क. हर्कबहादुर शाहीको प्रथम वार्षिकीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

देशको राजनीतिक र सामाजिक परिवर्तनमा उहाँले निर्वाह गर्नुभएको भुमिकाप्रति पार्टीद्वारा उच्च सम्मान प्रकट

प्रकाशित मिति : २०७६ चैत्र २६

नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का तात्कालीन पोलिट् व्यूरो सदस्य क. हर्क वहादुर शाही ‘क. दिनेश’ को देहान्त भएको चैत्र २६ गते प्रथम वार्षिकीको दिनमा नेकपा(क्रान्तिकारी माओवादी) स्थायी समिति सदस्य तथा क. हर्कबहादुर शाही स्मृति ग्रन्थ सम्पादन तथा व्यवस्थापन समितिका संयोजक रामसिंह श्रीष तथा स्मृति प्रतिष्ठानका अध्यक्ष दिपक बहादुर शाहीले वेग्ला वेग्लै वकतव्यमार्फत हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

वकतव्यहरुको पूर्णपाठ तल दिइएको छ

                                                            

“नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का तात्कालीन पोलिट् व्यूरो सदस्य क. हर्क वहादुर शाही ‘क. दिनेश’ को एकवर्ष अघि २०७५ साल चैत्र २६ गते देहान्त भएको थियो । प्रथम वार्षिकीको उहाँको दिनमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।
दैलेखको विकट गाउँको निम्न वर्गीय किसान परिवारमा जन्मेर देशको राजनीतिक र सामाजिक परिवर्तनमा उहाँले निर्वाह गर्नुभएको भुमिकाको पार्टीले उच्च सम्मान व्यक्त गर्दछ । वर्ग संघर्षमा सदैव सर्वहारा पक्षधरताको वकालत गर्नुहुने उहाँ जीवनको अन्तिम कालसम्म पनि क्रान्ति र आमुल परिवर्तनको पक्षमा सतिसाल भएर उभिनु भएको थियो । उहाँले अवलम्बन गर्नुभएको पक्षधरता नै क्रान्ति र परिवर्तनको निम्ति समर्पित सबैको निम्ती प्रेरणाको श्रोत बन्ने कुरामा हामी विश्वस्त छौं ।
अन्तमा यहि २०७६ चैत्र २६ गते बार्षिकीको दिन उहाँको स्मृतिमा पार्टीको तर्फबाट हर्कबहादुर शाही स्मृति ग्रन्थ प्रकाशन गर्ने योजना हाल विश्व मानव समुदाय माथि आएको संकट र विषम परिस्थिति(नोवेल कोरोना भाईरस)का कारण सम्भव हुन सकेन । परिस्थिति अनुकुल हुनासाथ हामी त्यो काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै पार्टी पंक्ती, परिवारजन र आम जनसमुदायमा उहाँले देखाउनु भएको बाटोमा निरन्तर क्रियाशिल रहन हार्दिक अनुरोध छ । साथै नोवेल कोरोना भाईरस (कोभिड १९)बाट बच्न उच्चसतर्कताका लागि आग्रह गर्दछौं । 
क्रान्तिकारी अभिवादन सहित
संयोजक
रामसिंह श्रीष
क. हर्कबहादुर शाही स्मृति ग्रन्थ सम्पादन तथा व्यवस्थापन समिति
र स्थायी समिति सदस्य
नेकपा(क्रान्तिकारी माओवादी)”
मिति २०७६ चैत २६ गते”

 

 

हार्दिक श्रदाञ्जली !
आज मिति २०७६÷१२÷२६ गते नेपाली शोषित पिडित सर्वहारावर्गका नेता दैलेखको विकट गाउँ चामुण्डा गाविस वडा नं. ४ को काफलरुखमा जन्मनु भएका क. हर्कवहादुर शाहीको देहवसान भएको वर्र्ष दिन पुगेकाले उहाँको यस प्रथम बार्षिक स्मृति दिवसका अवसरमा उहाँको सम्मान, संझना र प्रतिवद्धता सहित हार्दिक श्रदाञ्जली ब्यक्त गर्दछौं ।
बैज्ञानीक, न्यायपूर्ण र समातामुलक समाज निर्माणका लागि नेपाली राजनैतिक क्षेत्रमा साढे ५ दशक आफ्नो जीवनको अन्तसम्म अहोरात्र लागि रहनु भएका क. शाही क्रान्किारी, जुझारु, सालीन, इमान्दार र जनप्रिय नेताका रुपमा सम्पूर्ण सर्वहारा उत्पीडीत जनता माझ स्थापीत र परिचित हुनुहुन्थ्यो ।
मालेमावाद÷विचारधारामा प्रतिवद्ध भई वामपन्थी राजनीतिमा संलग्न भएर आमूल परिवर्तनका लागि क्रियासिल रहनुभएका उहाँ नेकपा(क्रान्तिकारी माओवादी)को पोलिट् ब्यूरो सदस्य भई सक्रिय रुपमा कार्यरत हँुदाहुँदै हामीबाट विदा लिनुभएको थियो । उहाँको स्मृतिमा स्मारीका र उहाँँका लेख, रचना र साहित्य प्रकाशन गर्ने उद्देश्यका साथ काम गरिरहेको सन्दर्भमा हाल मानव समुदायको संकटका रुपमा विश्वभरी देखा परेको नोवेल कोरोना भाईरसका कारण रोकिन गएको छ । लकडाउन खुले लगत्तै प्रकाशन गर्ने प्रतिवद्धता जाहेर गर्दछौं । धन्यवाद !
दिपक बहादुर शाही
अध्यक्ष
मितिः २०७६ चैत्र २६ गते