नेपाली एकता समाज भारत केन्द्रीय समिती प्रेस रिलीज

नेपाल भुमिमा भारतले गरेको सडक निर्माण अंतर्राष्ट्रीय मान्यताको उल्लंघन हो,कोरोना लकडाउनमा भारतमा फँसेका नेपालीहरुलाई राहतको अपील

प्रकाशित मिति : २०७७ बैशाख २९


१० मे दिल्ली,
भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूभाग गुञ्जी, नावीढाङ, लिपुलेक हुँदै धार्चुला र मानसरोबर जोडने सडकको उद्घाटन गर्नु, नेपालको राष्ट्रिय स्वधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताका विरुद्ध हो । नेपाली एकता समाज, भारतले भारतको यस एकतर्र्फी कदमको विरोध गर्दैं उसलाई आफ्नो कदमलाई सच्चाउँन अपील गर्दछ ।
साथै, नेपालको भुमीमा सडकको निर्माण र पछिबाट उद्घाटन गर्दा समेत त्यसको जानकारी न हुने नेपाल सरकारको लापरवाही बारे पनि हामि भारतमा भएका नेपालीहरुलाई ठूलो आश्चर्य लागेको छ । नेपाल सरकारको यस लापरवाहीलाई हामिले उसको राष्ट्रिय आत्मसमर्पणवादी रवैया मान्दछौँ । यस सन्दर्भमा तुरुन्त भारतीय सरकारसँग कुटनीतिक पहल गर्न नेपाल सरकार समक्ष हामि जोडदार माग गर्दछौं ।
कोरोना लकडाउन र भारतमा रहेका नेपाली जनता गत वर्ष डिसेम्बर देखि दुनियाँभरि फैलिएको कोरोनाभाइरसको संकटको बेलामा नेपाल सरकारले भारतमा भएका आफ्ना नागरिकहरुको अवहेलना समेत गरेको कुरा हाम्रो समाजले स्पष्ट पार्न उचित ठानेको छ । नेपालका विभिन्न जिल्ला र प्रदेशहरुका नेपालीहरु भारतल २५मार्च देखि लगाएको देशव्यापी लकडाउनमा फँसेका छन । कतिपयलाई खाद्य सामग्रीको चरम आभाव छ । हाम्रो समाजले सीमित संसाधनको बावजुद फँसेका नेपाली जनतालाई सक्दो सहायता गरिरहेको छ । हामिले प्रत्येक दिन अलग–अलग स्थानहरुमा रातह सामग्री पुर्याएका छौँ तर ठुलो सँख्यामा रहेका नेपाली जनताको उचित मदद्त गर्न सरकारको पहलमा नै काम हुन पर्ने कुरा हामिले अनुभव गरिरहेका छौँ । यस बारेमा सरकारले पटकै ध्यान नदिनु ठुलो हताशा र दुखको कुरो हो । हामि नेपाल सरकारलाई नेपालीहरुको मदद्त गर्न तुरन्त पहल गर्न माग गर्द छौँ । उसलाई हाम्रा स्वयँसेवीहरुको आवश्यकता भए हामि मददत गर्न तैयार छौँ ।
भारतका विभिन्न राज्यहरुले आफ्ना निवासीहरुलाई बस अथवा विशेष रेल द्वारा राज्यमा पुर्याइ रहेका छन तर नेपाल सरकारले नेपालीहरुलाई नेपाल ल््याउनै हुने जस्ता अभिव्यक्ति दीइरहेको छ जसले हामी नेपालीहरुलाई स्तब्ध गरेको छ । यस खालको चरम भेदभाव दुनायाँको कुनै देशमा सुनिएको छैन । हामि नेपाल सरकार सित अपील गर्दछौँ कि उसले नेपालीहरुलाई तुरन्तै भारतबाट नेपाल लैजाने व्यवस्था गरोस ।
आनंद बहादुर थापा                                                                                                                                    विष्णु भट्टराई   
अध्यक्ष                                                                                                                                                       महासचिव