जेठ ११ गते बाँके,
बाँकेको नरैनापुरमा संक्रमित हुनेको संख्या आजका मितिसम्म ११३ पुगेको छ  र यसले सिङ्गो बाँके जिल्लाको ध्यानाकर्षण हुनुपर्नेमा अझै पनि जिल्लाको सम्बन्धित निकाय स्थानीय सरकार गम्भीर भएर कोरोनाको बिरूद्दमा सम्पूर्ण एक ठाउँमा उभिएर लडनु पर्ने बेला चरम लापरबाही भएको देखिएको छ । जिल्ला र स्थानीय तहमा सर्वदलीय संयन्त्रको कुरा गरिएको मात्र छ व्यवहारमा भएको छैन । जहाँ जसको प्रभाव छ त्यसको मनोमानी भैरहेको देखिन्छ, चाहे त्यो राहतमा होस वा अन्यमा । स्थानीय स्तरमा क्वारेन्टाइनको व्यवस्था गरिए पनि नरैनापुर जस्तो दुर्गम क्षेत्र जहाँ बिजुलीबत्तीको समेत व्यवस्था छैन, त्यस्तो ठाउँमा एक्कासि भारतबाट नेपाली भित्रयाउने क्रम बढेपछि स्थानीय तहले उचित व्यवस्थापन गर्न नसक्दा संक्रमितको संख्या अधिक देखियो । यसले त्यहाँको जनजीवनमा निराशा छाएको छ भने अर्कौेतिर यो प्रश्न प्रदेश र संघीय सरकारतिर पनि तेर्सिएको छ ।   
 सर्वप्रथम भारतबाट भित्रयाउनु भन्दा पहिला क्वारेन्टाइनको उचित व्यवस्थापन र स्वास्थ्य चेकजाँच समयमा भएको भए यस्तो अवस्था पक्कै पनि सृजना हुने थिएन । यदि परिक्षण  छिटो छरितो भएको भए उक्त ठाउँमा क्वारेन्टाइनमा राखेको युवाले  पानी समेत नपाएर मृत्यु पछि कोरोना पुष्टि हुनु पर्ने थिएन होला । यो निकै गम्भीर बिषय हो । आज नरैनापुरमा एकातिर रोगले जनजीवन भयाक्रान्त छ भने अर्कोतिर ज्याला मजदुर गरेर खाने श्रमजीवी सर्वहारा वर्ग खान नपाएर मर्ने अवस्था छ । सरकारले ल्याएको राहत कार्यक्रममा मनपरी भएको छ । पाउनु पर्नेले पाएका छैनन, नपाउन पर्नेले पाएका छन भन्ने तथ्यहरू बाहिर आउदा समेत सम्बन्धित निकाय मौन छ । राहत पाउनु पर्नेको पहिचान गरि नगद व्यवस्थापन गर्नु पर्नेमा चामल दालमा कमिसनको खेल चलेको छ । यो खेल तुरुन्त बन्द गरियोस र राहत नभइृ नहुने घरपरिवारको सही पहिचान गरि नगद व्यवस्थापन गरोस भन्ने प्रदेश सरकारसँग जोडदार माग समेत गरेको छ ।
.क.पिटी
सचिव
जिल्ला समिति, बाँके
नेकपा(क्रान्तिकारी माओवादी)

प्रतिक्रिया

सम्बन्धित खवर