जेष्ठ १५ काठामान्डौ,
अखिलनेपालकिसानमहांसंघ(अप्पो),अखिलनेपालकिसानमहांसंघ(क्रान्तिकारी),अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघगरी नेपालका चार किसान संगठनहरु रुकुमको दलित हत्या काण्ड, नेपालको नक्सा संसदको बिषय सूचिबाट हटाइएको बिषय र एमसीसी तथा परमाणु बिधेयक सम्वन्धमा संयुक्त बक्तब्य प्रकाशित गरेका छन्, जसको पूर्णपाठ तल दिइएकोछ ः
चार किसान संगठनहरुको संयुक्त बक्तब्य

१. एक्काइसौ शताब्दीको गणतन्त्रलालाई गिज्याउने र त्यसको समानताको मर्ममाथि निर्मम प्रहार गर्ने जुन हत्या काण्ड रुकुममा कथित तल्लो जाति र माथिल्लो जातिको केटा र केटीको प्रेम बिबाहको कुरालाई लिएर भयो त्यो जघन्य, अमानबीय र निर्मम हत्या काण्डको जतिसुकै भत्र्सना गरे पनि कमै हुन्छ । हामी चार किासन संगठनहरु – अखिल नेपाल किसान महासंघ(अप्पो), अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नोपल प्रगतिशील किसान संघ त्यस क्रुरतम अमानबीय हत्या काण्डको घोर निन्दा र भत्र्सना गर्दछौं र त्यसको उच्च स्तरीय छानबिन गरी अपराधीलाई हदैसम्मको कडा कारबाही गरियोस् तथा पीडित पक्षलाई यथेष्ठ क्षतिपूर्ति प्रदान गरियोस् र आउदा दिनमा यस्ता घटना दोहोरिन नदिइयो भन्ने जोडदार माग गर्दछौंं ।
नेपालको संबिधानमा जे कुुरा लेखिएको भए पनि त्यसको मर्म र भावना अनुसार पालन नभएको, नेपाली समाजमा जातिय बिभेद, बिषमता र बहिष्करण जटीलरुपमा कायम रहेको जातिपाती, उचनिच,छुवाछुत, यो लोक, परलोक, पूर्बजन्म पुनर्जन्म जस्ता परम्परागत यथास्थितिबादी सामन्ती नबसामन्ती प्रथाहरुको बिगबिगी कायमै रहेको र यसका बिरुद्ध नेपालका सबै सचेत पंंक्तिका जन समुदायले निरन्तर संघर्ष चलाउनु पर्ने आवश्यकता देख्दछौ र त्यसका लागि पुनः जोडदार आह्वान समेत गर्दै बर्गीय शोषण र सामाजिक उत्पीडनको अन्त्य गर्न नेपालबाट सामन्तबाद, साम्राज्यबादका राजनीतिक, आर्थिक, सामाजिक संचरना र सँस्कृतिको अन्त्य गर्ने महा अभियानमा शोषित उत्पीडित जन समुदाय सचेत, संगठित र सघर्षशील भएर एकताबद्धरुपमा अघि बढनु पर्ने आबश्यकता औंल्याउँदछौं ।
२. नेपालको सार्बभौमिकता र भौगोलिक अखण्डताको अभिन्न अंग दार्चुला जिल्लाको लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथिको बर्षौदेखिको भारतीय शासक बर्गको हस्तक्षेपबाट यसलाई मुक्त गराउन र नेपालको स्वाधीनता र सार्बभौमिकतालाई सुदृढ तुल्याउँन बर्षौंदेखि हामी लगायत नेपाली समाजका बिभिन्न तह र तप्काले आवाज उठाउदै र संघर्ष गर्दै आएको सन्दर्भमा नेपालको जुन पुनर्मुद्रित नक्शा संंसदबाट अनुमोदन गराई निशाना छापमा प्रचलनमा ल्याउन संसदमा प्रस्ताब दर्ता गरिएको थियो त्यसलाई बिनाकारण छलफलको बिषयबाट एकाएक हटाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको र ठूलो सन्देह समेत पैदा भएको छ । यो नक्शा तुरुन्त अनुमोद गरी प्रचलनमा ल्याइयोस् र भारतीय अतिक्रमणबाट कालापानी, सुस्ता लगायत सबै अतिक्रमित भूमिबाट भारतीय हस्तक्षेपको अन्त्य गर्न सबै उपायह?को अबलम्बन गरियोस् भन्ने पुनः जोडदार माग गर्दछौं ।
३. बहु बिबादित र खतरनाक प्रकृतिको एमसीसी सम्झौतालाई घुमाउरो पारोले नीति र कार्यक्रममा राखेर संसदबाट पारित गराउन खोजेकोप्रति हाम्रो घोर आपत्ति रहेको कुरा पुनः दोहोर्याउन चाहन्छौ र नेपाललाई अमेरिकी साम्राज्यबादको अखडा बनाउने र बैदेशिक हस्तक्षेप र चलखेलको ढोका खोल्ने कुराको तीब्र बिरोध जनाउदै सरकार तथा सांंसदहरुलाई नेपालले अबलम्बन गरेको पञ्चशील र असंलग्न परराष्ट्र नीति बिपरीतको एमसीसी संसदमा प्रबेश हुन नदिन र खारेज गराउन पुनः जोडदार माग गर्दछौं ।
४. हामी परमाणु बिधेयक पारित गरेर यूरेनिय उत्खनन र प्रशोधन कार्य कथित आणबिक ऊर्जा एजेन्सी(आईएईए)को नाममा बिदेशीलाई सुम्पिने गम्भीर र खतरनाक कार्य योजनाप्रति कडा बिरोध जनाउँदछौ । नेपाली किसान लगायन सम्पूर्ण जनताको जनस्वास्थ्यमा असर पार्ने, बातावरण सन्तुलन गुमाउने र गम्भीररुपमा प्रदुषण बढाउने यस्ता खालमा परियोजनाहरु नेपालका आजका आबश्यकता होइनन् र हुँनु हुदैन भन्ने कुरा जोडदाररुपमा अघि सार्दै यस्ता परमाणु आयोजनाह? राष्ट्र र जनताको हितमा प्रतिकूल असर नहुने गरी नेपाली जनता र राष्ट्रको हितमा उपयोग गर्न सक्ने नेपालले क्षमता हासिल गर्न सक्ने स्थिति सिर्जना गरेर मात्र आबश्यक परेर सावधानीपूर्ण प्रयुक्त गरिनपर्ने कुरा प्रष्ट औंल्याउन चाहन्छौं ।
५. हामी कोरोना भाइरसको फैलदो प्रकोपप्रति सरकारले युद्ध स्तरमा टेस्ट र ट्रेस कार्यलाई तीब्रतम गतिमा बढाओस्, क्वारेण्टाईनला सुब्यवस्थित गरोस् कोरोना फैलिने क्रमलाई कडाईका साथ रोक्न आबश्यक स्वास्थ्य सामाग्रीह?को अभाव हुन नदेओस् भन्ने कुरामा पनि पुन जोड दिन चाहन्छौं ।
६ किसानलाई सुरक्षित किसिमले बालीनाली लगाउन र भित्र्याउन दिने प्रबन्ध गर्न र उनीहरुको स्वास्थ्य रक्षा गर्न तथा आम श्रमजीबी जनतालाई भोक र भाइरसका बिरुद्ध लड्न जीवनको रक्षा गर्न यथेष्ठ राहत प्रदान गर्न समेत सरकारसँग पुनः माग गर्दछौंं ।
भैरबराज रेग्मी सीताराम तामाङ्ग
अध्यक्ष अध्यक्ष

अनेकिमहासंघ(अप्पो) अनेकिमहांसंघ(क्रान्तिकारी)
लोकनारायण सुबेदी कृष्ण राना
अध्यक्ष इञ्चार्ज
लोकनारायण सुबेदी कृष्ण राना
अध्यक्ष इञ्चार्ज
अखिलनेपाल किसान यूनियन अनेप्रगतिशील किसान संघ
२०७७ जेष्ठ १५
२०७७ जेष्ठ १५