सिरानी हालेर
देशको सग्लो नक्शा
मिठो निद्रामा सुतिरहेकै बखत
देशमा भयानक झेल हुन सक्छ
सग्लै देश गुम्ने खेल हुन सक्छ !

हार्दिक शुभकामना !

सग्लो नक्शाको
मोहक मादकतामा
हामी लठ्ठिरहेकै बखत
देश देश नरहन पनि सक्छ
र हामी शरणार्थी भैसक्न सक्छौं
आफैं उभिएको माटोमा !

मिठो निद्रामा राष्ट्रवादको
प्रेमिल सपनीमा हामी
निद्रामै मस्किरहेकै समयमा
यहाँ नसोचेको कुरा हुन सक्छ
हामी ब्युँदा आँगनमा
पहाडे खसीको
भाग लगाएको मासुझैं
कोही गोरो छाला भएको कसाही
भाग लगाइरहेको हुन सक्छ
हाम्रो देशको फोक्सो -कलेजो
हाम्रो देशको मुटु- ह्याकुलो !

वर्षौंपछि
देख्न पाउँदा सग्लो नक्शा
प्रेमको प्रथम आलिङ्गनझैं
आलिङ्गनमा हुँदा हामी
अँगालो हालेर देशको नक्शा
हाम्रो अँगालोमा नक्शा
र कसैको अँगालोमा देश
यस्तो दुर्घटना भैदिन सक्छ !

प्यारा भाइ बहिनीहरू
हाम्रो निद्रा इन अफ इज इन अफ
अब झट्टै ब्युँझनु पर्छ
को देशको लागि लड्ने
को पिआरको लागि लड्ने
असली परीक्षा त अब पो हुँदै छ !

२०७७|०३|०४
भक्तपुर

कवि तिमिल्सिनाको फेसबुकबाट

प्रतिक्रिया

सम्बन्धित खवर