४ जेष्ठ काठमाडौं,
धुलिखेल ल्याबमा कोरोना भाइरस पोजेटिभ देखिएकी २९ वर्षीया महिलाको जेठ ३ गते मृत्यु भएको अर्को दिन जेठ ४ गते बाँकेको नरैनापुर क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएको पुष्टी भएको छ । कोरोना भाइरसबाट नेपालभित्र मृत्यु हुने उनी पहिलो नेपाली थिइन भने यी युवक दोस्रो भएका छन् ।
नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएकी एक सुत्केरी महिलाको मृत्यु भएको छ । बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएकी २९ वर्षीया ती महिला ९ दिनकी सुत्केरी थिइन । श्वासप्रश्वासमा समस्या देखिएर धुलिखेल अस्पताल ल्याइएकी उनको अस्पतालकै गेटमै आइपुग्दा मृत्यु भैसकेको अस्पतालका एक चिकित्सकले बताए र्। श्वास प्रश्वासका कारण उनको मृत्यु भएपछि हामीले उनको थ्रोट स्वाब बिहीबार नै लिएका थियौं । धुलिखेल अस्पतालकै ल्याबमा जाँच गर्दा आज (शनिबार) उनको रिपोर्टमा कोरोना पोजेटिभ देखियो,’ उनले भने, ‘नेपालमा पहिलो केस भएको हुँदा थप पुष्टीका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएका हौं ।’ विज्ञहरुकाअनुसार एउटा पिसिआर मेसिनमा पोजेटिभ आइसकेको त्यही नमुना अर्कौ पिसिआरमा मेसिन नेगेटिभ आउने सम्भावना हुँदैन ।
सिन्धुपाल्चोकको बाह्रबिसेकी ती महिला ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन । समय अगावै सुत्केरी भएकी उनको बच्चा सामान्य तौलभन्दा केही कम भएतापनि नर्मल डेलिभरी भएका कारण अस्पतालले उनलाई डिस्चार्ज गरिदिएको थियो । डिस्चार्जपछि दुई दिन काठमाडौंमै बसेर बाह्रबिसे फर्किएकी उनलाई गत बुधबार श्वास प्रश्वासमा समस्या देखिएपछि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । स्वास्थ्य समस्यामा सुधार नभएपछि बिहीबार उनलाई पुनः एम्बुलेन्समा राखेर शिक्षण अस्पताल ल्याउने क्रममा बाटैंमा स्वास्थ्य अवस्था जटिल बन्दैं गएपछि धुलिखेल अस्पताल लगिएको थियो । पहिलो केस आएपछि त्यसलाई कसरी बाहिर ल्याउने भन्ने विषयमा मन्त्रालयमा छलफलमा भैरहेको मन्त्रालयका एक अधिकारी बताए । धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले आफूहरुले ती महिलाको रिपोर्ट काठमाडौं पठाएको र त्यसको बारेमा आधिकारिक जानकारी मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा आउने बताए ।
जेष्ठ ४ गते आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २४ वर्षिय युवाको मृत्यु भएको थियो ।उनको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए । नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवकको आइतार बिहान पौने ७ बजेतिर मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी बताए ।
नरैनापुर ५ नयाँ बस्तीका ती युवक वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए । ति युवकलाई राती तीन बजेतिर वान्ता भएको थियो । उनलाई अस्पताल लैजान स्थानीयले एम्बुलेन्सलाई खबर गरे पनि पीपीई नभएका कारण चालकले नेपालगञ्ज लैजान नमानेको स्थानीयले जानकारी दिएका छन । उनको शनिबार मात्रै स्वाब संकलन गरी कोरोनाको लागि पीसीआर परीक्षण गर्न लगिएको थियो ।