२४ जेठ, काठमाण्डौं,
नेपालमा आज एकैदिन ३२३ जना कोरोना भाइरस संक्रमणका नयाँ विरामी भेटिएका छन । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार आज संक्रमित हुनेमा विराटनगर प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ६ जनामा संक्रमण पृष्टि भएको छ । उनीहरुमा मोरङ सुनवर्सी र बुद्धिगंगा गाउँपालिकाका १८ देखि २३ वर्षीय पुरुष र भोक्राहाका २४ र ३५ वर्र्षीया महिला तथा ३८ र ४५ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै कोशी प्रादेशिक अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सप्तरी बोडे बसाईका ५० वर्र्षीय पुरुषमा संक्रमण भेटिएको छ ।
भरतपुर राष्ट्रिय पंक्षी अन्वेषणको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी विनय त्रिवेणी गाउँपालिकाको क्वारेन्टिनमा रहेका १८ देखि २७ वर्षीय ३ पुरुष रहेका छन ।
भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा ४० जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु बाँके नेपालगन्ज, बैजनाथ र खजुराका १२ जना रहेका छन । जसमा २३ र ४१ वर्र्षीया २ महिला, ४ वर्षे बालक सहित ३८ वर्ष उमेर समुहका जना पुरुष रहेका छन ।
त्यस्तै बर्दिया राजापुर, मधुवन, गुलरिया, बडैया ताल र वासगढका २८ जना रहेका छन । उनीहरुमा १५ वर्र्षीया एक महिला र १५ देखि ६० वर्ष उमेर समुहका पुरुष रहेका छन ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा कास्की रुपा ५ र ७ घर भई पोखरा २७ को क्वारेन्टाइनमा रहेका २३ देखि ५९ वर्र्षीय ३ पुरुष, स्याङजा वालिङ नगरपालिका र हरिनाश गाउँपालिकाका क्वारेन्टाइनमा रहेका १६ देखि ५४ वर्र्षीय १० जना र बाग्लुङ ताराखोलाको क्वारेन्टाइनमा रहेका ३९ वर्र्षीय पुरुष रहेका छन ।
त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा सुनसरी धरानका ३० वर्षे पुरुष, सप्तरी बालनबेहुलका २ वर्र्षीया १ बालिका, २७ वर्र्षीया १ महिला, २ वर्र्षीय बालक र ४० वर्ष उमेर समुहका ५ जना पुरुष रहेका छन ।
सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा बझाङ खप्तड छान्नाको क्वारेन्टाइनमा रहेका ४० वर्षका २ महिला र २५ देखि ७० वर्र्षीय ४ पुरुष गरी ६ जना रहेका छन । साथै कन्चनपुर महाकालीका ३८ वर्षे पुरुष, कन्चनपुरमै रहेका काठमाण्डौंका १८ र ३८ वर्र्षीय पुरुष, अछाम मंगलसेनको क्वारेन्टाइनमा रहेका ५२ वर्र्षीया महिला, कैलाली धनगढीको गोदावरी क्वारेन्टाइनमा रहेका ४१ र ५५ वर्र्षीय २ पुरुष र डडेल्धुरा नवदुर्गा क्वारेन्टाइनमा रहेका २१ वर्र्षीया महिला रहेकी छन ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा दैलेख महावुका मात्रै ४३ जना रहेका छन । जसमा एक १८ महिने बालिका १९ देखि ६० वर्ष उमेर समुहका १० जना महिला, ५ महिने बालक र ४९ वर्ष उमेर समुहका ३३ जना पुरुष रहेका छन । साथै डाल््पा जगदल््लाका ५८ वर्र्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
त्यस्तै सुर्खेत प्रादेशिक अस्पताल पुशपंक्षी रोग अन्वेषणको प्रयोगशालामा गरिएको परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा दैलेख दुल्लुका १७ देखि ३९ वर्ष उमेर समुहका ४ पुरुष, सुर्खेत पंचपुरी नगरपालिका, दुर्गाकोट र भेरीगंगाका १७ देखि ५१ वर्र्षीय १० जना पुरुष रहेका छन ।
त्यस्तै जाजरकोट भेरी नगरपालिका र बारकोट गाउँपालिकाका ३३ वर्र्षीया महिला र १९ देखि ५२ वर्र्षीय ३ जना पुरुष गरी जम्मा ४ जना, सल्यान बनगार्ड कुपिण्डेका ३८ जना रहेका छन । जसमा २१ वर्षका २ महिला र १४ देखि ५७ वर्ष उमेर समुहका ३६ जना पुरुष रहेका छन ।
त्यसैगरी रुपन्देही प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा अर्घाखाँचीका ५० वर्र्षीय पुरुष, कपिलवस्तु विजयनगरको क्वारेन्टाइनमा रहेका ११ जनामा १९ देखि ५० वर्र्षीय पुरुष रहेका छन। साथै नवलपरासी सुस्ताको क्वारेन्टाइनमा रहेका २ जना २५ वर्र्षीय पुरुष र रुपन्देहीको रोहिणी र सुद्धोदन गाउँपालिकाका १९ देखि ३८ वर्र्षीय ५ जना पुरुष रहेका छन ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १२० जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा भक्तपुर कमल विनायककी ३१ वर्षीया महिला, धनुषा देउपुरा क्वारेन्टाइनमा रहेका ८ जना १९ र ३४ वर्षे पुरुष, कपिलवस्तु महाराजगन्जका ३९ जना रहेका छन । उनीहरुमा एक ६ महिने बालिकासहित ५५ वर्र्षीय उमेर समुहका ६ महिला, ४ वर्षे बालकसहित ५३ वर्ष उमेर समुहका ३१ जना पुरुष रहेका छन ।
त्यस्तै काठमाण्डौं महानगरका ३१ र ३५ वर्र्षीया महिला र ३६ र ४६ वर्र्षीय पुरुष, महोत्तरी गौशाला जलेश्वर मटिहानी र सोनामाको क्वारेन्टाइनमा रहेका ३५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमा २२ वर्र्षीया एक महिला, ११ वर्र्षीय एक बालक र ५२ वर्ष उमेर समुहका ३४ जना पुरुष रहेका छन ।
रौतहट इशनाथका २ महिला र ४ पुरुष गरी ६ जना तथा सर्लाही रामनगर र इश्वरपुरका १६ देखि ३८ वर्ष उमेर समुहका २७ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
आज पुष्टि भएका ३२३ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ३,२३५ पुगेको छ । जसमा ३००३ जना पुरुष र २३२ जना महिला रहेका छन ।