देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सी पी गजुरेलद्धारा जारी प्रेस वकतव्य

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सी पी गजुरेलद्धारा जारी प्रेस वकतव्य

बैशाख २६,काठमान्डौ
 सरकारले विगतमा गरेका कतिपय गम्भीर गल्ती कमजोरीका कारण आज कोरोना भाइरस नेपालमा पनि तीब्ररुपमा फैलिँदै छ । अहिले सम्म १०१ जनामा संक्रमित भैसकेको छ र समुदायमा फैलिने चरणमा प्रवेश गरेको छ । यसको रोकथाम, नियन्त्रण तथा नेपालको सिमानामा आएर अलपत्र परेका नेपाली नागरिकहरुलाई सुरक्षित क्वारेण्टाइनमा राख्ने प्रभावकारी व्यवस्था मिलाएर नेपाल ल्याउने कामगर्न समेत यो सरकार असफल देखिएको छ । यो सरकार अहिले विभिन्न किसिमका बयानवाजी गरी कोरोना भाइरसलगायत नेपाली जनताका रोग, भोक र गरीवीका  समस्याहरुलाई समाधान गर्नुको बदलावा तिनलाई अर्काे दिशा तिर मोड्ने प्रयत्न गर्दैछ ।
यीनै समसामयिक समस्याहरुलाई लिएर देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सी पी गजुरेलले एक प्रेस वकतव्य प्रकाशित गरेका छन् । प्रेस वकतव्यको पूर्णपाठ तल दिइएको छ ।

प्रेस वक्तव्य
केही महत्वपूर्ण विषयमा हाम्रो संगठनको नीति स्पष्ट पार्नकालागि यो प्रेस वक्तव्य जारि गरिएको छ ।
१.विश्वव्यापी महामारी कोभिड १९ का विषयमा हाम्रो भनाई निम्न अनुसार रहेको छ ः
(क) सरकारले विगतमा गरेका कतिपय गम्भीर गल्ती कमजोरीका कारण आज कोरोना भाइरस नेपालमा पनि तीब्ररुपमा फैलिँदै छ । अहिलेसम्म १०१ जनामा संक्रमित भैसकेको छ र समुदायमा फैलने चरणमा प्रवेश गरेको छ । यसको रोकथाम र नियन्त्रणलाई सर्बोपरि राखी आगामी बजेटमा रकमको व्यवस्था गरिनु पर्दछ । परीक्षण, ट्रेसिङका लागि आवश्यक सम्पूर्ण व्यवस्था गरी यसलाई तीब्रता दिइनु पर्दछ । यसमा हुने ढिलाई क्षम्य हुन सक्दैन ।
(ख) परीक्षणको आर् डी टी विधिलाई बन्द गरी पी सी आर् विधी को प्रयोग गरिनु पर्दछ । परीक्षण र अन्य स्वास्थ सामग्रीको तुरुन्त व्यवस्था गरिनु पर्दछ ।
(ग) लक्डाउन् लागु गर्दा भेदभाव हुनु हुँदैन । सबैकालागि समान रुपमा लागु गरिनु पर्दछ । 
(घ) लक्डाउन्मा दैनिक श्रमगरेर धानिने र तल्लो वर्गका जनताको, बेरोजगारहरुको  खाने र अन्य दैनिक समस्याको व्यवस्था अनिवार्यरुपमा गरिनु पर्दछ ।
(ङ) वितरण गरिने राहतमा हुने भेदभावको अन्त गरी आवश्यक सबैलाई समान रुपमा वितरण गरिनु पर्छ ।
(च) रोजगारी र अध्ययनका लागि विदेशमा गएर लक्डाउन्मा फसेका सबै नेपाली नागरिकको व्यवस्थाका लागि कुटनीतिक पहल जोडदार रुपमा गरिनु पर्दछ । अत्यन्त अप्ठेरोमा फसेका नेपाली नागरिकलाई स्वास्थ जाँच गराई क्वारेण्टाइनमा राख्ने व्यवस्था मिलाई नेपाल ल्याउने व्यवस्था गरिनु पर्दछ ।
(छ) नेपालको सिमानामा आएर अलपत्र परेका नेपाली नागरिकहरुलाई सुरक्षित क्वारेण्टाइनमा राख्ने व्यवस्था मिलाई नेपाल ल्याउने व्यवस्था गरिनु पर्दछ ।
२.युद्ध कालका मुद्दालाई सत्य निरुपण आयोग, बेपत्ता छानविन आयोग मार्फत टुंग्याउने निर्णयमा कायम रही मुद्दा छिटो भन्दा छिटो टुंग्याइनु पर्दछ । अन्य कुनै पनि किसिमका बयानवाजी गरी अर्काे दिशा तिर मोड्ने काम गरिनु हुँदैन ।
                                                                                      (सी पी गजुरेल                                                                                          अध्यक्ष
२०७७ । १ । २६