कथा कल्की

प्रकाशित मिति : २०७७ असार १

- इस्माली

जाडोको याम शुरु हुनै लागेको थियो ।अचानक एकदिन खलङ्गा बजारमा नयाँनौला युवाहरूको चहलपहल देखियो। सीतापुलमा पनि मान्छेको भीड देखियो ।सदरमुकाम आएको व्याँस गाउँपालिकाको भुमिसिँह धामीले पनि तिनलाई देख्यो। ‘को हुनन् यिनीहरू ?’ सोधखोज ग¥यो ।
जोशिला.युवाहरू लिपुलेक जान.लागेका रहेछन् आफ्नो हकदावी जनाउन, रातो भुईँमा सेता चहकिला चन्द्र सूर्य अङ्कित तीनकुने झण्डा बोकेर, कवि रिमालको गीति कविता ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ को गुञ्ज मानसभरि बोकेर । यी युवाहरूलाई देखेर भुमिसिँह धामी धन्य भयो, ‘अहा, यी हुन हामरो मान्ठा !’ गदगद मनले उसले खलङ्गाको कान्छा ठगुन्नालाई खुसी खन्याउँदै भन्यो, “लौ हेर तीन खाल्डो नेपाल है हामरा मान्ठे आया छन् । आब धार्चुलीको हेपाइ खप्नु पडदैन ।”
पह्रार शौका मेलामा धार्चुलाको गाउँमा जाँदाको भोगन्त भुमिसिँहको आँखामा झलझली झुल्क्यो । फेटावाल सिपाहीले गोजी खोतलेर उस्तै दुःखहैरानी दियो, “यार्सा क्याइ नल्याया ? पँचम्ली भी न ल्याया ? दाम ल्याए, दाम ।” अरुले नि हेपेका उस्तै । गुञ्जी, नाभी र कुतीका त दार्चुली नै हुनन् तर ती पनि धार्चुली ठान्या लागे आपूmलाई । दो सौ वरस अगाडि काशीगङ्गासम्म हामरै देश रह्या था, देहरादुन हामरै रह्या था । अङ्गरेजफिरिङ्गीले लुटिलैग्या । बलभद्र कँुवर तो लडनुलड्या । चार सौ जवान लेइरे नालापानी किल्ला मै महिनौ दिन लड्याथ्या लेकिन रक्षा गर्न नाइ सक्या, आत्मसमर्पण पनि नाइ गरया । त्यहाँ तिनको स्मारक देख्दा उसको छाति चिरिन्छ । बलभद्रको सम्झनामा श्रद्धाले शिर नमन ग¥यो । काशी जाने कुतिको बाटो उखान उसै नाइ बन्या हुन आब त कुती लइ लुटिलइग्यो । कुतीको जेठी कल्याल भान्यो, “नामर्दको जोई हुना हइ अच्छा मर्दको कमारी हुना” डिल्लीलखनौले झटपट नागरिकता, राशनकार्ड सब दियो ।आब तो देहरादुन मुकाम भइ गयो उत्तराखण्डको ।उत्तराखण्डको मन्त्री भान्यो, ‘कालापानी उसकै होइ। पितृघाती मुर्दार !’ भन्दै घृणाले, तिरस्कारले उसले पिच्च थुक्दै भन्यो, “हाम्रो सर्कार बडा लाछी बनौ हाम्रो कोइ मतलब नाइ, खाली कार बटुली छइ, चुनाउमा भोट मागी छइ बास् ।”
धामीले कमिजको गोजीबाट एउटा फोटोकपी कागज झिक्यो । पट्याएको कागजको पत्र फुकाउँदै कान्छा ठगुन्नालाई देखाउँदै अतिरेक खुसी प्रकट गर्दै भन्यो, “यी हामरा मान्ठ्या इहाँ पुगन्या ।” अनि खल्तीबाट कलम झिकेर त्यो भागमा लामो धर्को तानेर चिनो लगायो । त्यो चिनो दार्चुलाको शिरमाथि जुरेलीको जुरो,डाँफेको.कल्की.जस्तो देखियो ।
‘‘म ता यिनसँगै जान्या हो । यिनलाई सब कुछ कहन्या हो । धार्चुलीले दिएको सब दुःख यिनलाई सुनाउन्या हो ।” धामीले भन्यो ।
“अनि जागिर क्या गरन्या हौ ?” ठगुन्नाले सोध्यो ।
नाम्पा, त्रिशुल र अपि हिमालतिरबाट आएको सिरेटोले कन्चटमा हान्यो कि क्या हो, भुमिले गलामा बेरेको गलबन्दी खुकुलो पारेर शिरको.टोपी.राम्ररी मिलायो.र गलबन्दी.कस्दै भन्यो, “आउन्या हो, देशै नरह्या त जागिर के गरन्या ?” धामीको धर्तीप्रेम फेरि कविभाकामा बोल्यो, “दार्चुली तिमी रहन्छौ कहाँ दार्चुलै नरहे !” नेपाली कविको राष्ट्रिय गीतको लवजलाई उसले स्थानीयकरण गरेको रहेछ, बेलाबेलामा भट्याइरहन्थ्यो ।
“देशै नरह्या पनि ज्यान रहन्या, खानु परन्या, लाउनु परन्या ।” ठगुन्नाले सम्झाउन खोज्यो ।
“धार्चुलीको अतिचार सहेर तो नबस्न्या, मरन्या बरु । बर्खाको यै कालीमा फाल हालेर मरन्या ।” यसो भन्दा उसको रसिला आँखा नजिकैको महाकालीतिर टोलाइरहेको देखिन्थ्यो । अनायासै उसको ओठ रुन्चे भाकामा दार्चुली कविका पङ्क्ति गुनगुनाउन थाल्यो, ‘घुसामाथि अपि हिमाल यार्सागुम्बा बुटी, व्याँस कालापानी भूमि पराइले लुटी ।’ उसको मन भक्कानियो, आफ्नो माटो लुटिँदाको पीडाले ।
“ना ,ना , तेसो ना भन तमी, हामी छौँ नि ।” कान्छा ठगुन्नाले ढाडस दियो, पिठ्यूँमा धाप मार्दै भन्यो, “जान मन छ तो जाओ ,हामरो शुभकामना छ तमीलाई । हामरो सबै पीडा रामरी बुझाएर भनो ।” अनि बगलीमा हात हालेर पैसाको मुठा झिक्यो । सयसयका पुराना नोट रहेछन् । एक, दुई, तीन, ..,नौ,.दश गन्यो र उसको हातमा राखिदिँदै भन्यो, “वहाँ आफ्नो घरडेरा नाइँ, बस्नखान दुःखसकसमा काम लाग्छा, राख ।”
उसले नाइँनास्ती गर्दै थियो, ठगुन्नाले उसको बगलीमा जबर्जस्ती हालिदियो । महाकालीको डिललाई राताम्य पारेर हाँसिरहेको लालुपातेको झाडीतिर हेर्दै मुठ्ठी कसेको हात तन्काउँदै भन्यो, “मरता क्या न करता ! त्यसै लुटन पाउँछ हामरो माटो !
भुमिसिँह धामी शिक्षक हो, रिठाचौपत्ताको प्राथमिक विद्यालयको शिक्षक । सिलगढी डोटीको शिक्षा क्याम्पसबाट आइएड पढेको तालिमी शिक्षक । पन्ध्र वर्षदेखि ऊ त्यहाँ पढाइरहेको छ, नेपाली, अङ्ग्रेजी, सामाजिक, गणित स्वास्थशारीरिक । अङ्ग्रेजी पुस्तक अङ्ग्रेजीमा र अरु पुस्तक नेपाली भाषामा लेखिएको भएपनि यी सबै विषय ऊ डोटेली भाषामै पढाउँछ । किताबमा लेखिएको भाषा ससाना विद्यार्थीहरूले त्यति बुझ्दैनन पनि । ठगुन्ना पनि त्यही विद्यालयमा पढाउँछ । अब हिऊँ पर्ने बेला आएकोले विद्यालय बिदा हुन्छ । ‘यिनै युवा विद्यार्थीहरूसँगै गएर म त्यहाँका सबैलाई भन्छु– ‘हाम्रो माटो लुटिएको कुरो । त्यताका सिपाहीले हामीउपर ज्यादति गरेको कुरो । उताकाले हामीलाई हेपेको कुरो । हाम्रो कालापानीमा छाउनी राखेको कुरो । नक्कली कालीनदी बनाएको कुरो । सक्कली कालीलाई कुटियाङ्दी भन्नेगरेको कुरो ।’ त्यहाँ त निसाफ बोल्ने–बुझ्ने मान्छे हुनन्, लेखक–बुद्धिजीवी हुनन्, शिक्षक–प्राध्यापक हुनन्, समाजसेवी हुन्छन्, वकील–पत्रकार हुन्छन्, विपक्षी दल हुन्छन्, सरकार हुन्छ । सरकारले हाम्रो कुरो नसुनोस्न्, तिनले सुन्छन्, बुझ्दछन् । सकेसम्म सरकारलाई पनि सुनाउँछु, बुझाउँछु । हाम्रा सांसद छन्, तिनलाई भेटछु । तिनले भोट माग्दा कालापानी फर्काउँछु भन्या पनि हुन् ।’ यो सोचसँगै उसले नेपालखाल्डो जाने मन पक्कापक्की बनायो र तीमध्येको एकजनासँग भन्यो, “म पनि तमरुसँग जान्या हो, दार्चुलाको दर्द सुनाउन्या हो । यहाँका सरकारी मान्ठा सबै धार्चुलीसँग मिल्न्या हुन्, हामरो कुरा नाइँ सुनन्या ।” र, यसरी ऊ ती युवासँगै तीन दिन लगाएर काठमाडौ झ¥यो ।
उसले देख्यो–नगरमा जुलुस उठेको छ–मण्डलामा, लैनचौरमा, नयाँसडकमा, शान्तिवाटिकामा, अनि अरुअरु ठाउँमा पनि । तिनै युवासँग ऊ पनि तिनमा सामेल भयो । जुलुस राजधानीमा मात्र होइन, मोफसलमा पनि उठिरहेको थियो–हेटौँडा, जनकपुर, बीरगन्ज, विराटनगर, पोखरा, दाँग, सुर्खेत, नेपालगन्ज, महेन्द्रनगर, खलङ्गा..। देशमा मात्र होइन, विदेशमा पनि–अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानाडा, फ्रान्स, जर्मनीहरूतिर पनि । सबैतिर दार्चुलीका पक्षमा, साँधसीमा र माटो मिचिनेका पक्षमा मान्ठा बोलेका छन् । जतातेतै ‘ब्याक अफ इन्डिया’को नारा घन्केको छ । ‘कालापानीबाट हटा गारत, लिपुलेक, लिम्पिया छोड भारत’को ध्वनीले गुञ्जायमान भइरहेको छ व्योम । कुनै–कुनै जुलुस त आन्दोलन बनेर दार्चुलाखलङ्गातिर पनि हिँडेको छ । अझ कोहीकोही त प्राचीन नेपाल अर्थात् ग्रेटर नेपालको कुरा पनि उड्क्या छन् ।
सीमा मिचिएको विरुद्धमा देशविदेशमा मानिसको आक्रोश देखेपछि भुमिसिँह धामीलाई लाग्यो–यसपालि केही हुन्छ, पक्कै हुन्छ । साठी, अझ एकसयसाठी पो हो कि, हिउँददेखि त्यसले लुटिखाएको माटोमा हाम्रा हक कायम हुन्छ, हुन्छ ।’ तर तुरुन्तै अर्को मनले भन्यो, ‘माटो हडपेको यतिका वर्ष बितिसक्दा पनि सिँहदरबार तातेको छैन, किन तातेन ? भन्छन्–अठतिसजना प्रधानमन्त्रीले सिँहदरबार हाँके तर कसैले पनि यो कुरो किन कोट्याएन ? सबैजसो किन डिल्लीलाई रिझाउनतिर मात्र लागे ? कोही भन्छन्, ‘दरबारले नै दिएको रे ! त्यसैले अरु बोल्न नसकेका रे !’ तर त्यसरी बुझाएको भए त्यसको निस्साप्रमाण हँुदो हो नि ! त्यो निस्सा देखाएर भाले पल्टिहाल्थ्यो नि ! खै त ? देशको साँधसिमाना माटो कसैले कसैलाई ‘ला, खा’ भनेर दिन पाइँदो हो र ? देश राजा र नेताको मात्रै हो र ? देश त जनताको पो हो, जनताको, हामी जनताको ।’ गम्दछ भुमिसिँह धामी । त्यसैबेला कतैबाट आइरहेको जोशिलो गीतको ध्वनी आएर उसको कानमा ठोक्किन्छ–विस्तारवादी कालो पञ्जा हाम्रो छातिमाथि, जिउँदो लाश भै जिउनु पनि के जिउनु र साथी ।.. ँहो त’ मनमनै गीतको बोलमा सहमति पनि जनाउँछ । कोही भन्छन्, ‘टाउकेटाउकेलाई डिल्लीले नोटको बुजो कोच्याइदिन्छ रे त्यसैले कोही पनि नबोलेका रे ।’ ‘होला पनि मान्छेको मन.. लोभानि पापानि त हो नि ..लोभ, मोह त्याग्न सके त अब्बल भैगोनि मान्छे । देशलाई चाहिएको अब्बल मान्छे हो ।’स्वगत.भन्छ। त्यसैले होला सिँहदरबार त अघाएको सिँह लमतन्न पसारिएर घुरेझैँ गरेको मान्यो उसले । तर खुकुरीको चोट अचानोलाई थाहा हुन्छ ,दार्चुलीको पीडा सिँहदरबार के बुझोस ! तर त्यसो भनेर कहाँ हुन्छ र ? सिँहदरबार त हामी सबैको गार्जियन हो, चौध अञ्चल, सतहत्तर कि पचहत्तर जिल्ला, सात प्रदेश, सातसय त्रिपन्न पालिकाकै मातापिता अनि मातापिताको जिम्मेवारी तिनले पालना गर्नु परोइन ?’
“पर्छ, किन पर्दैन ?” अर्का बुद्धिजीवी पडके, “यिनले नसके छोडून सिँहदरबार, सक्ने हुति हुने मान्छे बस्छ त्यहाँ !”
“लोभीपापी त्यहाँ बसेकाले डिल्लीले दम्स्याउने, ङ्याकने गरेको हो । डिल्ली झेली नै हो, त्यल्ले हाम्रोमात्र होइन, चाइना, भुटान, पाकिस्तान, बङ्गलादेशतिरको पनि सीमा मिच्या छ रे । सिक्किम त उहिल्यै खाइहाल्यो ।” सुस्ताको हकिउल्लाह खाँ पडक्यो, “हाम्रो त सिङ्गै गाउँ नै खाइदिराछ ।”
“मेरो नि दश कठ्ठा धान खेत खाइदियो ।” काकरभिटठाको कृष्ण कड्क्यो ।
“अरे बाबा, हाम्रो नि..” छपकैँया बीरगञ्जको महतोले सुर्तिको जुम ओठमा चेप्दै पिच्च थुक्दै भन्यो, “नदीमा माटो, कुडाकरकट थुपार्दैथुपार्दै धारलाई नै हाम्रोतिर बहाइदिन्छ तर पनि सरकार केही बोल्दैन !”
गोलाकार समुह बनाएर उभिइरहेका उनीहरू ठाउँठाउँका मान्छे रहेछन् ।
“सीमाविदले भनेको पचासभन्दा बढी ठाउँमा डिल्लीले हाम्रो सीमा मिचेको छ ।” अर्को एकजनाले भन्यो, “चाइनाले पनि कताकता सीमा मिचेको छ भन्छन् ।”
भुमिसिँह धामी सबैको कुरो सुनिरहन्थ्यो, मन थाम्न नसकेर घरिघरि भन्थ्यो, “हाम्रो कालापानी कब्जा ग¥या त जुगौँ भयो भन्छन् अंग्रेजकै पालादेखि गडबड ग¥या हुन रे, डिल्लीले तिनकै बिँडो थाम्दै झन अँचेटेर ल्यायो ।नक्सैमा.हालिसक्यो,बाटै.बनाइसक्यो!”
“हामी लडेनौभने, दब्बु भयौँभने, तिनले हेप्याहेप्यै मिच्यामिच्यै गर्छन् । सप्तरी दोलाठीको बिरनारायनझैँ हक्की हुनु पर्छ, लडनु पर्छ अनि पो हच्कन्छन् ।” राजविराजको सुखदेव तत्माले हौस्याउँदै काँधको गम्छा मिलायो ।
उनीहरूले देख्दादेख्दै त्यहाँको मञ्चमा उक्ले सीमा बचाऊ समितिका एकजना पाका प्रौढ । तिनले मञ्चको अगाडिपट्टिको पाटीमा तीनवटा बेग्लाबेग्लै नक्सा टाँसे अनि ती नक्सा देखाउँदै भन्नथाले, “यो डिल्लीले हालै जारी गरेको नक्सा हो । यसमा लिपुलेक, कालापानी र लिम्पियाधुरा आफ्नोमा पारेको छ ।” दोश्रो नक्सा देखाउँदै उनले भने, “यो हाम्रो सरकारको नक्सा हो, डिल्लीतिरै छापेर ल्याएको होला र पहिलो नक्साजस्तै नै छ । अनि यो हेर्नुस, माथिको यो कुनोमा यस्तो टँुडो निस्केको चुच्चो परेको नक्सा सुगौलीसन्धिको बेलाको । हाम्रो नापी र सीमाविदले स्थलगत निरीक्षण गरेर बनाएको नक्सा हाम्रो वास्तविक नक्सा यस्तो हुनुपथ्र्यो !”
“हो, हो, यै हो हाम्रो दार्चुला त्यो चुच्चो हैन, हजुर, सिउर हो सिउर, दार्चुलाको सिउर ! दार्चुलाको जुरो ! दार्चुलाको शिरपेच ! दार्चुलाको कल्की ! त्यो त हजुर देशकै सिरपेच हो । त्यो लिपुलेक त गज्जबको मनमोहक ठाउँ छ । त्यो लेक त चाइना र इण्डियाले मिलेरै पनि गडबड गर्न खोज्या हुन् भन्थे ।” अतिरेक खुसीमा कराउँदै भुमिसिँह मञ्चनिरै पुग्यो, “हो यी हेर्नुस दुरुस्तै त्यै ।” उसले आफ्नो गोजीबाट फोटोकपी नक्सा झिक्यो र तिनलाई देखाउँदै भन्नलाग्यो, “म यही कुरो बिन्ति गर्नका लागि दार्चुलाबाट यहाँ आया हँु ।”
मञ्चमा बसेका मान्छे कोही सशंकित भए, सोचे, ‘कतै कसैले यो सभा भाँडनका लागि कुनै हुल्लडबाज त घुसपैठ गरेन ?’ कसैले भने, “सुनौँ, उसको कुरोपनि सुनौँ ।” तर सभाका स्वयम्सेवकहरूले उसलाई वरिपरिबाट घेरेर सोधखोज गर्न लागिसकेका थिए । उसले सबै कुरो सफासफी भनिदियो अनि दार्चुलीका कुरा म सुनाउन पाऊँ भनी अनुरोध ग¥यो । एकछिनको सरसल्लाहपछि उसलाई बोल्ने अनुमति दिइयो । उसले सबै कुरा सफासफी राखिदियो । त्यसपछि सभामा पहिले बोल्दै गरेका मान्छे फेरि मञ्चमा उभिएर भन्नथाले, “हो, यो कल्कीमा कैफियत भएकोछ । यो कैफियतको खेलमा रमाउनेको पहिचान पनि हामी जनताले गर्नपर्दछ र यसको समाधान पनि । लिम्पिया, लिपुलेक, कालापानी हाम्रो हो भन्ने ठोस आधार छन् । सुगौलीसन्धिदेखिका कागजपत्र छन् । चीनसँगको लडाइमा डिल्लीले त्यहाँ बास मागेको थाहा पाउने मान्छे छन्, त्यहाँ जनगणना गर्ने मान्छे जिउँदै छन् । डिल्लीले तिनलाई नागरिकता बाँडेर हुन्छ ? र, अब भने हाम्रो सीमामा वरिपरि पर्खाल लगाउने, त्यसमाथि काँडेतार लगाउने बन्दोबस्त गर्न हामी जनताले सरकारलाई चर्को दबाब दिनुपर्छ, साँधसीमा स्थायी बनाएपछि घरिघरिको यस्तो झाइँझेलबाट सँधैका लागि मुक्त होइन्छ ।”
“हो, हो ,सही कुरो !” समवेत स्वर गुञ्जियो । भुमिसिँह गदगद हँुदै उफ्र्यो ।
त्यसपछि कलाकारहरू बाजा बजाउँदै गीत गाउँदै मञ्चमा उक्लिए—छल गरेर धोखा दिने नालापानीमा, छोड अब हाम्रो धर्ती कालापानी याँ ..
भुमिसिँह तेतातेतै आफ्नो जिल्लाको सांसदकहाँ हान्नियो । अस्ति पनि गएको थियो । ‘तिम्रा सांसद लैनचौर धाउन्या हुन्, तिनले केई नगरन्या’ भनेथे अरुले । सुनेर उसको कन्पारो तातेको थियो । भोट माग्दा कालापानी फर्काउँछु भन्ने अनि कामचाहिँ.. तर आज पनि तीसँग भेट भएन । पिएले भन्यो, “जिल्ला गया ।” निराश मनले फर्केर मनमा कुरा खेलाउँदै ऊ साथलागी आएको विद्यार्थीसाथीको डेरा कलंकीतिर जाँदै थियो । मिचेको माटो फिर्ता गरेनभने के गर्ने होला भनी उसले यताका पाकाहरूसँग पनि सोधेको थियो । दबाब आन्दोलन निरन्तर जारी राख्नुपर्छ, त्यस्तै प¥योभने त्यताको सामान बहिष्कारको आन्दोलन पनि चलाउनुपर्ने थिति आउन सक्छ भन्थे । यो कुरा हामीले सबैलाई बुझाउनु पर्छ । आन्तरिक तयारी पनि हुनुपर्छ भन्थे । फिर्ता नगरी धर पाउछ त्यसले ? भन्थे पाकाहरू । बाटोमा सीमा अतिक्रमणका विरुद्ध निस्केको जुलुससँग जम्काभेटमा प¥यो ऊ र नारा लगाउन थाल्यो–सारा नेपालीको एउटै स्वर, मिचिएका सबै भूमि फिर्ता गर, सीमामा तारबार, सीमाचौकीमा रखबार !
यहाँको आन्दोलन देखेर भुमिसिँह निकै उत्साहित भएका थियो । ‘अब दार्चुला फर्केर त्यहाँ पनि आफ्नो माटोको रक्षाका लागि आन्दोलनमा मान्छेहरूलाई उतार्नु पर्छ । अब यहाँ बस्ने होइन, खलङ्गा फर्कन्या हो ।’ यो अठोटले आफूमा बेग्लै उत्साहको सञ्चार भएको अनुभूति गर्दै सुदूरपश्चिम जाने रात्रिबस चढन ऊ कलंकीतिर हिँड्यो ।
(पुष्पनगर, वानेश्वर, काठमाडौ, २०७६ मं¬िसर २८)
०००००