एजेन्सी । विश्वभर कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ९० हजार नाघेको छ । गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर ६ हजार ३ सय ३१ जनाले ज्यान गुमाएका छन् । यो सँगै मृत्यु हुनेको संख्या १ लाख ९० हजार ३ सय ९३ पुगेको वल्डोेमिटरले जनाएको छ । यो शुक्रबार बिहानसम्मको अपडेट तथ्यांक हो ।
आज विहानसम्म विश्वभर कोरोना संक्रमितको संख्या २७ लाख १४ हजार ९ सय ९५ पुगेको छ । बिहीबार मात्रै ८३ हजार २ सय १९ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये सात लाख ४४ हजार ९ सय ६१ जना उपचारपछि निको भएका छन्।

गएको २४ घन्टामा सबैभन्दा बढी अमेरिकामा २ हजार ९५ जनाको मृत्यु भएको छ । यो सँगै अमेरिकामा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४९ हजार ७ सय ५४ पुगेको छ । त्यहाँ अहिलेसम्म ८ लाख ७८ हजार ९ सय ७४ जना संक्रमित भएका छन् । बिहीबार मात्रै अमेरिकामा ३० हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

हार्दिक शुभकामना !

छिमेकी देश भारतमा गएको २४ घन्टामा ४० जनाले ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म मृतकको संख्या ७ सय २१ पुगेको छ भने संक्रमित २३ हजार ३९ पुगेका छन् । त्यहाँ बिहीबार एकै दिन १६ सय ६९ जना नयाँ संक्रमित थपिएका छन् ।

यसबैबीच, अमेरिकामा गतसाता ४४ लाख मानिसले बेरोजगार सुविधाका लागि आवेदन दिएका छन् । यससँगै मार्च महिनाको मध्यदेखि बेरोजगार सुविधा खोज्नेको मानिसको संख्या २ करोड ६४ लाख पुगेको छ । यो संख्या अमेरिकी श्रम शक्तिको १५ प्रतिशत हो । कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाउनेको संख्यामा ह्वात्तै वृद्धि भएको हो । विश्वभर हेर्ने हो भने अरबौ मानिसहरु यो महामारीका कारण बेरोजगार बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर