अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको शोक वक्तव्य

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको शोक वक्तव्य

हाम्रो गौरवशाली संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय समिति सदस्य सहयोद्वा मित्र राजु भुजेलको ममतामयी माता श्री विवामाया भुजेलको २०७७÷०२÷१० गते प्राणान्त भएको दुःखद खबरले हामी र हाम्रो महासंघ स्तब्ध भएको छ । उहाँ लमजुङ जिल्ला मध्य नेपाल न.पा. वडा नं. ७ मा १९९८÷०५÷०८ मा जन्मनु भई हाल देवदह–८, रुपन्देहीमा आफ्नो परिवारको साथमा बस्दै आउनु भएको थियो । विगत ८ वर्ष देखि प्यारालाइसिस रोगबाट ग्रसित उहाँका ५ छोरी, ४ छोरा, १४ नाति नातिना र ९ पनाती पनातीनाहरु हुन्हुन्छ । उहाँको देहान्तले हाम्रो महासंघले एक असल अभिभावक र आदरणीय आमा गुमाएको छ । अपुर्व शोकको यस दुस्खद समयमा हाम्रो महासंघ उहाँ प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । मित्र राजु भुजेल र शोकमग्न सम्पुर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।
महासचिव
वसन्त बोगटी
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