श्रीनाथ अधिकारी (कमरेड श्याम) को प्रथम बार्षिक स्मृति कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ४ नम्बर प्रदेशको आयोजनामा पोखरामा सम्पन्न

श्रीनाथ अधिकारी (कमरेड श्याम) को प्रथम बार्षिक स्मृति कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ४ नम्बर प्रदेशको आयोजनामा पोखरामा सम्पन्न


असार २२ पोखरा,
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिटव्युरो सदस्य, ४ नम्बर प्रदेश कमिटिका सस्थापक सेक्रेटरी एवंं देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका सस्थापक केन्द्रिय सचिवालय सदस्य श्रीनाथ अधिकारी ृ कमरेड श्याम को दुस्खद निधन भएको आज एक वर्ष पूरा भएको छ । प्राणघातक रोग क्यान्सरका कारण उहाँको २०७६ साल असार २२ गते दुस्खद निधन भएको थियो । सर्वहारा वर्ग र क्रान्तिकारी विचार प्रति उहाँको निरन्तर विश्वास, निष्ठा र दृढता जीवन पर्यन्त उच्च रही रहओं । नेपाली कम्युनिस्ट आन्दोलनका एक इमान्दार, सादगी, सिद्धान्तनिष्ठ, आजीवन श्रमजीवी शोषित उत्पीडित वर्ग र समुदायको महान मुक्ति आन्दोलनमा अविचलित रुपमा समर्पित सरल, शालीन र आदर्श नेता श्रीनाथ अधिकारी (कमरेड श्याम) को प्रथम बार्षिक स्मृति कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ४ नम्बर प्रदेशको आयोजनामा पोखरामा भव्य रुपमा सम्पन्न भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का स्थाई समिति सदस्य, मध्ये व्युरो इन्चार्ज एवं देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रिय अध्यक्ष, बरिस्ठ नेता कमरेड सी पी गजुरेलले बिधुतिय उपकरणको मध्यमबाट प्रथम बार्षिक स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै जननेता श्रीनाथ अधिकारी (कमरेड श्याम) ले नेपाली कम्युनिस्ट आन्दोलनमा खेल्नु भएको अतुलनीय भूमिकाको चर्चा गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भयो । नेता गजुरेलले देशको वर्तमान राजनीतिक अवस्थाका बारेमा समेत ब्याख्या विस्लेषण गर्दै देशमा ठुलो राष्ट्रिय संकट आइरहेकोले देशभक्त स्वाभिमानी नेपालीहरु निरन्तर आन्दोलनमा लागि रहनु पर्ने बेला आएको छ भन्नु भयो ।

उक्त बार्षिक स्मृति कार्यक्रममा पार्र्टीका पोलिटव्युरो सदस्य एवं ४ नम्बर प्रदेश इन्चार्ज कमरेड अटलले कमरेड श्यामको सम्क्षिप्त जीवनी र उहाँसँका अविस्मरणीय बिगतको छोटो ब्याख्या सहित कमरेड श्रीनाथ अधिकारी एक अविस्मरणीय व्यक्तित्व शिर्षकको लेख पठाउनु भएको थियो । उक्त लेखमार्फत उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । पार्टी केन्द्रिय सदस्य एवं गोर्खा जिल्ला इन्चार्ज कमरेड निश्चलले परिवारको तर्फबाट सम्क्षिप्त रुपमा उहाँको राजनीतिक, सामाजिक र पारिबारिक अवस्था र भूमिकाका बारेमा ब्याख्या गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भयो । उक्त बार्षिक स्मृति कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रिय सल्लाहकार कमरेड भिम बहादुर श्रीस मगर, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ४ नम्बर प्रदेश अध्यक्ष कमरेड नेत्र रानाभाट, प्रगतिशील प्राध्यापक संगठनका केन्द्रिय उपाध्यक्ष तथा पार्टी प्रदेश कमिटि सदस्य कमरेड परशुराम कोइराला, अखिल नेपाल आदिवासी जनजाती महासंघ, ४ नम्बर प्रदेश संयोजक तथा देजमो नेपाल केन्द्रिय सदस्य कमरेड टेक बहादुर गुरुङ, जनसांस्कृतिक महासंघ केन्द्रिय सदस्य तथा सङ्गम सांस्कृतिक मंच नेपालका अध्यक्ष क.काजीबाबु श्रेष्ठ लगायतका वक्ताहरुले कमरेड श्यामप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।


नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिटव्युरो सदस्य यवं ४ नम्बर प्रदेश सेक्रेटरी कमरेड केश बहादुर परियारको अध्यक्षतामा सम्पन्न प्रथम बार्षिक स्मृति कार्यक्रममा कमरेड श्रीनाथ अधिकारीकी जीवनसंगिनी एवं अखिल नेपाल महिला संघ ृ क्रान्तिकारी ४ नम्बर प्रदेश समिति सदस्य कमरेड राधिका अधिकारी, पार्टीका प्रदेश कमिटिका सदस्यहरु, जिल्ला कमिटिका सदस्यहरु, देजमो नेपाल लगायत जबस मोर्चाका कमरेडहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन पार्टी केन्द्रिय सदस्य एवं प्रदेश सचिवालय सदस्य कमरेड रामजी थापाले गर्नु भएको र स्वागत मन्तब्य पार्टी केन्द्रिय सदस्य एवं प्रदेश सचिवालय सदस्य कमरेड बाबुराम सुबेदीले राख्नु भएको थियो ।