मजदुरहरुलाई निष्कासन गर्ने र तलब कटौती गर्ने कार्य बन्द गर्न क्रान्तिकारी अटोमेकानिक्स श्रमिक मजदुर संघको चेतावनी

प्रकाशित मिति : २०७७ असार २४

काठमाडौं । कोभिड–१९ को महामारीलाई कारण देखाउँदै धेरै कम्पनीहरुले धमाधम श्रमिकहरुलाई पेशाबाट निस्कासन गर्ने, खाइपाइ आएको तलब सुविधा कटौती गर्ने गरेको घटनाक्रमप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै अखिल नेपाल क्रान्तिकारी अटोमेकानिक्स श्रमिक मजदुर संघले एक वक्तव्य जारी गरी उक्त कार्य तत्काल बन्द गरे जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।

क्रान्तिकारी अटोेमेकानिक्स श्रमिक मजदुर संघका केन्द्रीय अध्यक्ष कमार घतानीले मंगलबार एक वक्तव्य जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । उनले जारी गरेको वक्तव्यमा महामारीका कारण सरकारले लगाएको लकडाउनको बहानामा अटो ब्यवसाय कम्पनीहरुले काममा लगाएका मजदुरहरुलाई निष्कासन गर्ने, उनीहरुले खाइपाइ आएको तलब सुविधा कटौती गरिरहेको उल्लेख गर्दै यस्तो कार्य तत्काल बन्द गरी व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको छ । संगठनको आग्रहलाई बेवास्ता गरी आफूखुशी मजदुरहरुलाई रोजगारीबाट निष्कासन गर्ने कार्य नरोकिए वक्तव्यमा जस्तोसुकै कदम चाल्न संगठन बाध्य हुने चेतावनी दिइएको छ ।