काठमाडौं । लकडाउनको अवधिमा विभिन्न देशमा झण्डै तीन सय शव रहेको बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताएका छन् । उनका अनुसार नेपाल ल्याउनु पर्ने शव करिव दुई सय रहेको र करिब एक सय शवको उतै अन्त्यष्टी गरिने तयारी गरिएको छ । जसमध्ये चार्टर्ड उडान सुरू भएपछि शुक्रबार कतारबाट २० शव ल्याइएको छ । दिउँसो कतार एयरवेइजले एकै पटक २० वटा शव ल्याएको थियो ।


बिहानै हिमालय एयरलाइन्सले साउदीबाट भैरवबहादुर बस्नेतको शव ल्याइपु¥यायो भने त्यसपछि कुवेतबाट दुई र युएईबाट एउटा शव आइपुग्यो । कतारबाट ४३ यात्रु र २० वटा शव एउटै फ्लाइटमा ल्याइएको थियो । कतार एयरवेजमा आएका ४३ नेपाली आममाफी पाएका नेपाली कामदार हुन् ।

हार्दिक शुभकामना !

शुक्रबार शव ल्याइएकामा बर्दियाका शुकराम थारु, सर्लाहीका अरुणकुमार पञ्जीपुर, मस्तक सैक र मनोज पासवान, महोत्तरीका शिवकुमार राउत र अनिल चौधरी, धनुषाका चाउतारवा मण्डल खत्वे, मकवानपुरका जितेन्द्र थापामगर, रुपन्देहीका यमबहादुर थापा, सिराहाका काशीनन्द्र यादव र रुपेशकुमार मण्डल, कपिलवस्तुका मोहम्मद अलामा मुसलमान, लमजुङका कुम्बा तामाङ, बाँकेका भक्तबहादुर थापामगर, सप्तरीका राजेन्द्रप्रसाद मण्डल रहेका छन् ।

त्यस्तै मोरङका युवराज अधिकारी, भोजपुरका धर्मकुमार थापा र मंगलबहादुर तामाङ, उदयपुरका मीनबहादुर थापा र सुर्खेतका नरबहादुर कामीको शव ल्याइएको छ । यी सबै शव सम्बन्धित परिवारको घरमै पु¥याउने व्यवस्था मिलाइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।


कतारमा लकडाउनको अवधिमा मृत्यु भएका ४० मध्ये २० जनाको शव ल्याइएको हो । ६ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका थिए । १० जनाको परिवारको सहमतिमा कतारमै अन्त्येष्टि गरिएको दूतावासले जनाएको छ ।

नेपालमा एकैपटक यतिधेरै शव आएको पहिलो पटक हो । उनीहरु वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका नेपाली हुन् । लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि धेरै नेपालीका शव विदेशमै रोकिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर