काठमाडौं । संयुक्त राजनीतिक दलित संघर्ष समितिले पश्चिम रुकुममा जेष्ठ १० गते भएको घटनाको विरोध र दोषी उपर कडाभन्दा कडा कानुनी कारवाहीको माग गर्दै आज पनि माइतीघरमा विरोध सभा सम्पन्न गरेको छ । विरोध कार्यक्रममा ऐक्यबद्धता जनाउन पुगेका नेकपा (क्रान्तिकारी माओवादी) निकट जबस र मोर्चाका नेताहरुले विरोध सभालाई सम्बोधन गरेका छन् ।
विरोध सभालाई क्रान्तिकारी युवा लिग नेपालका अध्यक्ष अमीर महर्जन, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का महासचिव शारदा महत, अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सचिवालय सदस्य एवं ३ नम्बर प्रदेश संयोजक अर्जुनलाल श्रेष्ठले सम्बोधन गरेको क्रान्तिकारी ट्रेड यूनियन महासंघका महासचिव बसन्त बोगटीले जानकारी दिए । सम्बोधनको क्रममा नेताहरुले कथित अभिजात वर्गले जातीय विभेदको आधारमा गराएको बर्बर र नरसंहारकारी घटनाको घोर विरोध गर्दै घटनाको सत्य तथ्य छानबिन गरी दोषी उपर कडा कारबाहीको माग गरे । कार्यक्रम माइतीघर मण्डलामा भएको थियो ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर