काठमाडौँ । २ नं. प्रदेशको रौतहटमा थपिएका १० जना संक्रमितसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९१ पुगेको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २९१ पुगेको हो ।

हार्दिक शुभकामना !

स्वास्थ्य मन्त्रालका अनुसार आइतबार संक्रमण पुष्टि भएकाहरुमा रौतहटको राजपुर नगरपालिका र इशनाथ नगरपालिकाका रहेका छन् । यससँगै रौतहटमा मात्रै संक्रमितको संख्या १३ पुगेको छ ।

रौतहटको राजपुर नगरपालिकाका–९, फरहदवा निवासी १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षीय पुरुष तथा इशनाथ नगरपालिका निवासी २८, ३० र ३३ वर्षीय पुरुषमा आइतबार संक्रमण पुष्टि भएको हो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको प्रवक्ता अधिकारीले जनाएका छन् ।

हालसम्म पर्सामा ९१, कपिलवस्तुमा ४२, बाँकेमा ३३, उदयपुरमा ३३, रुपन्देहीमा २८, रौतहटमा १३, काठमाडौंमा ९, धनुषामा ५, कैलालीमा ४, बारा, चितवन, दाङ महोत्तरी र सर्लाहीमा ३÷३ तथा बागलुङ, झापा, भक्तपुर र बर्दियामा २र२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, कञ्चनपुर र नवलपरासी पश्चिम, नवलपरासी पूर्व, मकवानपुर र सप्तरी, सिरहा, काभ्रेपलाञ्चोक, धादिङ र सिन्धुपाल्चोकमा एक÷एक जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमणबाट शनिबार मात्र एक सुत्केरी महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह«विसेकी २९ बर्षे सुत्केरी महिला नै नेपालबाट कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो नागरिक बनेकी छिन् । उनको बैशाख २४ गते मात्र महाराजगञ्जस्थित टिचिङ अस्पतालमा नर्मल डेलिभरी भएको थियो । उनका कोरोनाको लक्षण देखिएपछि काभ्रेको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु पश्चात गरिएको पीसीआर परीक्षणमा कोरनो पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर