आषाढ ६ गते, भैरहवा,
नेकपा (क्रान्तिकारी माओवादी) सहितका एमसीसी संझौता खारेजी आन्दोलनमा संलग्न राजनीीतक दलहरुको संयुक्त विरोध कार्यक्रम भैरहवाको बुद्धचोकमा सम्पन्न गरियो । उक्त विरोधसभालाई नेकपा (क्रान्तिकारी माओवादी) का पिविएम एवं ५ नं प्रदेश प्रमुख प्रेम सुवेदीले सम्बोधन गरेका थिए । विरोधसभालाई राजमो केन्द्रीय उपाध्यक्ष बद्रे आलम, मालेका स्थाई समिति सदस्य गोपालमणि गौतम, नेकपा मसालका रुपन्देही प्रवक्ता नारायण जिसी र माकेका विनोद उपाध्यायले पनि सक्वोधन गरेका थिए । सम्वोधनका क्रममा सबै वक्ताहरुको जो नेपालमा अहिले एमसीसी विरुद्ध सडकमा र बहसमा देखिएका सबै राजनीतिक शक्तिहरु, नागरिक समाज र वौद्यिक व्यक्तिहरु एक जुट भएर एमसीसीको खारेजीका लागि राष्ट्रव्यापी आन्दोलनको तयारीमा जुटनु पर्ने आवश्यकता औल्याएका थिए ।

हार्दिक शुभकामना !

वर्तमानमा एमसीसी विरुद्ध देखिएको जनमथलाई क्रमस व्श्वि साम्राज्यवादका विरुद्ध विकास गरेर लैजान ध्यायान दिन जरुरी भएको समेत वक्ताहरुले जोड दिएका थिए । उक्त विरोधसभाको अध्यक्षता राजमोका जिल्ला अध्यक्ष टान ब. केसी र सञ्चालन देजमो, नेपालका जिल्ला सचिव मोजीब अलिले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर