संगठन के हो ? र यसको आवस्यकता किन ?

संगठनको  आम परिभाषा 
सामुहिक उद्देस्य पुरागर्नको निम्ति  एक भन्दा बढी व्यक्ति मिलेर घोषित, अघोषित नीति, नियमको अधिनमा  रहने तथा घोषित, अघोषित बिधि,पद्दति र प्रक्रियामा चल्ने गरि बनेको, बनाईएको कुनैपनि समुहलाई संगठन भनिन्छ ! संसारभरका राष्ट्रहरु   सामुहिक हितको निम्ति संगठित हुन्छन ! संयुक्त राष्ट्र संघ यसको एउटा उदाहरण हो ! त्यसकारण संसार पनि एउटा संगठन हो  ! संसारभरका मानव समुदायको हितमा कामगर्नु यो संगठनको उद्देस्य हो !
एउटा निश्चित भूभाग भित्रका   बिबिध क्षेत्र र समुदायहरु सामुहिक हितका निम्ति संगठित हुन्छन र सिंगो मुलुक निर्माण हुन्छ त्यसैले देश पनि एउटा संगठन हो ! देशको नागरिकले प्राप्त गर्ने नागरिकता प्रमाणपत्र सम्बन्धित देशको सदस्यता पत्र हो, देशको संबिधान त्यो देशको नागरिकले पालना गर्ने,मान्ने मुलकानुन हो  !  देशको सरकार  त्यो संगठनको कार्यसमिति हो ! देशको रक्षा गर्नु र देशमा शुख,शान्ति स्थापना गर्नु, मुलुकलाई बिकसित र  समृद्ध बनाउनु  तथा देशका सम्पूर्ण नागरिकहरुको जिउ,धनको रक्षा गर्नु यो संगठन (देश) को उद्देस्य हो !
टोल, छिमेक ,ईस्त्रमित्रहरुको बीच आपसी सहयोग र मित्रता,एकताको निम्ति समाज बनेको हुन्छ ! समाजका सदस्यहरुले पालना गर्नु पर्ने घोषित अघोषित नीति,नियम बनेका हुन्छन, कार्यसमिति बनेको हुन्छ !  त्यसैले समाज पनि एउटा संगठन हो ! रक्त सम्बन्धको आधारमा एक भन्दा बढी व्यक्ति मिलेर परिवार बन्दछ ! परिवार संचालनको  पनि अघोषित आफ्नै नीति,नियमहरु हुन्छन जस्तै स् सबभन्दा जेष्ठ व्यक्ति परिवारको स्वत नेतृत्व बन्ने  , परिवारका सबै सदस्यहरुको आ(आफ्नै प्रकारको जिम्मेवारी निश्चित हुने,परिवारको कुनैपनि सदस्यले कतै जानु प(यो या केहि नया काम गर्नु प(यो भने परिवारमा सल्लाह गरिनु पर्ने , परिवारमा कुरा राखिनु पर्ने  या परिवारको  अनुमति लिनुपर्ने हुन्छ तसर्थ परिवार पनि एउटा संगठन हो ! परिवारका सबै सदस्यहरुको रेखदेख ,लालन(पालन र भबिस्य निर्माणमा पहललिनु यो संगठनको स्वयंसिद्ध उद्देस्य हो !
संगठनको आवस्यकता किन ?
संगठनको आवस्यकता र महत्ववारे महान लेनिन भन्नु हुन्छ  यचनबलष्शभम तजबत ष्क भखभचथतजष्लन अर्थात ’ संगठित  त्यो  सबथोक हो ’ ! कुनैपनि उद्देस्य पुरा गर्नको निम्ति भौतिक शक्तिको आवस्यकता पर्दछ ! सशक्त भौतिक शक्ति व्यक्तिमा होईन समुहमा हुन्छ ! हाम्रा पाँच औलाहरु बेग्ला बेग्लै भएतापनि  हत्केलाको माध्यम बाट तिनीहरु एकीकृत  भएका हुन्छन ! अर्थात औलाहरुको एकताको माध्यम  हत्केला हो ! हत्केला पांच औलाहरुको सामुहिक रुप पनि हो, संगठित शक्ति पनि हो ! हामीले हाम्रो एउटामात्र औला प्रयोग गरेर खास केहिपनि समात्न सक्दैनौ ! दुई  औला प्रयोग गरेर केहि चिज समात्न सक्छौ ! त्यस्तै तिन, चार औला प्रयोग गरेर केहि बढी चिज समात्न सक्छौ र  हत्केला सक्रिय बनाएर पांच वटै औला प्रयोग गरेमा हामीले चाहे जति चिज समात्न सक्छौ ! दुई हत्केला प्रयोग ग(यौ भने निक्कै धेरै चिज समात्न सक्दछौ ! त्यस्तै  समाज, क्षेत्र ,जाति,लिङ्गको  उन्नति ,प्रगतिको निम्ति र बर्गको मुक्तिको निम्ति एकाध व्यक्तिको पहलले पर्याप्त हुदैन !   दुई ,तिन,चार जनाको पहलमा केहि  काम हुन्छ ! त्यो भन्दा बढी संख्याको आधारमा  बन्ने संगठनको पहलमा आवस्यक काम हुन्छ ! तसर्थ स् सामुहिकतामा जोडियर सामुहिक उद्देस्य पुरा गर्नको निम्ति शक्ति आर्जन गर्नका लागि नै संगठनको आवस्यकता पर्दछ !
आदिम साम्यवादी  युगमा मान्छेलाई शिकार गर्न, जंगली जनावरहरु वाट सुरक्षित रहन ब्यग्तिगत पहलमा सम्भव भएन ! समुहको आवस्यकता पर्यो,  त्यहीअनुसार समुहहरु निर्माण भए  , त्यो समुह नै तत्कालिन मानव समुदायको संगठन थियो ! दासयुगमा दासहरुलाई आफ्नो कब्जामा सधै राखिरहनको निम्ति पहिले दासमालिकहरुको   संगठन  बन्यो त्यसपछि दासत्वको जन्जिर तोड्नको निम्ति दासहरुको संगठन बन्यो ! सामन्ती युगमा सामन्ती हैकमको रक्षा गर्नको निम्ति सामन्तहरुको संगठन बन्यो त्यसपछी किसानहरुले सामन्तहरुको अत्याचारको बिरुद्ध लड्नको निम्ति संगठन निर्माण गरे ! पुजिवादी युगमा पुजीपतिहरुले मजदुरहरुको श्रमको शोषण गरिरहनको निम्ति संगठन निर्माण गर्दछन , मजदुरहरुले आफ्नो श्रमको उचित मुल्यको निम्ति संघर्ष गर्नका साथै मजदुरहरु माथि हुने सबै खाले अत्याचारको अन्त्यको निम्ति संघर्ष गर्नका लागि  संगठन निर्माण गर्दछन !
एङ्गेल्स भन्नुहुन्छ “ एउटा बर्गको बिरुद्ध अर्को बर्गको राजनैतिक संघर्षमा संगठन नै सबभन्दा महत्वपूर्ण साधन हो “१ जुनसुकै बर्गलाई पनि राजनैतिक  सत्ता प्राप्त गर्न र प्राप्त सत्ताको  रक्षा गर्नको निम्ति  शक्तिको आवस्यकता हुन्छ र त्यो शक्ति संगठनमा हुन्छ ! समाजमा बर्गहरु रहुन्जेल एउटा वर्ग अर्को वर्ग माथि हावी  हुनको निम्ति निरन्तर वर्गसंघर्ष चलिरहन्छ !  त्यो वर्ग संघर्षमा शक्ति आर्जनको लागि दुवै बर्गलाई संगठनको आवस्यकता हुन्छ !  सामन्त ,दलाल र नोकरशाही पुजीपति वर्गले सामन्ती तथा पुजिवादी ब्यबस्थाको रक्षा गरेर आफ्नो शासन सत्ता बचाईराख्नको निम्ति  आफ्नो संगठन निर्माण गर्दछन ! किसान,मजदुर र सर्वहारावर्गले बिधमान शोषण मुलक सामन्ती तथा पुजिवादी व्यबस्थाको अन्त्य गरेर त्यसको ठाउमा शोषण रहित नयाँ जनवादी ,समाजवादी व्यबस्थाको स्थापनाको निम्ति संगठन निर्माण गर्दछन ! बर्गहरुको अन्त्य पश्चात पनि मानवजातिको हकहित र उन्नति,प्रगति गर्न र प्रकृति माथि विजय प्राप्तगर्नको निम्ति मानवजातिको घोषित अघोषित संगठन आवस्यक हुनेकुरा लाई पनि अस्विकार गर्न सकिदैन !
सर्वहारा बर्गको निम्ति संगठनको महत्ववारे शिक्षा दिदै लेनिन भन्नुहुन्छ स्  “ सत्ता प्राप्तगर्ने संघर्षमा सर्वहाराबर्ग संग संगठन सिवाय अर्को कुनै हतियार छैन “ २  बिगत लामो समय देखि सर्वहारावर्ग माथि शोषण,दमण अन्याय अत्याचार गर्दै आयको पुजीपति बर्गको राजनैतिक सत्ता रक्षा गर्नको निम्ति उनीहरुले राजनैतिक संगठन निर्माण गरेकाछन र त्यही राजनैतिक संगठनको बल बाट नै उनीहरुले आफ्नो हैकम चलाईरहेकाछ्न ! पुजीपतिवर्गको  त्यसप्रकारको राजनैतिक सत्तालाई धोस्त गरेर त्यसको ठाउमा सर्वहारावर्गको राजनैतिक सत्ता स्थापना गर्न र  रक्षागर्नको  निम्ति सर्वहारावर्गसंग पनि सशक्त राजनैतिक संगठनको आवस्यकता पर्दछ ! सर्वहारावर्गको त्यही राजनैतिक संगठन नै उनीहरुको निम्ति सत्ताप्राप्त गर्ने र प्राप्त सत्ताको रक्षागर्ने अचुक हतियार हो !