कोरोना संक्रमितको संख्या २३०० नाघ्यो, मृत्यु हुनेको संख्या ९ पुग्यो

कोरोना संक्रमितको संख्या २३०० नाघ्यो, मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार योसँगै कुल संक्रमितको संख्या २३०१ पुगेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा मृत्यु हुनेकाेलसंख्या ९ पुगेकाे छ । मृतक दोलखाका ७६ वर्षीय पुरुष भएकाे बुझिएकाे छ ।