बर्दीया जिल्लामा दशदलीय संयुक्त शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप

दशदलीय संयुक्त प्रेश वक्तव्य प्रकाशित तथा विस्तावादको नाइके मोदीको पुतला दहन कार्यक्रम भव्यताका साथ सम्पन्न ओली सरकारले भारतीय विस्तारवादप्रति भक्तिभाव देखायो,

प्रकाशित मिति : २०७७ जेष्ठ १

जेठ १ गते बर्दिया,
भारतीय विस्तारवादले मुलुकमा खुलेआम हमला गरेको विरोधमा आज बर्र्दीयाको गुलेरियामा मोदीको पुत्ला जलाउने कार्यक्रमबाट पार्टीका नेता तथा कार्यकताहरुलाई भारतीय विस्तारवादको दलाल केपीओली सरकारले प्रहरी लगाई गिरफ्तार गरेकोछ ।
दशदलीय संयुक्त मोर्चामा आवद्ध पार्टीका प्रतिनिधिहरुले बर्र्दीयाको गुलेरियामा आजै संयुक्त प्रेश वक्तव्य प्रकाशित गरी त्यसपछि मोदीको पुत्ला जलाउने कार्यक्रम सफलतापूर्वक सम्पनन गरेर विरोध सभालाई सम्वोधन गर्ने क्रममा  नेकपा (क्रान्तिकारी माओवादी)का नेता भुपेन्द्र न्योपाने लगायत दशदलीय मोर्चाका ८ जना नेताहरुलाई दलाल केपी ओली सरकारले गिरफ्तार गरेकोछ ।
गिरफतार हुनेहरुमा नेकपा (क्रान्तिकारी माओवादी)का नेता भुपेन्द्र न्योपाने, दिलबहादुर कठायत, कमल रोकाया, हविद खाँ र राजमोका प्रकाश ढकाल, माओवादी केन्द्रका लोकराज जैशी, चुनुराम थारु तथा मालेका नेता तीर्थबहादुर चन्द छन् ।


दशदलीय संयुक्त मोर्चामा आवद्ध पार्टीका प्रतिनिधिहरुले बर्र्दीयाको गुलेरियामा आजै संयुक्त प्रेश वक्तव्य प्रकाशित गरेका थिए, जसको पूर्णपाठ तल दिइएकोछ ः
संयुक्त प्रेश वक्तव्य
विश्वव्यापीरुपमा फैलिएको नोवल कोरोना भाइरस(कोभिड १९)को महामारी तथा रोकथाममा विश्व समुदाय जुटीरहेको अवस्थामा भारतीय पक्षबाट नेपालको दार्चुला जिल्लाको गुञ्जीक्षेत्रसँग जोडिएको लिपुलेक क्षेत्रमाथि ठाडो हस्तक्षेप तथा सडक सञ्चालन गरिएको घटनाप्रति हामी तपशीलका राजनीतिक दलहरुको गम्भीर ध्यानआकर्षण भएकोछ ।
भारतीय सरकारले आफ्नो सडक निर्माण योजना अन्तरगत दार्चुला जिल्लामाा पर्ने गुञ्जीक्षेत्रदेखि कालापानी हुँदै नागीघ्याङसम्मको झण्डै २२ किमि भूभागमा मानसरोवर जोडने गरी सडक सञ्चालन गरिनु मुलुकको सार्वभौमिकतामाथिको गम्भीर आक्रमण प्रष्ट भएको देखिन्छ । यसप्रकारको भारतीय नीतिको हामी कडा शव्दमा विरोध तथा भत्र्सना गर्दछौ ।
नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतको सम्पूर्ण अतिक्रमित भूभाग फीर्ताको लागि वार्ता एवं कुटनीतिक पहलद्धारा समाधान खोज्न जोडदार माग गर्दछौ । भारतीय शासकवर्गको यसप्रकारको कदमको विरोध तथा राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका समस्याहरु वारे खवरदारीपूर्ण आवाज उठाउन सम्पूर्ण देशभक्त जनसमुदायमा हार्दीक आव्हानसमेत गर्दछौं । अभिवादन सहीत !! धन्यवाद
२०७७ जेठ १ गते
सहभागी दल तथा प्रतिनिधिहरुको नाम
१. नेकपा(मसाल) रुद्रपुरी
२. नेकपा(क्रान्तिकारी माओवादी) विपिन रोकाया
३. नेकपा(माओवादी केन्द्र) दुर्गा खत्री
४. राष्ट्रिय जनमोर्चा युवराज ढकाल
५. देशभक्त जनगणतान्कि मोर्चा नेपाल हविव खाँ
६. नेकपा(माले) तीर्थबहादुर चन्द