मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) राष्ट्रको हितमा छ या छैन भन्ने बिषयमा आम नेपाली जनताले बुझेको के हो भन्दा यो परियोजना अमेरिकी सैन्य रणनीतिको अभिन्न अङ्ग हो र यसले नेपाललाई विश्व साम्राज्यवादको नाइके अमेरिकाले आफ्नो स्वार्थ अनुकूलतामा इसारामा नाच्न सक्ने प्यादाहरू उत्पादन गर्ने कारखाना र कारखानाको मालिक चाहेको छ र यो परियोजनामार्फत नेपाललाई युद्ध मैदान बनाउन चाहन्छ त्यसो हुँदा यो परियोजना देशको हितमा छैन ।
एमसीसीलगायत कालापानी , लिपुलेक , लिम्पियाधुरा लगायत ७३ स्थानमा अतिक्रमीत भूभाग फिर्ता,  राष्ट्रियता ,जनतन्त्र र जनजीविकाका साथै दुई तिहाइको दम्भमा केपी ओलीको नाङ्गो नाचका बिषयमा आम नेपाली जनतालाई सुसूचित गराउन नेकपा (क्रान्तिकारी माओवादी) ले २०७६ माघ १५ गतेबाट देशको चारवटा स्थानबाट पुर्वको काकडभिट्टा, पश्चिमको महेन्द्रनगर, पोखरा र काठमाडौं एकैदिन शुरु गरेर फाल्गुन १८ सम्म केपी ओली प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइ कालापानी लिपुलेक लिम्पियाधुरा भारतले आफंनो नक्शामा समेटेर जारी गरिसक्यो र बाटो पनि बनाउदै छ भनेर पार्र्टी लगायत देशभक्त जनगणतान्त्रिक मोर्चा , नेपाल र अन्य जबस मोर्चाको संयुक्त आयोजनामा देशव्यापी रूपमा अभियान चलायो र केपी ओलीको नालिबेली यो असफल भ्रष्टाचारको जालोबाट उम्कन नसकेको दलाल सरकारको बिषयमा व्यापक भण्डाफोर पनि गर्यो ।  परिणाम आज केपीले बाध्य भएर नक्शा जारी गर्नुपर्यो यो हाम्रो जीत हो र राष्ट्रिय मुक्ति आन्दोलन बल्ल शुरू भयो । उक्त भूभागबाट भारतीय सेना फिर्ता पठाउने देखि लिएर अतिक्रमित भूभाग फिर्ता र कांडेतार लगाउने बिषयमा केपीले खुट्टा कमाउनु भएन । सबै आम नेपाली जनता साथ दिन्छन र हाम्रो पनि साथ रहने छ होइन भने तिमीले पनि पुर्खाले हार्दै आए भनेर चाकडीमा रमायौ भने निर्मम समिक्षा इतिहासले गर्ने छ ।
लगत्तै क्रान्तिकारी माओवादी पार्टीको स्थायी समितिको बैठक बसेर चिनको वुहान शहरबाट कोभिड १९ कोरोना भाइरस देखिएको विस्तार हुने क्रम बढदै गएपछि नेपालमा पनि त्यसको प्रभाव पर्ने भएको हुँदा यो महान राष्ट्रिय अभियानलाई स्थगित गर्ने निर्णय गर्यो र आजसम्म पनि स्थगित नै छ । तथापि यो सरकारले बारम्बार गल्ती गर्दै जाने र आम नेपाली जनता टुलुटुलु हेरेर बस्ने कदापि हुदैन । यदि यो सरकारले सदनबाट एमसीसी पारित गर्यो भने आम नेपाली जनता यो दलाल व्यवस्थाका बिरूद्दमा ज्वालामुखी बनेर बिस्फोट हुने छन । यो कुरा केपी ओलीलाई हेक्का होस । म यो किन भनी रहेको छु भन्दा सधैं देश लकडाउनमा रहदैन केपीलाई ज्ञातहोस । नेकपा (क्रान्तिकारी माआवादी) ले कोभिड १९ कोरोना भाइरस जस्तो कहरका कारण तिमीले गरेका जनघाती र राष्ट्रघाती कामकारबाहीको व्यापक भण्डाफोर गर्दै नयाँ जनवादी क्रान्तिको तयारी गरौ यो दलाल संसदीय व्यवस्थाको विकल्प खोजौ र राष्ट्रिय मुक्ति आन्दोलनमा आम नेपाली जनता लामबद्द हौ भन्ने मूल नारालाई केही समयका लागि मात्र स्थगित गरिएको हो । यसको मतलब हामी देशभक्तहरु र क्रान्तिकारीहरू चुप लागेर बसे भन्ने होइन । दुई तिहाइको सरकारले जेपनि गर्दा हुन्छ भन्ने केपी सरकारले सोचेको छ भने त्यो दिवा सपना हो ।
राष्ट्रिय स्वाधीनताको लागि शान्तिपूर्ण आन्दोलन गरि भारतले उक्त भूभागबाट आफ्नो सेना फिर्ता गर्न र सरकारले नक्शा जारी गर्न आवाज उठाउदा प्रहरी लगाएर गिरफ्तार गर्ने केपी ओली राष्ट्रवादी हुन वा होइन परिक्षा शुर भएको छ । तिमीले भन्ने गरेको संविधानमा समाजवाद र सुखी नेपाली समृद्ध नेपाल भन्ने नारा तिम्रो बजेटबाट पुष्टिहोला । तिम्रा ती पिछलग्गु चुनावमा गुण्डागर्दी गर्ने चम्चाहरूलाई भूमाफियाहरूलाई, गुण्डालाई , दलाललाई, माफियालाई र भ्रष्टचारीलाई पक्षपोषण गर्ने बजेट ल्याउदै छौ ।  तिम्रो समाजवाद उन्मुख बजेटले पुष्टि गर्ला । अतः हाम्रो कुरा के हो भन्दा यदि साच्चिकै तिमी राष्ट्रवादी हौ भने नक्शा प्रकाशि गर्यौ त्यसै गरी एमसिसिलाई जसरी चोर दुलोबाट घुसाएका छौ र संसदबाट पास गर्न लागि रहेका छौ त्यसलाई सच्याएर यो परियोजना तुरुन्त खारेज गर्ने साहास देखाउ । आम नेपाली जनताले साच्चिकै केपी राष्ट्रवादी नेता रहेछन भनेर जयजयकार गर्ने छन होइन भने तिम्रो राष्ट्रवादले देशको स्वाधीनताको रक्षा किमार्थ हुन सक्दैन त्यसकारण राष्ट्रिय मुक्ति आन्दोलन र नयाँ जनवादी क्रान्तिको विकल्प छैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर