ पर्व, कोत पर्व, जातिय आन्दोलन, दलित आन्दोलन जस्ता घटनाहरु घटाउने गरेको देखिन्छ । जसको स्वार्थ आफु सत्तामा आउनको लागि मात्र देखिन्छ । यो भनेको के देखिन्छ भने आफु शक्तिमा आउन आन्दोलन, विद्रोह, क्रान्ति जनताको अगाडी देखाउनको लागि मात्र राम्रो प्रजातान्त्रिक मुखुन्डो लगाउने र सत्ता प्राप्त भएपछि त्यसलाई फुकालेर वास्तविक रुपमै उनिहरुकै सेवामा लाग्ने । अर्थात उनिहरु जसको भक्तिमा लाग्नु पर्ने हो, जसको आज्ञा पालन गर्नु पर्ने हो, त्यहि गर्दछन् । जनतालाई त झुठा आस्वासन दिए पुग्छ । आस्वासन अनुसार भइदिएको भए आज के मात्र प्राप्त गर्ने थिएनन् नेपाली जनताले ? नेपाल आज विकसित देशमा परिणत भैसकेको हुने थियो र मेलम्चीको पानी काठमाडौंमा, भ्यागुता जस्तै उफ्रने विकास, सफा हराभरा काठमाडौं, मेट्रो रेल सञ्चालन, पानी जहाज सञ्चालन, घरघरमा ग्यांसको पाइप, समृद्ध नेपाल बस् यस्तै यस्तै विकासले भरिभराउ भइसकेको हुनेथियो कि ? आस्वासन बांड्न शुरु गरेको पनि प्रजातन्त्र प्राप्ति भएको २०४६ पछिको गणना गर्दा पनि ३१ वर्ष पुगिसकेछ । हुंदाहुंदा अब शहर परनिर्भर हुनु त स्वाभाविक थियो किन कि शहरका जग्गा घडेरीमा परिणत भैसके तर विडम्वना, आफै आफ्नो खेतवारीमा उव्जनी गरेको अन्नवालीबाट खान लाउन र निर्यात गरी अर्थोपार्जन गर्ने किसान समेत आयातित खाद्यवस्तुमा भर पर्नु नेपालको अर्थतन्त्रको दरिद्रतालाई झल्काउंछ । पुस्तौदेखि चलिरहेको जीवन निर्वाहमुखी कला, सीपसमेत लोप हुन लागेको देख्दा लाग्छ, अब देश पूर्ण परनिर्भर भैसकेछ । यसको सिधा अर्थ के हो भने यदि यसलाई नयां वजार व्यवस्थापनको साथ र त्यो कला, सीपलाई समयानुकुल आधुनिक रुपमा परिमार्जन गर्दै निर्यातमुखी बनाउनतिर नलाग्ने हो भने नेपालमा यस्तो संकट पैदा हुनेछ, यस्तै महामारी वा भारतमा कुनै उथलपुथल भएमा नेपाली जनताको हालत इथियोपिया, हाइटि भन्दा कम हुने छैन । भारतको चाहना पनि यहि छ । नेपाललाई जतिसक्दो आफुमा निर्भर बनाउने र आफुले भनेजस्तो फाइदा लिने । भारतमा इष्ट इण्डियाको प्रवेशपछि चिनसम्म पुग्नको लागि नेपाललाई कव्जा नगरि नहुने थियो । सोहि कारण इण्डिया कम्पनीले नेपालमाथि आक्रमण शुरु ग(यो र नेपालको ठूलो भू(भाग पनि कव्जा गर्न सफल भयो । पूरै नेपाल कव्जा गर्न सकेन तापनि सधैं नेपाल आफ्नो दबावमा राख्न सफल भयो । भारत व्रितिश कम्पनीबाट सन् १९४७ मा स्वतन्त्रतापछि पनि भारतले नेपालमाथि सोहि कम्पनीकै रणनिति अनुसार कुतनीतिक खेल खेलिरहेको देखिन्छ । यो रणनीति सफल गराउन मुख्य भूमिका नेपालकै राजनीतिक दलहरुको कमजोरीको फाइदा उठाएको देखिनछ । यस्तो नाजुक अवस्था आउनुमा मुख्य गरी केहि नेपाली राजनीतिक दलहरुले भारतको सहयोगमा परिवर्तनको