

जेठ २५ पोखरा,
मिलिनियम च्यालेन्ज कर्र्पोरेशन (एमसीसी) सम्झौताका विरुद्ध नेकपा (क्रान्तिकारी माओबादी) लगायतका १० राजनीतिक दल तथा संगठनहरुको संयुक्त आयोजनामा आइतबार पोखरामा विरोध सभा सम्पन्न भएको छ । पोखराको सिर्जना चोकबाट रेली सुरुभई प्लेकार्ड सहित नारा जुलुस गर्दै पोखराको लखंनचोकमा पुगी सभामा परिणत भएको थियो । उक्त सभालाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादी केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज रामजी थापाले वर्तमान सरकार जसरी भएपनि राष्ट्रघाति एमसीसी सम्झौतालाई संसदबाट पारित गर्न आतुर छ । प्रतिपक्ष्य नेपाली कांग्रेस र जनता समाजवादी पार्र्टी पनि तेत्तिकै आतुर भएको छन । सत्ता धारी पार्र्टीभित्रको एउटा हिस्सा केहि बुंदा परिमार्जन सहित पारित गराउने पक्षमा देखिन्छ भने अरु राष्ट्रवादी देशभक्त राजनीतिक पार्र्टी र न्यायप्रेमी नेपाली जनता भने यसको पूर्णरूपमा खारेजी गरिनु पर्छ भन्ने पक्षमा छन । नेपाली जनताले जीवन मरणको संघर्ष गरेर भए पनि संघर्षको आधिबेहरी उठाउनु पर्छ । यस राष्ट्रघाति अमेरिकी एमसीसी सम्झौता खारेज गराई छाड्नु पर्छ र नेपाललाई अमेरिकी सैन्यस्थल बनाउन खोज्ने दलालहरुको योजनालाई चक्नाचूर पारिदिनु पर्छ भन्नेमा जोड दिएका थिए । भारतले अतिक्रमण गरेको सम्पूर्ण भुमि फिर्ता गरिनु पर्छ भन्दै सभालाई सम्वोधन गरेका थिए ।
