काठमाडौं । बिहीबार थप दुई जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ४७ पुगेको छ । संक्रमितमध्ये ९ जना भने उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुससार बिहीबार उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको छ । उदयपुरकी संक्रमित महिला त्रियुगा नगरपालिका–३ भुल्केकी हुन् । त्यस क्षेत्रमा अहिलेसम्म २८ जनामा संक्रमण देखिएको छ । उनीहरु सबैको विराटनगरस्थित कोरोना कोराना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ ।

हार्दिक शुभकामना !

उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित भुल्केमा रहेको नुरी मस्जिदमा सामुहिक रुपमा बसेका जमातीलाई कोरोनासंक्रमण भएपछि संक्रमण समुदायस्तरमा फैलिएको विश्लेषण गरिएको छ । यसअघि कैलालीस्थित घरमै बसेकी एक महिला कोरोना संक्रमित भएको पत्ता लागेसँगै नेपाल लोकल ट्रान्समिसन अर्थात् कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको स्वास्थ्य मन्त्रालयले घोषणा गरेको थियो ।

बुधबार कोरोना संक्रमित तीनजना पनि उदयपुरकै नुरी मस्जिदमा बसेको जमातकै समुहका सदस्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसरी उदयपुरमा पत्ता लागेका २८ जना कोरोना संक्रमित अन्य देशबाट आयातित हुन् वा नेपालमै आएर संक्रमित भएका हुन् भन्ने बारेमा प्रष्ट भइसकेको छैन ।

भुल्केको नुरी मस्जिदमा बस्दै आएहरुलाई कोभिड–१९ को संक्रमण नेपालमै वा बाहिर भएको भन्ने छिट्टै पत्ता लगाउन जरुरी भएको रोग नियन्त्रण तथा इपिडिमियोलोजी महाशाखाका पूर्वनिर्देशक डाक्टर बाबुराम मरासिनीले बताएका छन् ।

स्थानीय प्रशासनका अनुसार भारतबाट आएका एक युवा र उनको परिवार तथा आफन्तमा समेत संक्रमण देखिएकोले उनीबाटै संक्रमण भएको हो कि भन्ने अनुमान गरिएको छ र कन्ट्याक ट्रेसिङलाई तीव्र पारिएको छ । तर स्थानीयहरुका अनुसार संक्रमितहरुको सम्पर्कमा रहेका करिब ११ सय स्थानीयको परीक्षण गरिनुपर्ने देखिएको छ । नेपाली सेनाले त्यसको जिम्मा लिए पनि परीक्षण गर्ने किटको अभावमा परीक्षणलाई तीव्रता दिन नसकिएको बताउने गरेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर