पोखरामा एमसीसी खारेजीको मागगर्दै दसदलीय संयुक्त रेली, प्लेकार्ड र नारा जुलुससहित विरोधसभा सफलतापूर्वक समपन्न

पोखरामा एमसीसी खारेजीको मागगर्दै दसदलीय संयुक्त रेली, प्लेकार्ड र नारा जुलुससहित विरोधसभा सफलतापूर्वक समपन्न

जेठ २५ पोखरा,
मिलिनियम च्यालेन्ज कर्र्पोरेशन (एमसीसी) सम्झौताका विरुद्ध नेकपा (क्रान्तिकारी माओबादी) लगायतका १० राजनीतिक दल तथा संगठनहरुको संयुक्त आयोजनामा आइतबार पोखरामा विरोध सभा सम्पन्न भएको छ । पोखराको सिर्जना चोकबाट रेली सुरुभई प्लेकार्ड सहित नारा जुलुस गर्दै पोखराको लखंनचोकमा पुगी सभामा परिणत भएको थियो । उक्त सभालाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादी केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज रामजी थापाले वर्तमान सरकार जसरी भएपनि राष्ट्रघाति एमसीसी सम्झौतालाई संसदबाट पारित गर्न आतुर छ । प्रतिपक्ष्य नेपाली कांग्रेस र जनता समाजवादी पार्र्टी पनि तेत्तिकै आतुर भएको छन । सत्ता धारी पार्र्टीभित्रको एउटा हिस्सा केहि बुंदा परिमार्जन सहित पारित गराउने पक्षमा देखिन्छ भने अरु राष्ट्रवादी देशभक्त राजनीतिक पार्र्टी र न्यायप्रेमी नेपाली जनता भने यसको पूर्णरूपमा खारेजी गरिनु पर्छ भन्ने पक्षमा छन । नेपाली जनताले जीवन मरणको संघर्ष गरेर भए पनि संघर्षको आधिबेहरी उठाउनु पर्छ । यस राष्ट्रघाति अमेरिकी एमसीसी सम्झौता खारेज गराई छाड्नु पर्छ र नेपाललाई अमेरिकी सैन्यस्थल बनाउन खोज्ने दलालहरुको योजनालाई चक्नाचूर पारिदिनु पर्छ भन्नेमा जोड दिएका थिए । भारतले अतिक्रमण गरेको सम्पूर्ण भुमि फिर्ता गरिनु पर्छ भन्दै सभालाई सम्वोधन गरेका थिए  ।

उक्त सभामा बोल्दै राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले यो राष्ट्रघाति अमेरिकी एमसीसी सम्झौता नेपाल र नेपाली जनताको हितमा छैन त्यसैले यसको पूर्णरूपमा खारेजी गरिनु पर्छ भने । सभामा नेकपा (माओवादी केन्द्र)का भोजराज त्रिपाठीले पनि बोलेका थिए । उक्त बिरोध कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्यूरो सदस्य तथा ४ नम्बर प्रदेश सेक्रेटरी कमरेड केश बहादुर परियार लगायतका १० राजनीतिक दल तथा संगठनहरुका प्रदेश तथा जिल्लाका नेता तथा कार्यकर्ताहरु, बुद्धिजीवीहरु, लेखक तथा साहित्यकारहरु, कलाकारहरु र देशभक्त न्यायप्रेमी जनताको उल्लेख्य सहभागिता रहेको थियो ।