खैरात विरुद्ध

खैरात विरुद्ध

जे जे छ
मुल्यवान चिज
हामी सँग
तिमी बेच्न
तयार छौ

हिजोदेखी
आजसम्म
सबै सबै
दिन रात
पल छिन
सुम्पन
राजी छौ

सिरदेखि
पाइतालासम्म
मनदेखि विवेकसम्म
आँखा ओठ
गाला कान
हात खुट्टाका औंला
छाला र नङसमेत
बिक्री गर्दै छौ

यो त्यस्तै
त्यस्ताहरूको
व्यवस्था हो

ओ शासक !
देश बेच्ने
करारनामा
अर्थात्
कुनै पनि
दुरभी सन्धि
प्रिय छैन

हामी
तिमी
र तिम्रो चाहना
विपरीत
उठिरहन्छौं
उठिरहन्छौं

तिमी आफू
बेचिए पनि
हामी हाम्रो
एउटा कण पनि
बेच्न दिन्नौं
खैरातमा
पाइने चिज
चाहन्नौं