नाममा प्रजातन्त्र ल्याउनु नै अभिसाप बन्न गयो । विशेष गरी यस्तो अवस्था आउनुमा प्रजातन्त्र प्राप्तिपछि वेलायतबाट शुरु गरिएको र जनतालाई विभिन्न बहानामा दातृ सहयोग संगसंगै नवउदारवादी नीति विश्वभरि लागू गर्नु हो भन्दा फरक नपर्ला कि ? सहयोगको बहानामा युरोप, अमेरिका, भारत जस्ता पूँजिवादी देशहरुले जवर्जस्त थोपरिदिएको नीतिको परिणाम हो । यसका नाइके बनेर अमेरिकामा अर्थशाष्त्रमा पिएचडि गरेर उतै गुजारा गरेर बसिरहेका डा. रामशरण महत अर्थ विज्ञको रुपमा नेपाल भित्र्याइयो र अर्थमन्त्री बनाएर विभिन्न देशको सहयोगबाट स्थापित देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको उद्योगहरुलाई कौडीको भाउमा विक्री र भाडामा दिइयो । राम्रै चलिरहेको उद्योगहरुमा पनि विभिन्न बहानामा हड्ताल, बन्द, कच्चा पदार्थ नभएको, उत्पादित वस्तु विक्री नभएको जस्ता कारणले ती कारखानाहरुलाई पनि जर्जर बनाउन सहयोग पु(याई रह्यो । जसको उदाहरणको रुपमा हिमाल सिमेण्ट उद्योग, गोरखकाली रबर उद्योग, हरिसिद्धि टायल कारखाना, हेटौडा कपडा उद्योग आदि जुन आजपर्यन्त जिर्ण अवस्थामा छन् । अर्को, नेपाल विश्व व्यापार संगठनमा प्रवेश गर्नु रहेको छ । जसको प्रत्यक्ष मारमा साना निर्वाहमुखी खेतीकिसानी र घरेलु साना पेशा व्यवसायमाथि प(यो । यसो गर्नुमा पूँजिवादीहरुलाई पक्षपोषण गर्नु थियो भने उनिहरुको पूँजिवादी शासन व्यवस्था विश्वभरी फैलाउनु थियो । यसो गर्दा नेपालका केहि राजनीतिक दलहरुलाई त प्रत्यक्ष फाइदा थियो र भयो पनि तर त्यसको नतिजा के आयो ? जो आफ्नै खेतीकिसानी र पेशा, व्यवसायमा हांसीखुशी गुजारा चलाई रहेका थिए, जसको उत्पादित अर्गानिक वस्तु भारतको विभिन्न अनुदान र व्यवस्थित वजारको पहुंचमा रहेको विपरित नेपालको परम्परागत र सरकारको कुनै सहयोग नरहेको अवस्थामा ती उत्पादन महंगो सावित भयो र त्यसको ठाउंमा भारतबाट व्यवसायिक विषादियुक्त वस्तुले लियो । यहांसम्म त ठीकै थियो, त्यहि समयमा विभिन्न खाडी मुलुकहरुमा दक्ष, अदक्ष कामदारको माग हुनु र अन्य रोजगारको विकल्प नभएको अवस्थामा परम्परागत खेतीकिसानीको समेत विक्रीवितरणमा समस्या भएपछि उत्पादनमा योगदान दिन सक्ने ठूलो जनशक्ति ती देशमा सस्तोमा श्रम बेच्न बाध्य भए । यो जनशक्तिमा पनि ७५५ जति गाउंघरबाट नै गएको देखिन्छ । त्यसैको परिणामस्वरुप आज देशको अर्थतन्त्रमा ठूलो प्रभाव पार्न सक्ने त्यो शक्ति अरुको देशमा गएर नोकर बन्न बाध्य छ र कमाएको ठूलो आम्दानी विदेशबाट आयातित वस्तुले विहान बेलुकीको गुजारा र शिक्षा, स्वास्थ्यमा सकाउन बाध्य छ । नेपाली शिक्षामा यस्तो ज्ञान दिइयो कि कृषि पेशा भनेको अर्ध वेरोजगार मात्र हो र यसबाट पूर्ण रोजगार प्राप्त नहुने भएकोले अर्को विकल्प खोज्नु पर्छ । जसको फलस्वरुप कृषि क्षेत्र आज घृणित पेशा बन्यो र नेपाली जनता खानाको लागि भारतको भर पर्नु पर्ने भयो । देशमा यो अवस्था आउनुमा आफ्नो देशको श्रम, शिक्षा, सीप र जनशक्तिलाई अपाङ्ग बनाएर पूँजिपति वर्गको क्षणिक रमझममा झुम्दाको परिणति आज देशले भोगिरहेको छ । नेपाली राजनीतिक दलहरुको पहिलो कमजोरी भनेको के देखिन्छ भने नेपाली जनतामाथि विश्वास नरहेको देखिन्छ । नेपाली जनताको विश्वास नगरेर सत्ताको साँचो भारतको हातमा छ भनेर उनिहरुको भर पर्दा नेपालको आर्थिक अवस्था दिन प्रति दिन विगं्रदो अवस्थामा पुगिरहेको छ । नेपालको परिवर्तनमा सधैं भारतको हात रहनु र त्यसको फाइदा स्वरुप विभिन्न सन्धिमार्फत भूमि, जलश्रोत, व्यापार, ठेक्का आदि हात पार्नु हो । त्यसैले भारतले आफ्नो स्वार्थभन्दा बाहिर जान नदिनको लागि नेपालको राजनीतिमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा हस्तक्षप गरेको देखिन्छ । अहिलेको जल्दोबल्दो विषय भनेको नेपालको भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेक कुनै पनि हालतमा नछोड्ने रणनीति देखिन्छ । सकभर त्यो भू(भाग हाम्रै हो भनेर जवर्जस्त हडप्ने, नसके त्यसको बदलामा अर्को कुनै भूभाग दिनेसम्मको रणनीति देखिन्छ । भारतका विभिन्न विद्वान र पत्रकारहरुको भनाइलाई आधार मान्ने हो भने त्यो भू(भाग उनिहरुको लागि सामरिक महत्वको छ । पहिलो, चिनलाई आक्रमण गर्न सजिलो हुने, दोस्रो, तिव्वतको मानसरोवर जाने छोटो बाटो हुने र तेस्रो, चिनसंग व्यापार गर्न छोटो बाटोको रुपमा रहेकोले यसलाई भारतले सामरिका महत्वमा राखेको देखिन्छ ।

नेपालको भौगोलिक वनावट राजनीतिक कमजोरीलाई ध्यानमा राखेर अबका दिनमा क्रान्तिकारी दलहरुले उत्पादक शक्ति र उत्पादनका साधनहरुवीच समुचित व्यवस्थापनद्वारा आर्थिक, सामाजिक विकासमा टेवा नपु(याउने हो भने फेरी पनि विभिन्न बहानामा तिनै पूँजिपति वर्गहरुकै हालिमुहालीमा रुमल्लिन पुग्ने निश्चित छ, जुन सबै क्रान्तिहरुमा भएको छ । होइन भने तिनै हिजोका जनताका शोषक, सामन्ति, दलाल आदि भनेर चिनिएकाहरु नै कसरी क्रान्तिकारीभित्र पनि उनिहरुकै हालीमुहाली सम्भव भयो ? जुनै राजनीतिक दल शक्तिमा आए तापनि तिनीहरु नै विभिन्न साइनो जोडेर सुविधा जति पोल्टामा पार्न सफल हुन्छन् । हो, अब, यसलाई नचिरि देशको विकास हुन्छ भनेर भनिन्छ भने फेरी पनि धोखा नै हो । किन कि तिनीहरुलाई चिर्न त्यति सजिलो छैन । किनभने उनिहरुको अन्तर्राष्ट्रिय पहुंच छ, जसलाई कहां कसकोमा प्रवेश गराएर आफ्नो अनुकुल वातावरण बनाउन सकिन्छ, तिनीहरुलाई राम्रोसंग थाहा छ । उदाहरणको रुपमा क. प्रचण्ड र क. लालध्वज काफी छैनन् र ?
त्यसैले हामीले अब देशलाई हाम्रा सन्ततिहरुलाई पुस्तान्तरण गर्दै सदाको लागि दिगो र समुन्नत विकसित देश सुम्पन चाहन्छौं भने तल्लो भन्दा तल्लोस्तरसम्म दिगो र पर्यावरणीययुक्त देश निर्माण गर्नतिर नलाग्ने हो भने भावी पुस्ताले अहिलेको पुस्ताले भन्दा भयानक, विकराल पीडा भोग्न बाध्य हुनेछन् । कतै तपांई हाम्रो गल्तिको सजांय आफ्ना अबोध सन्ततिलाई त दिदै छैनौ । एउटा नेपाली विहान बेलुका खानसमेत विदेशीको हात थाप्नु पर्ने र ती आफ्नो पौरखले उत्पादन गरेका सामानहरुले देशभित्रै वजार नपाउने हो भने देश समृद्धि हुन्छ भनेर भन्नु दिउसै रात पार्नु हो र जनतालाई भ्रम छरिरहने र सधैं मुठ्ठीभर व्यक्तिलाई पोस्ने शिवाय केहि होइन । जबसम्म ती निर्दोस, सोझो, मिहिनेती, छलकपतरहित, अशिक्षा, गरीवि, थिचोमिचो, दमित, असमान, कमैया, हलिया, भाषा, सुकुम्वासी आदि विभिन्न विभेदमा परेका छन्, तिनीहरुको उत्पादित वस्तुले सहज रुपमा वजारको पहुंच राख्दछन्, समान रुपले राज्यबाट उपलव्ध हुने विभिन्न सुविधाको विना झन्झट पहुंच राख्न सक्दछन्, शिक्षा, स्वास्थ्यको सहज पहुंच राख्न सक्दछन्, तब मात्र देशमा सबैले अपनत्व अनुभुति गर्नेछन् र राष्ट्रभक्तिको विकास भई देशले दिगो विकासमा फड्को मार्न सक्नेछ । यो भनेको एउटा विकासको जग हो । जुन जगले देशलाई सधैं आत्मनिर्भर बनाई राख्न सहयोग गर्दछ र अन्य विकासको ढोकाहरु खोल्न सजिलो हुन्छ । कुनै एउटा घर, मन्दिरको जग बलियो भयो भने त्यो कति पुस्तौंसम्म पनि केहि हुदैन भन्ने प्रमाण २०७२ को भुकम्पले भत्किएका पाटन र भक्तपुरका केहि मन्दिरको उदाहरणलाई देख्न सकिन्छ । माथिको संरचना भत्किदा पनि जग केहि नभएको र त्यसैमाथि ती मन्दिरको पुनर्संरचना गरिएकोले जगको महत्वलाई बुझाउंछ । त्यसैले नेपालको जग भन्नु नै कृषि तथा पशुपालन व्यवसाय र तिनीहरुको उचित भण्डारणको साथै सहज वजारको व्यवस्थापन हो र विभिन्न जात जातिहरुको कला, सीपमूलकयुक्त घरेलु उद्योग, कलकारखानसमेतको उचित सम्बद्र्धन र वजारको समुचित व्यवस्थापन नै हो । नेपालको राजनीतिक परिवर्तनलाई नियाल्दा विभिन्न कालखण्डमा भएका आन्दोलन, विद्रोह आदिबाट प्राप्त परिवर्तन कहि न कहि गएर उहि पुरानै दलाल, पुँजिपतिहरुकै हातमा पुग्नु ती उत्पिडित वर्गहरुको जरासम्म पुग्न नसक्नुकै एउटा प्रमुख मान्न सकिन्छ । जुन कुरा विभिन्न समयमा भएको क्रान्तिले प्रमाणित गरिसकेको छ । किन भने यी क्रान्तिहरुले तिनै पुँजीपति वर्गलाई मात्रै फाइदा भएको छ ।

र अन्त्यमा एउटा अन्वेषणात्म लेखको भनाइलाई प्रस्तुत गर्न चाहन्छु । “बसाइसराई गरेर आउने मानिसको पुनर्वासका लागि अमेरिकी र नेपाली सहकर्मीसँगै म ठुल्ठुलो ट्रयाक्टर र अन्य आधुनिक औजारहरुले हात्तीको घाँसे मैदान खन्न र जङ्गल फाँड्न सहयोग ग(यौं । हामीले केहि नसोची बाघ, हात्ती र अन्य जनावरलाई उनिहरुको वासस्थानदेखि झन्डै निर्मूल नै हुने गरी खेद्यौं । थारुहरुलाई उनिहरुकै रैथाने भूमिमा किनारीकृत ग(यौं । अहिले सोच्दा त्यसबेला म त दोस्रो विश्वयुद्धको उत्तराद्र्धमा आएको विकासको सोझो तर खतरनाक एजेण्ट पो बनेको रहेछु । त्यो गतिविधिले वातावरण र सांस्कृतिक एकतामा पर्ने नकारात्मक असरबारे कुनै चिन्ता नै गरिएनछ । औलो उन्मुलनपछि समुदायमा परेको प्रभावबारे एक जना धिमाल अग्रजले एक दशकअघि भनेको अझै सम्झन्छु, अरुका लागि त औलो भयो तर हाम्रा लागि झन्डै धिमाल नै उन्मुलन भयो । राई, जनक, नयां पत्रिका ।